एजेन्सी– सन् २०१८ को पहिलो ३ महिनामा चीनको आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही समयको ६ दशमलव ५ प्रतिशतभन्दा बढी पुगेको छ।
यो वर्षको पहिलो ३ महिनामा चीनको आर्थिक वृद्धिदर अघिल्लो वर्ष सोही समयमा हासिल गरिएको वृद्धिदरभन्दा ० दशमलव ३ प्रतिशले बढी देखिएको छ।
चिनियाँ सरकारी तथ्याङ्क अनुसार सन् २०१८ को पहिलो ३ महिनामा त्यहाँको आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशत पुगेको हो।
चीनमा बढ्दै गएको उपभोक्ताको मागका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई आफ्नो आर्थिक अवस्था स्थिर गर्न सहयोग पुगेको अनुमान गरिएको छ।
तर, चीनको बढ्दो ऋण भने त्यहाँको चिन्ताको विषय बनेको छ। अहिले चिनियाँ सरकार बढ्दै गएको ऋणभार आर्थिक वृद्धिदरलाई क्षति नपुग्ने गरी अघि बढाउन प्रयत्नरत छ।
चिनियाँ अर्थविद्का रुपमा सिंगापुरको नोरडिया बैंकमा कार्यरत एमी हुवाङ पहिलो ३ महिनामा भएको आर्थिक विकास दृढ रहेको बताउँछन्।

अमेरिकासँगको चिसिँदो सम्बन्धका बाबजुद भइरहेको आर्थिक विकासले चीनलाई सघाइरहेको भए पनि यो ठूलो खतरा भएको अर्का आर्थिक विश्लेषक बो हुवाङको दाबी छ।
चीनमा अहिले बढ्दै गएको आर्थिक विकासले त्यहाँको स्वस्थ अर्थतन्त्र देखाएको छ तर अमेरिकासँगको व्यापार युद्धका कारण भने यसलाई प्रभाव पार्ने अनुमान गरिएको छ।
चीनको तथ्याङ्क अनुसार त्यहाँ अनलाइन रिटेल सेल्स ३५ प्रतिशतभन्दा बढी देखिएको छ। अहिलेको दरमा निरन्तरता पाएको खण्डमा चीनको अर्थतन्त्र २ वा ३ वर्षभित्र दोब्बर हुने अनुमान गरिएको छ। तर, अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदरमा निर्यातले ठूलो भूमिका खेलेको थियो र अहिले चीनले आफूलाई निर्यातमा मात्रै निर्भर नबनाई निर्भिक तरिकाले अघि बढ्न खोजिरहेको छ।
चीनको आर्थिक विकासका लागि अमेरिकी बजारमा चीनको उपस्थिति हुनु अपरिहार्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।