मुगु– नयाँ वर्षको स्वागतसँगै पर्यटकीय गन्तव्य रारामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।
वैशाख १ बाट कर्णाली–रारा पर्यटन वर्ष सुरु हुँदैछ। कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार २०७५ सालको नयाँ वर्ष पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।
कर्णाली प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्ष २०७५ का अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो। ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका सुरु हुने पर्यटन वर्षमा विगतभन्दा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा राखिएको छ।
२०७५ सालको पूर्वसन्ध्यामा साँझपख रारा ताल पुग्दा देखिएका दृश्य यस्ता छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।