कायरो– इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ।
इजिप्टको उच्च अदालतले उनको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो। निर्णयअनुसार बादी तथा उनको समूहका १७ सदस्यले सशस्त्र हड्तालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो।
इजिप्टमा आजीवन कारबासको सजाय पाएका व्यक्तिले २५ वर्ष जेलजीवन बिताउनु पर्ने कानूनी प्रावधान छ।
उनीहरूविरूद्ध सरकारद्वारा प्रदान गरिएका प्रमुख सुविधा दुरुपयोग तथा धार्मिक महत्वका ठाउँहरूमा उपद्रव गरेको एवम् सामान्य जनजीवनलाई तहसनहस बनाउन खोजेको अभियोग लागेको थियो।
सजाय तोकिएका पूर्वराष्ट्रपति मोहम्मद मोर्सी, बादीलगायतका प्रायजसो ब्रदरहुड नेताहरू अहिले पनि जेलजीवन बिताइरहेका छन्।
बादीबाहेकका केही नेतालाई भने सजायमाथि पुनरावेदन गर्ने विकल्प अदालतले दिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।