काठमाडौं- श्रीलंका र माल्दिभ्समा अप्ठ्यारोमा परेका १ सय ५४ नेपालीहरु आज स्वदेश फर्कने भएका छन्। हिमालय एयरमार्फत उनीहरु आज बेलुका नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थल स्रोतका अनुसार सो जहाजमार्फत कोलम्बोबाट ५ जना र माल्दिभ्सबाट १ सय ४९ जना यात्रु फर्कँदै छन्। जहाज बेलुका ९ बजे विमानस्थलमा अवतरण हुने बताइएको छ।
यसअघि विदेशमा अप्ठ्यारोमा परेका ११ सय १० जना नेपालीहरु सरकारको अनुमतिमा स्वदेश फर्किएका छन् भने सोमबार हङकङबाट बिना जानकारी ७ जना स्वदेश फर्किएका छन्। उनीहर्रु सरकारले तोकेका विभिन्न क्वारेन्टाइनमा राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।