न्युयोर्क– संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षका लागि मध्य र दक्षिणी अमेरिकाबाट प्रतिनिधित्व गर्ने दुई महिलाले प्रतिश्पर्धा गर्ने भएका छन्।
राष्ट्रसंघका प्रवक्ताले दिएको जानकारीअनुसार ती महिलाले उम्मेदवारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको बताए।
होण्डुरसबाट राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि मेरी इलिजावेथ फ्लोरेस फ्लाक र इक्वेडरकी विदेश मामिला मन्त्री मारिआ फेर्नान्डा इस्पीनोसा गार्सेसले प्रतिश्पर्धा गर्न लागेका हुन्।
राष्ट्रसंघको ७३औ महासभा अध्यक्ष चयनका लागि आगामी जुन ५ तारिखका दिन निर्वाचन हुन लागेको राष्ट्रसंघीय महासभाको अध्यक्षका प्रवक्ता ब्रेण्डेन भार्माले जानकारी दिए।
नवनिर्वाचित अध्यक्षले हालका अध्यक्ष स्लोभाकियाका मिरोस्लाभ लाज्काकलाई विस्थापित गर्नेछन्।
लाज्काक गत वर्ष सन् २०१७ को सेप्टेम्बरमा ७२औं महासभाको अध्यक्षका रुपमा निर्वाचित भएका थिए।
महासभाको अध्यक्षमा निर्वाचित भएको व्यक्तिले महासभा अवधिभरी महासभाको नेतृत्व गर्ने व्यवस्था गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।