वासिंगटन– अमेरिकी पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसकी श्रीमती तथा शैक्षिक अभियन्ता बार्बरा बुसको निधन भएको छ। केहि समयदेखि अस्वस्थ रहेकी बुसको ९२ वर्षको उमेरमा बुधबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै ‘पारिवारिक साक्षरताकी एक अथक समर्थक’को निधन भएको जनाएको छ।
बार्बरा पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसकी आमा समेत हुन्। बार्बरा आफ्ना पति तथा छोरा दुबैलाई अमेरिकाको राष्ट्रपति भएको देख्ने पाउने एक मात्र महिला हुन्।
स्वास्थ्य अवस्थामा खराबी आएपछि अस्पताल भर्ना गरिएकी बार्बरालाई सहज रेखदेखका लागि केहि दिनदेखि परिवारले घरमै राखेको थियो।

पति(बायाँ) र छाेरा(दायाँ)काे बीचमा बार्बरा बुस
बार्बराका पति जर्ज एचडब्लु बुस(९३ वर्ष) लामो समयसम्म बाँच्ने अमेरिकी राष्ट्रपति हुन्। बार्बराका छोरा जर्ज डब्लु बुस सन् २००० मा अमेरिकाको ४३औँ राष्ट्रपतिमा चुनिएका थिए। उनले लगातार २ कार्यकाल अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका थिए।
आमाको निधनपछि पूर्वराष्ट्रपति बुसले भने,‘९२ वर्षीया आमा बार्बरा हामीमाझ रहनु भएन। लौरा, बार्बरा, जेव र म यो समयमा निकै दुःखी छौँ। तर हाम्रो आत्माले यो कुरा बुझिसकेको छ कि उहाँ कस्तो हुनुहुन्थ्यो। बार्बरा यस्तो नारी हुनुहुन्थ्यो जसले माया र शिक्षालाई लाखौँको माझमा पुर्याउने कोशिष गर्नुभयो।’
बार्बरा बुस जेव बुसकी आमासमेत हुन्। जसले सन् १९९९ देखि २००७ सम्म फ्लोरिडा राज्यको गभर्नर भएर काम गरेका थिए। उनलाई आफ्नो कार्यभार सम्हाल्न असफल भएको भन्दै सन् २०१६ मा ह्वाइटहाउसबाट पदमुक्त गरिएको थियो।
‘फस्ट लेडी’को रुपमा बार्बराले सच्चा राजनीतिक जिवनसाथिको पारम्परिक भूमिका निभाएकी थिइन्। उनले ‘बार्बरा बुस फाउन्डेसन’को स्थापना गरी समुदायमा शिक्षाबाट वञ्चित परिवार तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।