• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५ वर्षदेखि विमानस्थलबाट सेटिङमा सुन तस्करी

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  १४:४९
1140x725

काठमाडौं– सनम शाक्य हत्याको अनुसन्धान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको पर्दाफास हुँदै गएको छ। विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाई एक समूहले कम्तिमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको खुलेको छ। 

एयरलाइन्सका कर्मचारीहरुले भन्सारको बाटो प्रयोग नगरी सुन राखिएका लगेजहरु गोप्य बाटोबाट पास गर्दथे। यस्तो गतिविधिमा संलग्न थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका ११ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

विमानस्थलबाटै सेटिङमा तस्करी भएको ३३ किलो सुन गायब भएपछि सो समूहमा एकाउन्टेन्टका रुपमा काम गर्ने सनम शाक्यको फागुन १८ गते मोरङमा हत्या भएको थियो। सो हत्याको अनुसन्धानमा प्रहरीले मुख्य नाइकेहरुलाई पक्राउ नगरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानबिन गर्दा एयरपोर्टबाट ५ वर्षदेखि सो समूहले सुन तस्करी गर्दै आएको खुलेको छ। 

‘सन् २०१३ देखि यसरी तस्करी हुँदै आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसमा हाइप्रोफाइल कनेक्सन नहोला भन्न सकिन्न।’ गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलेको नेतृत्वमा छानबिन भइरहेको छ। घटनामा संलग्न २४ जनालाई जिल्ला प्रहरी कार्यालयले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ। 

पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएको स्रोत बताउँछ। एयरपोर्टका कर्मचारीलाई पैसा बाँड्ने जिम्मेवारी पनि उनकै थियो। तस्करीमा भारतका ठूला तस्करहरुसँग संलग्न थिए। त्यसरी तस्करी भएको ८० प्रतिशत भन्दा धेरै सुन भारत पुग्ने गर्थ्यो। 

सुन तस्करीका लागि एयरलाइन्सका कर्मचारीले विमानस्थलका सबैजसो लोडर(ब्यागेज ओसार्ने) हरुसँग आफ्नो गिरोहमा आबद्ध गरेका थिए। हरेक हप्ताजसो उनीहरुले पैसा लिने गरेका थिए। 

सुन राखिने झोलाको फोटो र संकेत उनीहरुलाई भाइबरमा आउने गर्थ्यो। सोही आधारमा ती झोला उनीहरुले छुट्टै राख्थे। विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारीले ती झोला आफूहरुको भएको भन्दै पास गराउँथे। यसरी हरेक दिनजसो विमानस्थलबाट सुन तस्करी हुने गरेको थियो। 

सोही सूचना पाएपछि दुई साताअघि आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वादलले विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए। 

Ncell 2
Ncell 2

सेटिङमा अनेक समूह 

सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य साढे ३३ किलो सुन तस्करी प्रकरणमा पनि पक्राउ परेका थिए। एयरपोर्टका प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पास भएको साढे ३३ किलो सुन गत वर्ष २०७३ पुस २१ मा बरामद भएको थियो। सो सुन तस्करीमा शाक्यविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमै छुटेका थिए। 

शाक्य हत्यामा जोडिएको ३३ किलो सुनमा पनि सोही समूह सक्रिय रहेको खुलेको छ। सो गिरोहका नाइके गोरे भनिने चूनामणि उप्रेती नै ३३ किलो सुन तस्करीका नाइके हुन्। जसले अपराध महाशाखाका प्रहरीलाई हात लिएर शाक्य हत्याको केस सेटल गर्न खोजेका थिए। उप्रेतीलाई जोगाउने गरी अनुसन्धान गरेको आरोपमा अपराध महाशाखाका एसएसपी विदेश लोहनीसहित तीन जनालाई त्यहाँबाट हटाइसकिएको छ। 

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार एउटै समूहले सुन तस्करीका लागि विमानस्थलमा विभिन्न तहका व्यक्तिहरुसँग सेटिङ मिलाएको छ। गत वर्ष पक्राउ परेका भन्सारका कर्मचारी विभिन्न समूहमध्ये एउटा समूह मात्र थियो। त्यसकारण उनीहरुको धन्दा रोकिएन। विमानस्थमा उनीहरुको अन्य व्यक्तिसँग समेत सम्बन्ध भएको हुनसक्ने आशंका गरिएको छ। 

दुई जनाको मृत्युले झन् रहस्यमय 

गिरोहमा जोडिएका थप दुई जनाको मृत्युको घटना थप रहस्मय बन्दै गएको छ। पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त अनामगनरको हिरासतमा आत्महत्या गरेका थिए। 

माघ २२ गते थाई एयरलाइन्सका सिनियर टेक्निसियन सानु बनको रनवेमै गाडीको ठक्करबाट मृत्यु भएको थियो। त्यो दुर्घटना नभई आत्महत्या भएको आशंका गरिएको छ। बनको मृत्यु प्रकरणको पनि गृह मन्त्रालयको छानबिन समितिले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँ... शुक्रबार, पुस ११, २०८२
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ? यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’ बिहीबार, पुस १०, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ शुक्रबार, पुस ११, २०८२
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, शपथ आजै शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्