काबुल-अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिबान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तीमा ११ जना प्रहरीको मृत्यु भएको छ।
तालिबान लडाकुले बन्दुक तथा रकेट आक्रमणको प्रयोग गर्दै लार्जानक क्षेत्रमा रहेको प्रहरीको सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा बिहीबार राति १० जनाको मृत्यु भएको टोलोले स्थानीय प्रशासन प्रमुख शुक्रुल्लाह शेखरले बताए।
लडाकुले विस्फोटक पदार्थ र रकेटको प्रयोग गरी प्रहरीमाथि जाइलागेको समाचारमा जनाइएको छ।
उक्त घटनामा केही लडाकु मारिएका तथा घाइते भएका भए पनि उनीहरूलाई विद्रोहीले बोकेर लगेकाले यकिन संख्या भने थाहा हुन नसकेको सुरक्षाकर्मीले बताएका छन्।
उक्त स्थानमा विद्रोही र सुरक्षाकर्मीबीच पछिल्लो केही समययता पटकपटक झडप हुने गरेका छन्। गत सोमबार भएको झडपका क्रममा पाँच जना स्थानीय नागरिकको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।