एजेन्सी- अमेरिका लगायत अन्य देशले आफ्नो देशको आन्तरिक युद्धमा हस्तक्षेप गरी मिसाइल आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको सिरियाले प्रतिक्रिया दिएको छ।
गत साता सिरियामा भएको विषालु ग्यास आक्रमण रसियाले गरेको भन्दै अमेरिका, बेलायत र फ्रान्सको संयुक्त सैन्य फौजले कारबाही सुरु गरेपछि सिरियाको यस्तो प्रतिक्रिया आएको हो। फौजले दमास्कस, होम्स लगायतका सहरमा आक्रमण गरेका छन्। रसियाको रक्षा मन्त्रालय अनुसार हालसम्म ठूलो क्षति भएको छैन तर केही सिरियाली नागरिकहरु भने घाइते भएका छन्।
उक्त आक्रमणपछि पहिलो प्रतिक्रिया जारी गर्दै सिरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने कार्य अमेरिकाको नेतृत्वमा भएको भनेको छ।
ट्रम्पले दोहोर्याए– आक्रमण जारी रहन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्स र बेलायतका सेनाका साथमा चलेको अपरेसन निरन्तर रहने बताएका छन्।
रसिया र इरानले सिरियामाथिको आक्रमणमा चुप लागेर बस्न नसक्ने बताएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। ट्रम्पले रासानियक हतियारको प्रयोग, प्रसार र उत्पादनका अंकुश नलागेसम्म आक्रमण जारी रहने बताए।
‘सिरियाली जनताका लागि भन्दै यो विद्रोहीविरुद्ध कुनै मानिसले गरेको आक्रमण होइन, यो त सरासर एक राक्षसले गरेको अपराध हो,’ सिरियाली राष्ट्रपति बसर अल–असदलाई इंगित गर्दै राष्ट्रपति ट्रम्पले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।