काठमाडौं– ललितपुर जिल्ला अदालतले निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
ललितपुर जिल्ला अदालतका प्रवक्ता टीकाध्वज कार्कीका अनुसार जोशीसँग १५ लाख रुपैयाँ र पाण्डेसँग १२ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धानपछि उनीहरूविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।