एजेन्सी– ६८ वर्षदेखिको दक्षिण कोरिया र उत्तर कोरियाबीचको युद्ध अन्त्य हुने भएको छ। दुवै देशका नेता सधैंका लागि युद्ध रोक्न सहमत देखिएका छन्।
आगामी साता दुई देशबीच ऐतिहासिक वार्ता हुँदैछ। उत्तर कोरियाका शासक किम जोन उन आगामी अप्रिल २७ मा दक्षिण कोरिया भ्रमणमा जाँदैछन्। सोही भ्रमणको क्रममा दुई देशबीच ऐतिहासिक सहमति हुन लागेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन्।
सन् १९५० देखि ५३ सम्म दुई देशबीच युद्ध भएको थियो। त्यसयता दुई देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। सन् १९५० को युद्धमा २० लाख भन्दा धेरैको मृत्यु भएको थियो।
सन् १९५० पछि पहिलोपटक उत्तर कोरियन नेता दक्षिण कोरिया भ्रमणमा जान लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।