काठमाडौँ– गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ।
परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो ।
गाडीमा कसले तोडफोड गर्यो भन्ने यकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ। गाडी पार्किङका लागि राखेको थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।
गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।