जेनेभा– यूरोपेली यूनियन (इयू)ले अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार–विमर्श गर्न विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा भेट्ने आग्रह गरेको डब्लुटिओ स्रोतले मङ्गलबार जनाएको छ।
अमेरिकाले सुरक्षाका लागि अवलम्बन गरेको भनिएको स्टिल र आन्मुनियममा आयातमा लिइएको कर नीति महत्वपूर्ण आधार नभएको इयूले डब्लुटिओसँग बताएको छ।
वासिङ्टनले व्यापार सुरक्षाका लागि डब्लुटिओको सुरक्षा समितिमा पहल गर्दा आफ्नो समस्यालाई समाधान गर्नसक्छ भन्ने कुराको हेक्का राख्न नसकेको दावी गर्दै इयूले विचार–विमर्शका लागि आह्वान गरेको हो।
व्यापार सुरक्षा सम्झौताअन्तर्गत इयूले अमेरिकालाई छलफलका लागि आग्रह गरेको र डब्लुटिओको सुरक्षा समितिमा रहेको व्यापार नीतिले अमेरिकालाई व्यापार सुरक्षा प्रदान गर्ने जनाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।