काठमाडौँ – शिक्षक सेवा आयोगले शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न चार सय ४९ जना शिक्षक माग गरेको हो ।
सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाजिकमा ५८ जना, कार्यालय संञ्चालन तथा लेखामा १३ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा एक जना, कम्प्युटर विज्ञानमा ५ जना, शुक्लयजुर्वेद दुई जना, संस्कृत व्याकरण दुई जना, सिद्धान्त ज्योतिषमा एक जना र फलित ज्योतिषमा एक जना गरी ४४९ जना शिक्षक माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ११ गतेसम्म दरखास्त दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।