श्रमको खोजीमा विदेश जानका लागि तयार रहेका युवाहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर काठमाडौं- आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रसँगै, रोजगारी सिर्जनालाई प्राथमिकताका साथ राखिएको बताइन्।
विश्व श्रम बजार संकुचन तर्फ गएकाले स्वदेशमै रोजगारीका अवसर सिर्जनामा जोड दिने सरकारको नीति छ। त्यस्तै रोजगारी सिर्जना हुने स्थानमा लगानी बढाइने उल्लेख गरिएको छ। श्रमिकहरुको सीप विकासमा जोड दिइने समेत सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।