दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार बिहान भएका दुई खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
फुल कोर्ट ९५×५० विधातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२-२९ अंकले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७-३ अंकको फराकिलो अन्तरले हराएको छ ।
महिला बास्केटलतर्फ बुधबार दिउँसो थ्री बाइ थ्री ९३×३० विधाका खेल सञ्चालन हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।