• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्ष २०७४ : न्युज मेकर ट्रम्प, मुगाबे शासनको अन्त्यदेखि चुलिँदो सिरिया संकट

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  ११:३३
1140x725

काठमाडौं– हामी माझबाट २०७४ साल त बिदा भइसकेको छ तर गत वर्षका केही घटनाले यो साल पनि आफ्नो प्रभाव जमाइराख्ने देखिएको छ। जसरी सन् २०१६ का केही अन्तर्राष्ट्रिय घटनाक्रमले २०१७ मा प्रभाव र उपस्थिति जमायो।

गत वर्ष सबैभन्दा चर्चाको शिखरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहे। उनलाई पछ्याउँदै चिनियाँ राष्ट्रपति सि जिनपिङ माओ बराबरको दर्जा पाउँदै अर्को कार्यकालको राष्ट्रपति बन्न पाउने खबरले विश्व ततायो। उत्तर कोरिया र अमेरिकाबीच यो वर्ष हुने वार्ताले पनि २०७४ लाई विशेष बनायो भने कूटनीतिमा भारत र चीनबीचको दोक्लामको विषयले पनि चासो एवं चर्चा पायो।

न्युज मेकर ट्रम्प
सत्ता सम्हालेदेखि नै विवाद र चर्चामा आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको अन्तिमतिर रसियासँगको सम्बन्धलाई लिएर चर्चामा रहे। सिरियामा भएको रासायनिक हतियार प्रयोगको विषयमा ट्रम्पले अमेरिकाले रसियाली जवाफी कारबाही सहेर नबस्ने भन्दै अमेरिका र रसियाबीचको सम्बन्ध शीतयुद्धयताकै न्युन बिन्दुमा पुगेको ट्विट् गरेका थिए। साथै, वर्षको मध्यतिर उनले 'डिभीबाट रद्दीको टोकरीमा फालिएका मानिसहरु अमेरिका आइरहेको' भन्दै टिप्पणी समेत गरेका थिए। यसका अलवा आफ्नो क्याबिनेटमा व्यापक हेरफेर गरेर उनी समाचारको केन्द्रसमेत बने।

अमेरिकी चुनावमा रसियन घुसपैठ
डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि रसियाले यसमा घुसपैठ गरेको आरोप र यस सम्बन्धी लेखिएको किताब र अनुसन्धानले पनि २०७४ मा निरन्तरता पायो। यो विषयमा छलफल र अनुसन्धान बाँकी रहेकाले २०७५ मा पनि यो विषयले चर्चा र निरन्तरता पाउने देखिन्छ। 

सिरिया संकट
राष्ट्रपति बसर अल–असदको राजीनामाको माग गर्दै सन् २०११ मा सुरु भएको सिरियाली गृहयुद्धले विभिन्न मोडहरु लिँदै ‘सिरियाली संकट’ले भयावह रुप लिएको छ। सिरियाभित्रको समस्यामा शक्ति राष्ट्रहरुको प्रवेशले पनि यसले व्यापकता पाएको मान्ने धेरै छन्। 

वर्ष २०७४ मा रुस तथा इरानको सहयोगमा सिरियाली सेनाले विद्रोही विरुद्धको आक्रमणलाई तीव्रता दिएपछि लाखौँ मानिस त्यसको चपेटामा परे। हजारौँले ज्यान गुमाएँ। कैयौँ घाइते भए। त्यसमाथि लाखौँ मानिस घर छोडेर अन्य स्थान तथा छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन्। 

यसैबीच आक्रमणका क्रममा रासायनिक हतियारको प्रयोग गर्ने गरेको तथ्य खुलेपछि यसपटक सिरियामा थप संकट चुलिएको छ। यसअघि सिरियाले आफूले रासायनिक हतियार प्रयोग नगरेको बताउँदै आएको भए पनि गत साता मात्रै पूर्वी गुटामा ७० जनाभन्दा बढीको मृत्यु हुनेगरी गराइएको आक्रमणमा भने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको ध्यान लगातार परिरह्यो। 

अमेरिका, बेलायत, फ्रान्सले सिरियाले आफ्नै देशका नागरिकलाई रासायनिक ग्यासको प्रयोग गरेर मारेको दाबी गर्दै त्यस्ता रासायनिक हतियारको उत्पादन, प्रसार र उपयोगलाई बन्देज लगाउन सिरियामा भएका रासायनिक हतियार भण्डारण गरिएका अखडामाथि आजैबाट आक्रमण सुरु गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत मार्च ४ मा बेलायतमा पूर्वरसियन गुप्तचर सेरगेई स्क्रिपाल र उनकी छोरी युलियामाथि विष सेवन गराएर हत्या गर्ने प्रयासमा रुसको सहभागितालाई लिएर रसियासँग विश्वका अन्य शक्ति राष्ट्रहरुको सम्बन्ध चिसिएको छ। यी दुवै घटनामा रासायनिक हतियारको प्रयोग हुनु तथा सिरिया युद्धमा रसियाले प्रत्यक्ष सहयोग गरिरहेको अवस्थामा अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रहरुले रुसलाई एक्ल्याउने प्रयासस्वरुप सिरियामाथि आक्रमण थालेको मान्न सकिन्छ। यसका अलावा गुप्तचर हत्याप्रयासले आजबाट सुरु भएको सिरियामाथिको आक्रमणका लागि बाटो बनाएको भनेर पनि धेरैले बुझेका छन्। 

