• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

बिएमडब्लू सेभेन सिरिज आयात : कार छुटेको १८ दिनपछि लक्ष्मी प्रिमियमले तिर्‍यो पूरा कर

अन्त:शुल्क छुट नपाएपछि थप ६३ लाख १२ हजार कर भुक्तानी
64x64
शिव बोहरा आइतबार, जेठ ३२, २०७७  १४:०४
1140x725

काठमाडौं- कानुन विपरीत ५० प्रतिशत अन्तःशुल्क छुटमा भित्रिएको बिएमडब्लू सेमेन सिरिज कार आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले सम्पूर्ण कर तिरेको छ। आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले आइतबार कानुनसम्मत सिर्जना हुने कर दायित्व भुक्तानी गरेको हो। कार भन्सार जाँचपास भएको १८ दिनपछि कम्पनीले कर बुझाएको छ। 

भन्सार जाँचपासका क्रममा ३० प्रतिशत अन्त:शुल्क तिरिएकोमा यसलाई सच्याउँदै कम्पनीले ६० प्रतिशत अन्त:शुल्क तिरेको छ। आयातकर्ताले आइतबार ६३ लाख १२ हजार ११ रुपैयाँ थर कर रकम सरकारलाई बुझाएको छ। वीरगञ्ज भन्सार हुँदै भित्रिएको यो गाडी जाँचपासका क्रममा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लगाइएको थियो। 

गत जेठ १४ मा भन्सार जाँचपास भएर नेपाल भित्रिएको बिएमडब्लू सेभेन सिरिज ’७४० एलई एक्सड्राइभ’मा ६० प्रतिशत अन्तःशुल्क लाग्नेमा आयातकर्ताले ३० प्रतिशतमात्र तिरेको थियो। सरकारले आर्थिक ऐन २०७६ मा हाब्रिड कारमा लाग्ने भन्सार र अन्तःशुलकमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। तर सरकारको छुट उद्देश्य विपरितका कारले छुट पाएको भन्दै सरकारले अन्तःशुल्कमा दिइएको छुट खारेज गरेको थियो। 

अन्तःशुल्क खारेजको निर्णण मन्त्रिपरिषद्ले गरेर गएको मंसिर १६ गतेको राजपत्रमा सूचना प्रकाशित भएको थियो। त्यसयता हाइब्रिड कार आयात नभएको र भन्सारका कर्मचारीले राजपत्रमा प्रकाशित सूचनामा अपडेट नहुँदा अन्तःशुल्क छुट पाएर गाडी भित्रिएको थियो। 

यो पनि पढ्नुहोस्

कानुनअनुसार कर नतिरी भित्रियो बिएमडब्लू सेभेन सिरिज हाइब्रिडआइतबार, जेठ ३२, २०७७

संसदमा उठ्यो प्रश्न
नेपाल लाइभले प्रकाशित गरेको बिएमडब्लूको समाचार बारे संसदको आइतबारको बैठकमा सांसद देवेन्द्रराज कँडेलले यो विषय उठाएका थिए। उनले यो कार कानुनअनुसार कर नतिरी छुटेको उल्लेख गरेका थिए। उनले २०७६ मंसिर १६ को मन्त्रिपरिषदको बैठकले छुट खारेज गरे पनि बिएमडब्लुको गाडीलाई छुट दिइएको उल्लेख गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

कानुनविपरीत यो गाडीलाई छुट दिइएको भन्दै कँडेलले यो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पनि उल्लेख गरे। उनले अर्थमन्त्रीको नियतमाथि आफ्नो शंका नभएको भन्दै छानबिन भने हुनुपर्ने उल्लेख गरे। प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफका क्रममा मानवीय त्रुटीले छुट भएको भन्दै करदाताले थप कर तिरिसकेको उल्लेख गरेका थिए।

कारको खरिद मूल्य र करको हिसाब
बिएमडब्लू सेभेन सिरिज ’७४० एलई एक्सड्राइभ’को खरिद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँ छ। भन्सार ८० प्रतिशतमा छुटपछि ४० प्रतिशत लाग्दा ४९ लाख २५ हजार ७ सय ८६ रूपैयाँ हुन्छ। अन्तःशुल्क छुट सरकारले हटाएको र यो कार २ हजार सिसीसम्मको भएकाले लाग्ने ६० प्रतिशत अन्तःशुल्क हो।

मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राजपत्रमा प्रकाशित सूचना (बाँया) र आर्थिक ऐनको व्यवस्था।

खरिद मूल्य र भन्सार शुल्कपछिको मूल्य १ करोड ७२ लाख ४० हजार ३ सय ३२ रूपैयाँमा ६० प्रतिशत अन्तःशुल्क लगाउँदा १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ थपिन्छ। अन्तःशुल्कपछिको मूल्य २ करोड ७५ लाख ८४ हजार ५ सय ३१ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ लाग्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भ्याटपछिको कारको मूल्य ३ करोड ११ लाख ७० हजार ५ सय २० रूपैयाँ हुन्छ। यसमा सडक मर्मत शुल्क बापत ८ प्रतिशत लगाउँदा २४ लाख ९३ हजार ६ सय ४१ रूपैयाँ हुन्छ। सबै कर लगाउँदा यो कारको मूल्य ३ करोड ३६ लाख ६४ हजार १ सय ६१ रूपैयाँ हुन्छ। 

यसअघि तिरेको र छुट हटेपछि तिरेको कर

  • यसअघि तिरेको अन्तःशुल्क ५१ लाख ७२ हजार ७५ रूपैयाँ
  • छुट हटेपछि तिरेको अन्तःशुल्क १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ
  • यसअघि तिरेको भ्याट २९ लाख १३ हजार ६ सय ६८ रूपैयाँ
  • छुट हटेपछि तिरेको भ्याट ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ
  • यसअघि तिरेको सडक मर्मत शुल्क २० लाख २६ हजार ७५ रूपैयाँ
  • छुट हटेपछि तिरेको सडक मर्मत शुल्क २४ लाख ९३ हजार ६ सय ४१ रूपैया 

    यो पनि पढ्नुहोस्

    बिएमडब्लू सेभेन सिरिज हाइब्रिड कार पहिलोपटक नेपाल भित्रियोबिहीबार, जेठ २२, २०७७

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्