• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’

कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउनु बढुवा भएको सरकारी पक्षको जिकिर, अन्तरिम आदेश आवश्यक नभएको दाबी
64x64
नेपाल लाइभ बुधबार, मंसिर ९, २०८३  १४:४८
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयलाई महान्यायाधिवक्ता नारायण कडेलले कारबाही नभई पुरस्कारको संज्ञा दिएका छन् ।

दानबहादुर कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइका क्रममा बुधबार सरकारी पक्षको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता कडेलले यस्तो तर्क गरेका हुन् ।

उनले सरकारले कार्कीलाई बर्खास्त नगरेको र कुनै कारबाही पनि नगरेको जिकिर गरे । बरु सरकारको आवश्यकता र देशको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै उनलाई थप जिम्मेवारी दिइएको उनको भनाइ थियो ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भएको बहसका क्रममा कडेलले कार्कीलाई आईजीपीबाट हटाउनुको सट्टा बढुवा गरेर जिम्मेवारी दिइएको दाबी गरे ।

‘सरकारले प्रहरी महानिरीक्षकलाई बर्खास्त गरेको छैन, बढुवा गरेको हो,’ उनले इजलासमा भने, ‘कार्की त लड्डु लिएर आउनुपर्नेमा रिट लिएर अदालत आउनुभयो ।’

सरकारको निर्णयको बचाउमा थप तर्क
महान्यायाधिवक्ता कडेलले प्रधानमन्त्रीलाई सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्न सक्ने तर्क गरे । मुलुकको समग्र शान्ति सुरक्षा अवस्थालाई ध्यानमा राखेर सरकारले उक्त निर्णय गरेको उनको जिकिर थियो ।

कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले सरकारको निर्णयलाई गैरकानुनी भन्दै अन्तरिम आदेशमार्फत रोक्न माग गरेका थिए । तर महान्यायाधिवक्ताले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।

कार्की पक्षले आफ्नो कार्यकाल बाँकी रहँदै प्रहरी प्रमुखबाट हटाइएको, निर्णयअघि स्पष्टीकरणको अवसरसमेत नदिइएको र प्रहरी नियमावलीविपरीत जिम्मेवारीबाट हटाइएको जिकिर गरेको छ । रिटमा मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न तथा नयाँ आईजीपी मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन माग गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सरकारले १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने आदेशसमेत भएको थियो । 

खरेल र शाक्यको नजिर कार्कीको हकमा लागू नहुने दाबी
कार्की पक्षले आफ्नो मागको समर्थनमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यसँग सम्बन्धित विगतका न्यायिक नजिरसमेत प्रस्तुत गरेको थियो ।

तर महान्यायाधिवक्ता कडेलले ती नजिर कार्कीको मुद्दामा सान्दर्भिक नहुने तर्क गरे । सरकारले प्रहरी संगठनको नेतृत्वबाट हटाएर नयाँ जिम्मेवारी दिएको विषयलाई विगतका घटनासँग तुलना गर्न नमिल्ने उनको भनाइ थियो ।

यसअघि कार्कीको रिटमा मंसिर ७ गते सुनुवाइका लागि पेसी तोकिए पनि नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई अदालतको म्याद तामेल भएको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ अघि बढ्न सकेको थिएन । त्यसपछि बुधबारका लागि पेसी तोकिएको हो । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्की पक्षका कानुन व्यवसायीको बहसपछि महान्यायाधिवक्ताले सरकारका तर्फबाट जवाफ दिएका हुन् । अब सरकारी पक्षका अन्य कानुन व्यवसायीले समेत बहस गर्नेछन् । दुवै पक्षको बहस सकिएपछि सर्वोच्च अदालतले कार्कीको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ
सम्बन्धित सामग्री
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ दानबहादुर कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइका क्रममा बुधबार सरकारी पक्... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बत... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी बुधबार, मंसिर ९, २०८३
सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ बुधबार, मंसिर ९, २०८३
युद्धबाट भागेर लिबिया पुगेका १५८ सुडानी नागरिक स्वदेश फर्किए बुधबार, मंसिर ९, २०८३
९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टी बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्