• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

थाहै नपाई गायब हुन सक्छन् सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री

64x64
उत्तम काप्री सोमबार, असार १५, २०७७  १५:१८
1140x725

काठमाडौं- केही दिनअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले इन्टरनेटमार्फत् प्रवाह हुने सामग्री ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद गर्ने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिले ‘स्वचालित कन्टेन्ट फिल्टरिङ तथा युआरएल ब्लकिङ’का लागि ‘इन्टिग्रेटेड सिस्टम’ खरिद गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री केपी ओली स्वयंले पटकपटक सामाजिक सञ्जाल र मिडियाहरूप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरिरहेका बेला अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रविधि खरिद गर्ने प्रक्रिया अगाडि बढाइनुलाई अर्थपूर्ण मानिएको छ। प्राधिकरणको सो निर्णय अहिले सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयमा पुगेको छ। 

‘निणर्यको ड्राफ्ट मन्त्रालय पठाएका छौं,’ प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘बाँकी कुरा उतै बुझ्नुस्। योभन्दा बढी म बोल्दिनँ।’

अभिव्यक्ति स्वतन्त्रता हनन हुने प्रविधि भित्र्याउने चलखेलको अर्को गम्भीर पक्ष भनेको दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर यो प्रक्रिया अगाडि बढाउनु हो। ‘नढाँटी भन्ने हो भने यो सिधै 'माथि'को निर्देशन अनुसार अगाडि बढाइएको प्रक्रिया हो,' प्राधिकरणका एक कर्मचारीले नेपाल लाइभसँग भने, ‘विभिन्न विधेयक र विषयमा सरकारविरोधी मत निर्माण गर्न डिजिटल मिडिया र सामाजिक सञ्जालको भूमिका रहेको ठहर सत्ताधारीहरूको छ। त्यसैले यसको नियत स्पष्ट छ।’ 

प्राधिकरणको यो निर्णय क्षेत्राधिकारभन्दा बाहिर रहेको र यसले नागरिकलाई दिइएको अभिव्यक्ति स्वतन्त्रतको अधिकार हनन गर्नेमा दुई मत नभएको बताउँछन् प्राधिकरणकै पूर्वअध्यक्ष दिगम्बर झा। त्यसमा पनि प्राधिकरणले आफ्नो आम्दानीबाट यस्तो प्रविधि खरिद गर्नै नपाउने उनको भनाइ छ।

प्राधिकरणले भने आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममा यो विषयलाई समावेश गरेको छ। यसको लागत १ अर्ब रूपैयाँ हुने प्राधिकरणको अनुमान छ। आउँदो फागुनसम्म कार्यान्वयनमा ल्याउने तयारीका साथ सञ्चालक समितिबाट स्वचालित कन्टेन्ट फिल्टरिङ तथा ब्लकिङ प्रविधि खरिदको प्रस्ताव पास भएको छ। 

एक दशकअगाडि नै चर्चामा आएको यो विषय नागरिक स्वतन्त्रताको अधिकार अवरुद्ध गर्ने भन्दै योबीचमा स्थगित भएको थियो।

'कन्टेन्ट ब्लकिङ' प्रविधि के हो?
इन्टरनेटमार्फत् प्रवाह गरिने सामग्री भन्नाले अनलाइन मिडियादेखि फेसबुक, ट्विटर, भाइबरजस्ता सामाजिक सञ्जालमा राखिएका सामग्रीलगायत इमेल पनि पर्दछन्। नियमन गर्ने नाउँमा भित्र्याउन खोजिएको प्रविधिले इन्टरनेटमा प्रवाह भएका सामग्री हटाउन सक्छ र कतिपय विषय, शब्द तथा संकेतलाई ‘फिल्टर’ गरेर त्यसलाई लुकाउन या हटाउन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कन्टेन्ट ब्लक’ भन्नाले कुनै व्यक्तिले सामाजिक सञ्जालमा लेखेको विषयलाई सिधै बन्द गराउनु वा हटाउनु हो। त्यसैगरी ‘फिल्टर’ भनेको इन्टरनेटमार्फत् विभिन्न प्लेटफर्ममा लेखिएका शब्द विशेष या संकेतलाई अवरुद्ध गर्नु हो। 

कसरी आयो यो विषय?
इन्टरनेटमा प्रवाह गरिएका सामग्री निगरानी गर्ने प्रविधि खरिद गर्ने विषय एक दशकअघिबाट छलफलमा आएको थियो। सबैभन्दा पहिले सन् २०११ मा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)मार्फत् ‘स्वचालित कन्टेन्ट फिल्टरिङ’ तथा युआरएल ब्लकिङ'का लागि इन्टिग्रेटेड सिस्टम अनिवार्य लागू गर्नुपर्ने व्यवस्था गर्ने प्रस्ताव ल्याएको थियो।

