काठमाडौँ – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न रञ्जित तामाङलाई टिकट दिएको छ ।
झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।
तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् ।
उनले आफूले झापाबाट चुनाव लड्नका लागि टिकट प्राप्त गरेको भिडिओ फेसबुकमा साझा गरेका छन्।
'नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुएको छ । नेतृत्वगणलाई आभार सहित झापा क्षेत्र नं. ५ बासी आ मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु,' तामाङले फेसबुकमा लेखेका छन्।
झापा-५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यसपालि पनि एमालेबाट ओली नै उम्मेदवार हुने पक्का छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हाल काठमाडौं महानगर प्रमुख रहेका बालेन शाहलाई उम्मेदवार बनाउने चर्चा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।