नयाँ दिल्ली- भारतमा गएराति वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनीट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
मध्य प्रदेशमा मिनीट्रक पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। मध्य प्रदेशको राजधानी भोपालदेखि ५ सय ७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन्।
मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको घोषणा गरेका छन्।(सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।