पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग सिरिया द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रियालाई अघि बढाउने विषयमा आफूले छलफललाई व्यापकता दिन चाहेको बताएका छन्।
राष्ट्रपति म्याक्रोँले सिरियामा शान्ति तथा स्थायित्वका लागि रसियासँग कुरा गर्न चाहेको बताएको म्याक्रोँको कार्यालयले फोनवार्तापछि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
रासायनिक हतियारको प्रयोगलाई ‘रेड लाइन’को सज्ञा दिँदै यसलाई कुनै पनि बहानामा उल्लङ्घन गर्न नहुने बताउनले बताएका हुन्। म्याक्रोँ र रासायनिक हतियार प्रयोग सम्बन्धमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अनुसन्धानका लागि लगिएको प्रस्तावलाई भिटो प्रयोग गरी रोक्ने रूसबीच फोनवार्ता भएको हो।
म्याक्रोँका अनुसार भिटो शक्ति प्रयोगका कारण रासायनिक हतियार प्रयोगमा विषेश संरचना बनाई अघि बढ्ने ‘संयुक्त’ पहलमा समस्या भएको छ।
फोनमा सिरियाको समस्या समस्या समाधान र आतङ्कवाद विरोधी लडाइँ आफ्नो प्राथमिकतामा परेको जनाउँदै सम्भव भएसम्म छिटो विश्वसनीय तथा समावेशी राजनीतिक प्रक्रिया आफ्नो चाहना भएको पुटिनले बताए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।