• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनुसन्धानका लागि सिरियाको डोउमा पुगेको टोलीलाई स्विकृति प्रदान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  ०२:१६
1140x725

डोउमा– रासायनिक हतियार प्रयोग भएको भनिएको सिरियाको डोउमामा अनुसन्धानका लागि पुगेको अर्गनाइजेसन एगेन्स्ट युज अफ केमिकल वेपन्स (ओपिसिडब्लु) को टोलीलाई स्विकृति प्रदान गरिएको छ।

अनुसन्धानका लागि गत शनिबारदेखि नै सो टोली सिरियामा पुगेको भएपनि अनुसन्धानका लागि स्विकृति दिइएको थिएन।

गत अप्रिल ७ मा भएको आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको भन्दै गत शनिबार अमेरिका, बेलायत र फ्रान्सले सिरियामा भण्डार गरि राखिएका रासायनिक अखाडाहरुमा आक्रमण गरेको थियो।

तर सिरिया तथा उसको प्रमुख सहयोगी रसियाले भने आक्रमणमा रासायनिक हतियार प्रयोग नगरेको दावी गर्दै आएका छन्।

सिरियाली राज्य सञ्चालित समाचार संस्थाले भने मंगलबारको बिहान पनि पश्चिमी शहर होम्समा सेनाले केही मिसाइल आक्रमणलाई निस्तेज पारेको बताएको छ। सो मिसाइल आक्रमण सेरात हवाई अड्डामा लक्षित गरी गराइएको तर कसले सो आक्रमण गर्यो भन्ने नखुलेको बताइएको छ।

उता राजधानी दमास्कसको डुमेर मिलिटरी विमानस्थलमा पनि ३ वटा मिसाइल प्रहार गरिएको तर सेनाले त्यसलाई पनि नष्ट गराएको रिपोर्टमा बताइएको छ।

तर पेन्टागनका प्रवक्ताले भने सो समयमा सो क्षेत्रमा आफुहरुले आक्रमणका कुनै पनि क्रियाकलाप नगरेको दावी गरेको छ।

अनुसन्धानका लागि पुगेको अन्तर्राष्ट्रिय टोलीले दमास्कसमा ३ दिनसम्म पर्खिनु परेको थियो। आक्रमण भएको ११ दिनपछि मात्रै टोली बुधबार मात्रै घटनास्थल पुग्न पाएका हुन्। विज्ञहरुको टोलीले सो क्षेत्रको माटो तथा अन्य वस्तुहरुको परिक्षण गरेर आक्रमणमा रासायनिक हतियार प्रयोग भए–नभएको अनुसन्धान गर्ने बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धान टोलीका एक अमेरिकी सदस्यले भने सो क्षेत्रमा यसअघि नै रसियाली टोलीले अवलोकन गरिसकेकोले घटनाका तथ्यहरु मेटाइएको हुनसक्ने आशंका व्यक्त गरे।

तर अन्तर्वार्ताका क्रममा रसियाली विदेश मन्त्री सेर्गेई लाभरोभले भने सो आरोपको खण्डन गरेको बिबिसीले लेखेको छ। ‘सो क्षेत्रमा रसियाले कुनै पनि किसिमको हस्तक्षेप गरेको छैन।’, उनले भने, ‘अमेरिका, बेलायत र फ्रान्सले सामाजिक सञ्जाल र केहि मिडिया रिपोर्टको आधारमा मात्रै यस्तो आरोप लगाएका छन्, जुन सतही छ।’

यसअघि अनुसन्धानका लागि रोकेको भन्दै विदेश मन्त्री लाभारोभ, रसिया तथा सिरियाको समेत आलोचना गरिएको थियो।

Xtrem

Xtrem

तर, रसियाले भने पर्यवेक्षकहरुलाई रसायनिक हतियार प्रयोग भएको क्षेत्रमा प्रवेश नदिइएको कुराको खण्डन गरेकाे छ। उसले अमेरिकी नेतृत्वको कारबाहीका कारण ती पर्यवेक्षकले प्रवेश नपाएको पनि प्रस्ट पारेका छन्।

यता, सिरियाली समाचार संस्था सानाले सिरियाली उप–विदेशमन्त्री फैजल अल मोकददले ओपिसिडब्लुका पर्यवेक्षकसँग भेटवार्ता गरेको पुष्टि गरेको छ।

‘विज्ञहरुको टोली सिरियाली सरकारको निमन्त्रणामा पछिल्लो ३ दिनदेखि सिरिया छ।  उनीहरुसँग सरकारी अधिकारीले दुई पक्षबीच सहकार्य र सहजीकरणको विषयमा छलफल गरेका छन्,’ सानाले अल मोकददलाई उदृत गर्दै आफ्नो समाचारमा लेखेको छ।

अप्रिल ७ मा के भएको थियो?

गत अप्रिल ७ मा रासानिक आक्रमण गरिएको भनिएको पूर्वी गोउटाको डोउमामा विद्रोहीहरुको अन्तिम गढमा हवाई आक्रमण चलिरहेको थियो। जहाँ महिनौंदेखि गाेलाबारी जारी थियो। अहिले भने सो क्षेत्र सिरियाली सरकार र रसियाली सेनाको पकडमा आइसकेको छ।

रिपोर्टका अनुसार सो दिनमा केहि घण्टाको अन्तरमा रासायनिक पदार्थ मिसाइएका २ वटा बमहरु खसालिएको बिबिसीले लेखेको छ। स्थानीय समयअनुसार दिनको १ बजे सादा बेकरीमा तथा बेलुका साढे ७ बजे मार्टियर्स स्क्वायरमा बम खसालिएको थियो।

सिरियाली स्वास्थ्य अधिकारीका अनुसार आक्रमणबाट प्रभावितहरुको मुखबाट फिँज आइरहेको, छालाको रंगमा परिवर्तन भएको तथा श्वासप्रश्वासमा कठिनाइ भएको बताएका थिए।

उता अमेरिकी स्रोतका अनुसार आक्रमणबाट घाइते भएकाहरुको रागत तथा पिसाब परीक्षण गर्दा क्लोरिन ग्यास तथा विषालु पदार्थ भेटिएको दावी गरेका थिए।

सो आक्रमणमा ७० भन्दा बढीले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्