चितवन- गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन्।
प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले गैरनाफामूलक संस्थाका रुपमा दर्ता गरेर सिन्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताए।
यातायात सँगसँगै अन्य क्षेत्रमा सिन्डिकेट देखिएमा त्यसलाई पनि रोक्ने थापाले जानकारी दिए। उनले भने, 'यातायात क्षेत्र कसैले ठप्प पार्न सक्दैन।'
सरकारले मंगलबार जिल्ला-जिल्लामा यातायात समितिहरुका नाममा रहेको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले अब यातायात समितिहरुको नवीकरण नगरी यातायातमा सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।