• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पुल भत्किएपछि टुट्यो नेपाल-भारत मैत्री सम्बन्ध, जोखिम मोलेर खोलाबाटै आवतजावत

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३, २०७५  ००:१४
1140x725

राजविराज– वर्षौंदेखि नेपाल–भारत व्यापारिक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको तिलाठीस्थित खाँडो खोलाको चचरी पुल (भाटे पुल) भत्किएपछि यतिबेला सर्वसाधारणको सीमापार यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक २/३ सय मानिस वारपार गर्ने यो पुल बनाउनेतर्फ पहल हुन सकेको छैन।

तिलाठी र कुनौलीको बीचमा रहेको खाँडो खोला दुवै देशको सिमाना हो। यातायात तथा पैदल यात्राका लागि नदीको दुवैतर्फ सडक छन्, तर नदीमा हालसम्म पनि पक्की पुल बनेको छैन। पैदल यात्रीका लागि बनाइएको भाटे पुल पनि भत्किएपछि यतिबेला जोखिम मोलेर खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता छ।

तिलाठी–कुनौली आवतजावतका लागि बनाइएको भाटेपुल पनि सरकारी स्तरबाट बनाएको होइन। वर्षौंअघि तिलाठी–कोइलाडी गाउँपालिकास्थित बेल्ही गाउँका जोखन रायले बनाएको पुलले हालसम्म दुई देशबीचको व्यापार, पारिवारिक सम्बन्ध र मित्रतालाई जोडेर राखेको छ।

नेपाल र भारतबीच वर्षौंदेखि मैत्रीपूर्ण सम्बन्ध छ। खुल्ला सीमाका कारण बिना रोकटोक एक देशका नागरिक अर्को देशमा आवतजावत गर्छन्। सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस बजार भर्नकै लागि कुनौली जाने गरेका छन्।

यति मात्र होइन, नेपाल र भारतीय क्षेत्रका नागरिकहरुबीच सराबरी बिहेबारी चल्छ। समान भाषा, भेषभूषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरिकबीच पारिवारिक सम्बन्ध पनि छ। तर, त्यो सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि बनाउन नसकेको भन्दै दुवैतर्फका नागरिकहरु गुनासो गर्छन्। 

‘दुई देशका नागरिकभन्दा पनि पहिला हामीबीच पारिवारिक नाता सम्बन्ध छ,’ बेल्हीका रामदेव यादव भन्छन्, ‘यसलाई आजसम्म न देशको सिमानाले रोकेको छ न त सरकारले।’ तर, रोटीबेटीको यो सम्बन्ध जोगाउन दुवै देशको सरकार संवेदनशील हुन नसकेको उनले आरोप लगाए। 

Ncell 2
Ncell 2
nimb
nimb

छिन्नमस्ता गाउँपालिका १ का रामप्रसाद मण्डलले भने स्थानीय जनताको सहजताका लागि पुल निर्माण गर्ने विषयमा कुनै पनि देशको सरकारले सोच बनाउन नसकेको बताए। व्यापारिक दृष्टिकोणले पनि तिलाठी–कुनौली जोड्न मैत्री पुल आवश्यक रहेको भन्दै उनले थपे, 'तिलाठी–कुनौली वारपारका लागि अर्को कुनै वैकल्पिक बाटो छैन।’

भारतीय बजार कुनौलीका पञ्चम सिंहले पनि व्यापारिक, पारिवारिक र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन खाँडो खोलामा पक्की पुलको आवश्यकता रहेको बताए। ‘खोलामा पुल नहुँदा नेपालतर्फ रहेका आफन्त भेटघाट गर्न पनि समस्या छ,’ उनले भने, ‘हामीले स्थानीय सरकारसँग पक्की पुलका लागि आवश्यक पहल गर्न माग पनि गरिरहेका छौं।’

भाटेपुल मर्मतका लागि भने यस वर्ष गाउँपालिकाबाट आर्थिक सहयोग गरिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए। व्यापार, व्यवसाय तथा मित्रताका हिसाबले पनि दुई देश जोड्ने पुल आवश्यक भएको उनी बताउँछन्।

Xtrem

Xtrem

‘सिमानाको कुरा भएकाले हामीले केही गर्न मिल्दैन तर, फागुन २१ र २२ गतेको गाउँपरिषद्को बैठकबाट पक्की पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गर्ने गरी निर्णय भएको छ,’ उनले भने।

तत्कालका लागि भाटेपुल मर्मत गर्न गाउँपालिकाले शुक्रबार मात्रै ५१ हजार रुपैयाँ रामचन्द्र रायलाई उपलब्ध गराएको उनले जानकारी दिए। रामचन्द्र जोखनका नाति हुन्।

वर्षौंअघिसम्म तिलाठी र आसपासका मानिसहरु डुंगामार्फत खाँडो खोला वारपार गर्थे। पछि स्थानीय जमिनदारहरुको सहयोगमा जोखनले खोलामा भाटेपुल बनाए। पुल प्रयोग गरेबापत उनले स्थानीयहरुबाट वार्षिक रुपमा निश्चित परिमाणमा धान लिन्थे, जसबाट उनको परिवारको पालनपोषण हुँदै आएको थियो।

जोखनको निधनपछि उनका छोरा छेदीले बाबुको बिँडो थामे। वर्षायाममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरुबाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो। अहिले छेदीका छोरा रामचन्द्रले पुर्खौली रुपमा चल्दै आएको पुल बनाउने कामलाई निरन्तरता दिँदै आएका छन्। उनले आफ्नो अधिकांश समय पुलको रेखदेखमा खर्चिने गरेका छन्। पुल प्रयोग गरेबापत पाउने पैसा र अन्न नै उनको परिवार पाल्ने मुख्य स्रोत हो। 

सामान्य खेतीपाती पनि गरेका रामचन्द्रले पुललाई कमाइ खाने भाँडो भन्दा पनि नागरिकको सुबिस्तालाई प्राथमिकतामा राखेको बताए। ‘सेवाभावले पुर्खाले सुरु गरेको काम बन्द गर्न मन छैन,’ उनी थप्छन्, ‘स्थायी रुपमा पुल निर्माण भए मेरो पनि जिम्मेवारी सकिन्थ्यो, पुर्खाको आत्माले पनि शान्ति पाउँथ्यो।’

पुल प्रयोग गरेबापत उनलाई अरुले आर्थिक सहयोग गर्दै आएका छन्। ‘तर, पैसा लिँदा यति नै दिनुपर्छ भनेर माग्ने गरेको छैन र दिनैपर्छ भन्ने पनि छैन,' उनी भन्छन्। उनले स्थानीयबाट वार्षिक प्रतिपरिवार ४/५ किलो धान र बाहिरबाट आउने मानिसबाट ५ देखि १० रुपैयाँ पाउने गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्