• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

बिएमडब्लू सेभेन सिरिज आयात : कार छुटेको १८ दिनपछि लक्ष्मी प्रिमियमले तिर्‍यो पूरा कर

अन्त:शुल्क छुट नपाएपछि थप ६३ लाख १२ हजार कर भुक्तानी
64x64
शिव बोहरा आइतबार, जेठ ३२, २०७७  १४:०४
1140x725

काठमाडौं- कानुन विपरीत ५० प्रतिशत अन्तःशुल्क छुटमा भित्रिएको बिएमडब्लू सेमेन सिरिज कार आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले सम्पूर्ण कर तिरेको छ। आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले आइतबार कानुनसम्मत सिर्जना हुने कर दायित्व भुक्तानी गरेको हो। कार भन्सार जाँचपास भएको १८ दिनपछि कम्पनीले कर बुझाएको छ। 

भन्सार जाँचपासका क्रममा ३० प्रतिशत अन्त:शुल्क तिरिएकोमा यसलाई सच्याउँदै कम्पनीले ६० प्रतिशत अन्त:शुल्क तिरेको छ। आयातकर्ताले आइतबार ६३ लाख १२ हजार ११ रुपैयाँ थर कर रकम सरकारलाई बुझाएको छ। वीरगञ्ज भन्सार हुँदै भित्रिएको यो गाडी जाँचपासका क्रममा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लगाइएको थियो। 

गत जेठ १४ मा भन्सार जाँचपास भएर नेपाल भित्रिएको बिएमडब्लू सेभेन सिरिज ’७४० एलई एक्सड्राइभ’मा ६० प्रतिशत अन्तःशुल्क लाग्नेमा आयातकर्ताले ३० प्रतिशतमात्र तिरेको थियो। सरकारले आर्थिक ऐन २०७६ मा हाब्रिड कारमा लाग्ने भन्सार र अन्तःशुलकमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। तर सरकारको छुट उद्देश्य विपरितका कारले छुट पाएको भन्दै सरकारले अन्तःशुल्कमा दिइएको छुट खारेज गरेको थियो। 

अन्तःशुल्क खारेजको निर्णण मन्त्रिपरिषद्ले गरेर गएको मंसिर १६ गतेको राजपत्रमा सूचना प्रकाशित भएको थियो। त्यसयता हाइब्रिड कार आयात नभएको र भन्सारका कर्मचारीले राजपत्रमा प्रकाशित सूचनामा अपडेट नहुँदा अन्तःशुल्क छुट पाएर गाडी भित्रिएको थियो। 

यो पनि पढ्नुहोस्

कानुनअनुसार कर नतिरी भित्रियो बिएमडब्लू सेभेन सिरिज हाइब्रिडआइतबार, जेठ ३२, २०७७

संसदमा उठ्यो प्रश्न
नेपाल लाइभले प्रकाशित गरेको बिएमडब्लूको समाचार बारे संसदको आइतबारको बैठकमा सांसद देवेन्द्रराज कँडेलले यो विषय उठाएका थिए। उनले यो कार कानुनअनुसार कर नतिरी छुटेको उल्लेख गरेका थिए। उनले २०७६ मंसिर १६ को मन्त्रिपरिषदको बैठकले छुट खारेज गरे पनि बिएमडब्लुको गाडीलाई छुट दिइएको उल्लेख गरे। 

Ncell 2
Ncell 2

कानुनविपरीत यो गाडीलाई छुट दिइएको भन्दै कँडेलले यो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पनि उल्लेख गरे। उनले अर्थमन्त्रीको नियतमाथि आफ्नो शंका नभएको भन्दै छानबिन भने हुनुपर्ने उल्लेख गरे। प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफका क्रममा मानवीय त्रुटीले छुट भएको भन्दै करदाताले थप कर तिरिसकेको उल्लेख गरेका थिए।

कारको खरिद मूल्य र करको हिसाब
बिएमडब्लू सेभेन सिरिज ’७४० एलई एक्सड्राइभ’को खरिद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँ छ। भन्सार ८० प्रतिशतमा छुटपछि ४० प्रतिशत लाग्दा ४९ लाख २५ हजार ७ सय ८६ रूपैयाँ हुन्छ। अन्तःशुल्क छुट सरकारले हटाएको र यो कार २ हजार सिसीसम्मको भएकाले लाग्ने ६० प्रतिशत अन्तःशुल्क हो।

मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राजपत्रमा प्रकाशित सूचना (बाँया) र आर्थिक ऐनको व्यवस्था।

खरिद मूल्य र भन्सार शुल्कपछिको मूल्य १ करोड ७२ लाख ४० हजार ३ सय ३२ रूपैयाँमा ६० प्रतिशत अन्तःशुल्क लगाउँदा १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ थपिन्छ। अन्तःशुल्कपछिको मूल्य २ करोड ७५ लाख ८४ हजार ५ सय ३१ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ लाग्छ। 

भ्याटपछिको कारको मूल्य ३ करोड ११ लाख ७० हजार ५ सय २० रूपैयाँ हुन्छ। यसमा सडक मर्मत शुल्क बापत ८ प्रतिशत लगाउँदा २४ लाख ९३ हजार ६ सय ४१ रूपैयाँ हुन्छ। सबै कर लगाउँदा यो कारको मूल्य ३ करोड ३६ लाख ६४ हजार १ सय ६१ रूपैयाँ हुन्छ। 

यसअघि तिरेको र छुट हटेपछि तिरेको कर

  • यसअघि तिरेको अन्तःशुल्क ५१ लाख ७२ हजार ७५ रूपैयाँ
  • छुट हटेपछि तिरेको अन्तःशुल्क १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ
  • यसअघि तिरेको भ्याट २९ लाख १३ हजार ६ सय ६८ रूपैयाँ
  • छुट हटेपछि तिरेको भ्याट ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ
  • यसअघि तिरेको सडक मर्मत शुल्क २० लाख २६ हजार ७५ रूपैयाँ
  • छुट हटेपछि तिरेको सडक मर्मत शुल्क २४ लाख ९३ हजार ६ सय ४१ रूपैया 

    यो पनि पढ्नुहोस्

    बिएमडब्लू सेभेन सिरिज हाइब्रिड कार पहिलोपटक नेपाल भित्रियोबिहीबार, जेठ २२, २०७७

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्