चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गराएका छन्।
विद्यालय जाने उमेरका कोही बालबालिका पनि नछुटून् भन्ने उद्देश्यले नेपाल सरकारले सुरु गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा प्रचण्डले मुसहर र माझी समुदायका बालकलाई भर्ना गराएका हुन्।

पत्रुस मुसहर र अरुण माझीको सम्पूर्ण खर्च आफूले बेहोर्ने गरी प्रचण्डले अभिभावकत्व ग्रहण गरे। सरकारको अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुले अभिभावकत्व लिँदै विद्यार्थी भर्ना गराउने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।