प्राधिकरणले त्यतिबेला आइएसपीको इजाजत दिँदा वा नवीकरण गर्दा नै यस्तो शर्त राख्ने तयारी गर्न निर्देशन गरेको थियो। तर, आइएसपीहरूले उक्त काम आफ्नो क्षेत्राधिकारभित्र पनि नरहेको भन्दै ठाडै अस्वीकार गरेका थिए। सेवा प्रदायकहरूले उक्त विषय नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकविरुद्ध रहेको उल्लेख गरेका थिए। पछि २०७२ मा जारी भएको नेपालको संविधानको धारा १७ को उपधारा २ को खण्ड (क)मा उल्लेख गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकभन्दा बाहिर रहेको देखिन्छ। सबै तिरबाट विरोध भएपछि प्राधिकरण पनि सो निर्णयबाट पछि हटेको थियो। 

त्यसपछि पनि आर्थिक वर्ष २०७१/२०७२ मा पनि नेपाल दूरसञ्चार प्राधिकरणले उक्त काम अगाडी बढाउने गरी प्रस्ताव मन्त्रालय लगेकाे थियाे। तर, तत्कालीन समयमा मन्त्री मिनेन्द्र रिजालले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम आफूबाट नहुने भनेपछि प्राधिकरण पछि हटेकाे थियाे। मन्त्री रिजालले उक्त काम प्राधिकरणको क्षेत्राधिकार बाहिर रहेको र संविधानविरोधी हुने भन्दै सुझाएपछि प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा पनि पछाडि हटेका थिए।

त्यसपछि पनि निरन्तर रूपमा सरकारमा आउने दलले विरोधबाट जोगिनकै लागि यस्तै प्रविधि खरिदको विषयलाई निरन्तर जोड दिइरहे। तर, अहिले फेरि सरकारले यही प्रविधि खरिदको तयारी अघि बढाएको हो। वर्तमान सरकारको विवादास्पद कामको एकपछि अर्को गर्दै आलोचना हुन थालेपछि प्रविधि खरिद गरेर इन्टरनेटमार्फत् प्रवाह हुने सामग्रीमाथि प्रतिबन्ध लगाउन यस्तो प्रविधि खरिदको तयारी गरिएको हो। 

यस्तो प्रविधि भित्र्याउने चाहना कसको?
सार्वजनिक रूपमा चर्को आलोचना हुन थालेपछि सत्तासीन दलका नेता तथा सत्तारुढ दल निकटका कर्मचारी यो प्रविधि खरिद र जडानको पक्षमा छन्। सामाजिक सञ्जालमार्फत् सरकारका कामको चर्को आलोचना हुने र त्यसैलाई लिएर संसदमा समेत बहस हुन थालेको छ। यसैलाई रोक्न सरकारले सामाजिक सञ्जालका विषयवस्तुमाथि प्रतिबन्ध लगाउने विकल्पमा सरकार पुगेको हो।

सामाजिक सञ्जालबाट राजनीतिक दलसँगै सुरक्षा निकायको पनि चर्को विरोध हुने गरेको छ। सामाजिक सञ्जालबाटै सूचना सम्प्रेषण गर्दै आन्दोलनसमेत हुन थालेपछि सरकार थप सशंकित बनेको छ। सुरक्षा निकाय पनि यसको पक्षमा छ। संगठनभित्रका कामकारबाहीको सार्वजनिक रूपमा आलोचना हुन थालेपछि बदनामी रोक्ने नाममा सामाजिक सञ्जालमा आउने विषयवस्तु नै नियन्त्रणको प्रयास थालिएको हो। 

के छ अन्तर्राष्ट्रिय अभ्यास?
यस्तो प्रविधिको प्रयोग प्रजातान्त्रिक शासन प्रणाली भएका कुनै पनि मुलुकमा छैन। यो प्रविधि निरंकुश शासन व्यवस्था भएको देशमा बढी प्रयोग भएको छ। 

उदाहरणका लागि अमेरिकमा ‘चाइल्ड प्रोटेक्सन'का लागि भन्दै चालिएका कदममा पनि अमेरिकी अदालतले कुनै पनि विषयमाथि प्रतिबन्ध लगाउनुभन्दा त्यसको असर पार्ने क्षेत्रलाई मात्रै मध्यनजर राखी अर्को विकल्प खोज्न आदेश दिएको थियो। यसको अर्थ इन्टनेटमार्फत् हुने गतिविधिलाई सरकारले सिधै प्रतिबन्ध लगाउने तथा फिल्टर गर्ने काम गर्न पाउँदैन भन्नु नै हो।

