• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सेनाले खोल्यो रसुवागढी जोड्ने मैलुङ-स्याफ्रुबेँसी सडकखण्डको ट्र्याक, बैसाखभित्र हस्तान्तरण (फोटो फिचर)

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  ००:१६
1140x725

रसुवा- चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको ट्र्याक निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकको ट्रयाक शुक्रबारदेखि खुलेको हो। 

२०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक को ट्रयाक निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपाली सेनाको मैलुङ स्याफ्रुबेशी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए। उनले विभिन्न समस्याको बाबजुत पनि निर्धारित समयमै निर्माण सम्पन्न गरेको जानकारी गराए।

सडक निर्माण सम्पन्न गरिए पनि स्तरोन्नतिको काम भइरहेकाले सडक हस्तान्तरण गर्नुपूर्व यातायात सञ्चालन गर्न नदिने केसीले बताउँछन्। 'निर्माण गरिएको सडकमा तत्काल सवारी साधन सञ्चालनका लागि अनुमति दिँदैनौ, हामी एकै पटक अब हस्तान्तरण गर्छौँ,' उनले भने।

बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिंगल लेन गरी २३ किलोमिटर सडक निर्माण गरिएको हो।

भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरिएको उनको भनाइ छ। कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी तोकिएको थियो।
 
भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने गरी १७ किलोमिटर सडक दुई लेनको सडक निर्माण गर्न अनुमति दिइएको थियो। निर्माण सुरु भएको केही समयमा अर्थात् बैसाख १२ गते भूकम्प गएपछि निर्माण कार्य केही समय प्रभावित भएको थियो। गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढी नाका जोड्ने सडकमध्ये सिम्ले–मैलुङ र मैलुङ–स्याफ्रुबेसी सडक नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको थियो। भूकम्प र नाकाबन्दीले निर्माण कार्य प्रभावित भए पनि तोकिएको समयमा निर्माण सम्पन्न भएको हो। 

बैसाखभित्र हस्तान्तरण 
भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा केही ढिलाई हुन पुगे पनि तोकिएको समयमा नै सडक निर्माण कार्य सम्पन्न गर्न सफल भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी केसीले बताए। निर्माण भएको सडक २०७५ बैसाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने केसीको भनाइ छ। 
सडक स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले कार्य गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२५ किमि दुरी छोटिने
नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ। 

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ। 

काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्र १६ किमी दुरी रहेको छ। काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दुरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दुरी १२२ किलोमिटर मात्र हुनेछ। 

Xtrem

Xtrem

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख प्राविधिक सेनानी केसीले बताए। 

यस्तै, राम्चे, मुलखर्क र ग्राङमा पर्ने पहिरोको चिन्ता र जोखिमपूर्ण भीरको सडक समेत भएकाले बेत्रावती स्याफ्रुबेँसी सडक सञ्चालन गर्न मैलुङ तर्फबाट सरकार बढी आकर्षित देखिएको छ। 

चीनले पनि यो मार्गको विकासका लागि चासो दिँदै आएको छ भने नेपाल सरकारले पनि चीनसँग नाका जोडिएका स्थानहरुका सडक मार्गहरुलाई प्राथमिकता दिएसँगै यो सडक निर्माण गर्ने कामले प्राथमिकता पाएको थियो।  
 
बर्खाको समयमा प्रयोग गर्न नहुने
नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ। 

कार्यदलका अनुसार बर्खाको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम बढी हुन्छ। पहिरो खस्ने तथा ढुंगाहरु झर्ने सम्भावना बढी भएकाले बर्खा अवधिभर सवारी सञ्चालन नगर्दा फाइदा हुने कार्यदलका प्रमुख प्राविधिक सेनानी केसी बताउँछन्।

बर्खाको समयमा बेत्रावती कालिकास्थान धुन्चे स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडक प्रयोग गर्न सकिने बताइएको छ। 

चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि चासो र चर्चाको केन्द्रमा छ, अहिले चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी। तर, चीनको प्रमुख ब्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्गको अवस्था भने चर्चा योग्य छैन। रणनीतिक महत्वको सडकको हालत खराब भएकै कारण सुधार र विस्तार गर्न नेपाली सेनाले अहोरात्र काम गरेको छ। 

सेनाका प्राविधिक तथा जवानहरु चुनौतीलाई पार गर्दै बिहान ७ बजेदेखि बेलुकी साढे ५ बजेसम्मै सडकमा काम गर्ने गर्छन्। उनीहरु चीनलाई चिहाउने रसुवागढी नाकासम्मको सडकलाई सहज बनाउन अहोरात्र काम गरिएको भेटिएको छ। 

अग्ला र जोखिमयुक्त पहराका असजिला चट्टानलाई सेनाले निमिट्यान्न पार्दै सडक विस्तार गरेको छ। 

उच्च आधुनिक प्रविधि नभए पनि असजिला पहरा भत्काउँदै सेनाले सडकका लागि गरिरहेको कामले जो कोहीलाई पनि प्रभावित पार्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउँछन्। 

सेनाले निर्माण गरिरहेको सडक निर्माणपश्चात् अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ। चीनले पनि आफ्नो रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडकलाई प्राथमिकता राखी तीव्र गतिमा निर्माण गरिरहेको छ।  

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्