



काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
बुुधबार राति लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ ।
त्यस्तै, सोही स्थानका २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरी सामान्य घाइते भएका छन् ।
मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय आदिश आले सामान्य घाइते भएका छन् । सोही स्थानका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी, १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी सामान्य घाइते भएका छन् ।
घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि राति २३ः५५ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । गम्भीर घाइते अश्विन चौधरी र निर्मल चौधरीलाई पनि थप उपचारका लागि सोही अस्पताल पठाइएको छ ।
मध्यम घाइते सुमेन्द्र चौधरी र सामान्य घाइते आदिश आले उपचारपछि डिस्चार्ज भएका छन् । प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि राति २३ः५५ बजे डिस्चार्ज गरिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।