प्रतीकात्मक तस्बिर काठमाडौं- कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरुलाई सरकारले कृषि, निर्माणलगायत अन्य क्षेत्रमा परिचालन गर्ने भएको छ।
रोजगारी संकुचित हुने र बेरोजगारी बढ्ने जोखिम बढेसँगै सरकारले आगामी आर्थिक वर्षमास्वदेशमा रोजगारीका अवसरहरु पहिचान गरी युवाहरुलाई परिचालन गर्ने कार्यक्रम अघि सारेको हो।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशबाट फर्किएका युवाहरुलाई व्यवसायिक कृषि भौतिक पूर्वाधार निमार्ण, उद्योगलगायत क्षेत्रमा परिचालन गरिने उल्लेख गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।