अन्ततः लगातारको संकट तथा युद्धको चपेटामा फसेको सिरिया र सिरियाली नागरिकहरु शक्ति राष्ट्रहरुको बदला साँध्ने प्रायोजनबाट उम्किएको धेरैले हेर्न चाहेका छन्।

जेरुसेलम विवादमा एक्लिएको अमेरिका
अमेरिकी राष्ट्रपति ट्रम्पले ६ डिसेम्बर २०१७ (२० मंसिर, २०७४) मा जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने घोषणा गरे। जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्नु वास्तविकतालाई स्वीकार गरेको उनको दाबी थियो। यसलाई इजरायलले स्वागत गरे पनि विश्वभरि विरोध भयो र यसको विपक्षमा अमेरिकाका हितैषी देश पनि उभिए। 

यो विषयमा संयुक्त राष्ट्रसंघ महासभामा भएको मतदानमा अमेरिकाको निर्णयको पक्षमा ९ देश थिए भने विपक्षमा १ सय २८ देश देखिए। आफ्नो विपक्षमा बहुमत आएपछि अमेरिकाले आफ्नो विपक्षमा मतदान गरेका देशलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेको थियो साथै उसले पेरिसमा भएको वातावरण सम्झौता पनि रद्दको घोषणा गरेको थियो।

Xtrem

Xtrem

मुगाबे शासनको अन्त्य
यो वर्ष जिम्बावेमा ३७ वर्षसम्म शासन गरेका रोबर्ट मुगाबे पदच्युत भए। सन् १९८० मा सत्तामा आएका मुगाबेलाई सेनाले नजरबन्दमा राखेपछि उनको अवस्थाबारे सर्वत्र चासो र चिन्ता बढेको थियो। तर, उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि भने हल्ला साम्य भएको थियो। 

३७ वर्ष शासन गरेका मुगाबे आफ्नी पत्नीलाई उत्तराधिकारी बनाउने खेलमा लागेपछि उनकै पार्टीका केही प्रभावशाली नेताले सेनाको मद्दतबाट उनलाई पदच्युत गराएका थिए। पछि मुगाबे आफैंले बर्खास्त गरेका उपराष्ट्रपतिलाई सत्ता सुम्पिए।

रोहिंग्या मुसलमानको विस्थापन 
म्यानमारमा चलिरहेको जातीय द्वन्द्व र रोहिंग्यामाथि भइरहेको अत्याचारका घटनाले २०७४ मा ठूलो स्थान पायो। हरेक समयजसो समाचारमा आइरहेने रोहिंग्या  संकटले यो वर्ष विश्व जगतको ध्यान खिच्यो। 

राखिन प्रान्तमा भड्किएको हिंसाका कारण लाखौं रोहिंग्या मुसलमान मुख्यगरी बंगलादेशसहित छिमेकी राष्ट्रमा शरण लिन बाध्य भए। हजारौंले त्यहीँ ज्यान गुमाए। रोहिंग्याप्रति भएको यस्तो व्यवहारका कारण शान्ति पुरस्कार पाएकी आङसाङ सुकी पनि विवादमा तानिइन्।

सिपिसी महाधिवेशन र सिको बढ्दो प्रभाव
२०७४ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन विशेष रह्यो। १९औं महाधिवेशनले थप पाँच वर्षका लागि राष्ट्रपति सि जिनपिङलाई सत्ता निरन्तरता दिन स्वीकृति दियो। महाधिवेशनले उनको विचारधारालाई पनि संविधानमा सामेल गरायो। शक्तिशाली बन्दै गएका सिलाई चिनियाँ नेता माओसँग तुलना गरेरसमेत हेर्न थालिएको छ। 

दोक्लाम विवाद
भारत, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्र दोक्लाम सन् २०७४ को केन्द्रमा नै रह्यो। उक्त विवाद भारत र चीनबीच आपसी समझदारीबाट शान्तिपूर्ण तरिकाले टुंगिएको थियो। दुई देशबीचको तनाव केही हदसम्म साम्य भए पनि पूर्ण रुपमा समाधान भने भइसकेको छैन। भारत र चीनबीच दोक्लाममा मुठभेड हुन सक्ने अनुमानले विश्व राजनीति तातेको थियो।

खाडी संकट
साउदी अरबसहित युएई, बहराइन, इजिप्ट लगायतका राष्ट्रले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै नाकाबन्दीको घोषणा गरेपछि मध्यपूर्वमा संकट निम्तियो। आतंकवादलाई प्रायोजन गरेको आरोपमा ती राष्ट्रले कतारमाथि व्यापार र यात्रा प्रतिबन्ध लगाए। तर, यसैबीच अन्य देशबाट एक्लिएको कतारलाई इरानले सहयोगको हात बढाएको थियो।

-विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्