काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई) बाट स्वदेश फर्कन चाहने १५ हजार ३ सय ५ नेपालीले दूतावासमा आवेदन दिएका छन्।
दूतावासका अनुसार यो संख्या २९ मेसम्म आवेदन दिनेहरुको संख्या हो। कोरोनाका कारण युएईमा समस्यामा परेका नेपालीहरुलाई १९ जुनदेखि चार्टर उडानमार्फत् स्वदेश फर्काउने क्रम जारी छ।
१९ जुनदेखि २७ जुनसम्म विभिन्न ११ वटा उडानमार्फत् यूएईबाट १८ सय ८९ नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्कन आवेदन दिएकामध्ये १४ हजारभन्दा बढी नेपाली स्वदेश फर्कने दिन गन्दै बसिरहेका छन्। सरकारले तोकेको प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।