सुर्खेत- कर्णाली प्रदेश सरकारले विसं २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षको रुपमा मनाउँदैछ। एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको हो।
पर्यटकीय स्थलहरुको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने, पर्यटकहरु भित्र्याएर प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउने आकांक्षासहित प्रदेश सरकारको पहिलो मन्त्रlपरिषद् बैठकले नै कर्णाली–रारा पर्यटन वर्ष मनाउने निर्णय गरेको हो।
पर्यटन वर्ष सुरुवातको पहिलो दिन बैसाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट औपचारिक रुपमा उद्घाटन गर्दैछन्। उक्त उद्घाटन कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु र अधिकांश सांसदहरु समेत मुगु पुगिसकेका छन्।
यतिबेला सरकारी तथा गैरसरकारी क्षेत्रको जम्बो टोली रारा पुगिसकेको छ। रारा पुगेका मन्त्रीदेखि सांसदहरु रारा किनारमा तस्बिर लिन पनि उत्तिकै व्यस्त देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।