काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा मात्र फिर्ता लिँदा विवाद भएपछि उल्टै सबै प्रतिवादीको हकमा निर्णय गरेकी छन् ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिवक्ता भण्डारीले भने शुक्रबार अर्को निर्णय लिएकी हुन् ।
अब सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगपत्रहरु संशोधन गर्न स्वीकृति दिने निर्णय भएको उनले बताइन् ।
भण्डारीले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन (अभियोगपत्र संशोधनको स्वीकृति) जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यन्वयन गर्न सरकारी वकिल कार्यालयलाई भनिने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।