टम्पा– आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ।
लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो।
माछाको तेलबाट बनाइने ‘ओमेगा–३’ नामक औषधीवद्र्धक पदार्थले आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन्।
झण्डै ५ सय ३५ जनामा गरिएको परिक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन ‘न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिन’मा प्रकाशित भएको छ।
अमेरिकाका झण्डै १ करोड ६० लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ।
विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्बन्धि समस्याका कारण प्रतिवर्ष ५५ विलियन डलर खर्च हुने गरेको छ।
अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झण्डै ६ महिना परिक्षण गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाइ छ।
परिक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निश्कर्ष रहेको छ। माछाको तेलका कारण झण्डै १० प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
‘ओमेगा –३’ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौं,’ अध्ययन प्रतिवेदनका सह–लेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भने।
यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उनकोको भनाइ छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।