विज्ञ के भन्छन्?
सत्ताको आलोचना नहोस् र भइहाले पनि त्यसलाई नियन्त्रण गर्न सकियोस् भनेर शासक यस्तो प्रविधि खरिद गर्न लागिरहेको साइबर सुरक्षासम्बन्धी कानुनी जानकार बाबुराम अर्याल बताउँछन्। कुन विषय प्रतिबन्ध लगाउने हो र कुन होइन भनेर छुट्याउने अधिकार दूरसञ्चार प्राधिकरणसँग नभएको तर्क उनको छ। कुन विषय प्रतिबन्धित छ र कुन छैन भन्ने निर्णय गर्ने अधिकार अदालतसँग मात्रै हुने उनको भनाइ छ। ‘सत्तामा भएकाहरूले जनतालाई नियन्त्रणमा राख्ने नियतका साथ यसलाई अघि बढाउन खोजेको देखिन्छ,' उनले भने, 'जब जनतालाई स्वतन्त्र छोडिन्छ तब सत्ताधारीहरूले आफ्नो कुर्ची हल्लिरहन्छ भन्ने आभास भएको हुन्छ। सोही कारण यो प्रविधि जडान गर्न सत्ताधारीहरूले जोड गरिरहेका हुन्छन्।’

पछिल्लो समय सत्ताधारीहरूलाई सबैभन्दा बढी चुनौती इन्टरनेटमा उपलब्ध हुने विषयवस्तुले दिएको अर्यालको भनाइ छ। ‘सरकार आफूले गरेका निर्णयबाट पछाडि हट्न परेको छ, त्यसको एउटै कारण हो- इन्टरनेटमार्फत आउने कन्टेन्ट,’ उनले भने, ‘उदाहरणका लागि एक वर्ष अगाडि गुठी विधेयकदेखि अहिले कोरोना सन्त्रासका बेला भएको सामाजिक आन्दोलन 'इनफ इज इनफ' हेरे पुग्छ।’

इन्टरनेटमा हुने आलोचनात्मक गतिविधि नियन्त्रण गर्न कहिले सुरक्षा र कहिले अश्लीलताको विषयलाई बाहना बनाएर सरकारले यो प्रविधि जडान गर्न खोजिरहेको उनको भनाइ छ। सत्तामा बस्नेहरूले इन्टरनेट कन्टेन्टबाट असुरक्षाको महसुस गरेपछि यस्तो प्रविधि जडानको विषय अघि बढाएका हुन्। यो प्रविधि आएपछि सामाजिक सञ्जाल मात्रै नभएर सरकारले जनसुकै समयमा अनलाइन मिडियाको कन्टेन्ट पनि ब्लक गर्न सक्ने अर्याल बताउँछन्। भन्छन्, ‘यसभित्रको नियत बहुत खतरनाक छ।’ 

चुनावसमेत प्रभावित हुनसक्ने खतरा 
साँचो आफ्नो हातमा भएकाले सबैभन्दा पहिला यो प्रविधिको दुरूपयोग सत्ताबाट नै हुने हो। सत्तामा रहेका सत्तासीनहरूले आफ्नो विरोधमा आउने आवाजको बन्देज लगाउने छन् भने सामाजिक सञ्जालमा पोस्ट गर्ने कतिपय शब्द ‘पोस्ट’ नहुने बनाउन सक्छन्। 

अर्कोतर्फ विस्तारै यो प्रविधिले आम निर्वाचनमा समेत प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन्। कुनै पनि दल या अभियानकर्मीले इन्टरनेटमार्फत् गर्ने अपिल तथा प्रचारप्रसारलाई यो प्रविधिले अवरुद्ध पार्न सक्छ। 

के भन्छ प्राधिकरण?
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस विषयमा आफू नबोल्ने बताए। नेपाल लाइभले उनीसँग ‘यो कस्तो प्रविधिको हो र किन यसको आवश्यकता पर्‍यो? कसलाई नियमन गर्न यो प्रविधि जडान गर्न लागेको हो?’ भनेर प्रश्न गरेको थियो।

तर, खनालले यो विषयमा आफूले मिडियामा केही पनि नबोल्ने भन्दै फोन काटे। उनले यत्ति मात्र भने, ‘निणर्यको ड्राफ्ट मन्त्रालय पठाएका छौं। बाँकी कुरा उतै बुझ्नुस्। योभन्दा बढी म बोल्दिनँ।’

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले यो विषयमा आफूहरुले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी काम अगाडि बढाउने प्रतिक्रिया दिए। ‘कानुन बनाउने सरकारले हो,' उनले भने, 'जसरी काम गर भन्छ हामी कर्मचारीले त्यसरी नै काम गर्ने हो।’ 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्