• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

६ वटा चिनियाँ जहाज व्यवस्थापन नगरी कमिसनको खेलमा नयाँ जहाज खरिदको प्रक्रिया

64x64
उत्तम काप्री मंगलबार, वैशाख ३०, २०७७  १३:४८
1140x725

काठमाडौं-महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, 'नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि भन्दै खरिद गरिएको चिनियाँ जहाजको उडान प्रभावकारी हुन सकेन। ६ वटा चिनियाँ जहाजबाट निगमलाई वार्षिक ६० करोडभन्दा बढी घाटा भइरहेको छ।'

महालेखाकै ५५ औं वार्षिक प्रतिवेदनमा समेत चिनियाँ जहाजको उडान प्रभावकारी बनाउन ठोस योजना कार्ययोजना बनाइ लागू गर्नुपर्ने  उल्लेख तर, चिनियाँ जहाजकाे प्रभावकारी उडानमा अहिलेसम्म कुनै काम नगरेको नेपाल वायुसेवा निगमले पुनः आन्तरिक उडानका लागि जहाज थप्ने तयारी गरेको छ।

महालेखाको ५६ औं प्रतिवेदनमा चिनियाँ जहाजको विषयमा भनिएको छ, ‘चीनमा निर्माण भएको एमए ६० विमान र वाई १२ विमान हाल आन्तरिक उडानमा छन्। एमए ६० बाट आर्थिक वर्ष २०७४/०७५ मा करोड ६४ लाख सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः ३१ करोड ३ लाख र २१ करोड २५ लाख घटाउँदा ३१ करोड ६४ लाख खुद घाटा रहेको छ। त्यसैगरी वाई १२ ई विमानबाट यस वर्ष २ करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः १८ करोड ८५ लाख र रु.९ करोड ६३ लाख घटाउँदा २८ करोड ९७ लाख खुद घाटा छ। ती विमान सञ्चालनबाट निगमलाई घाटा भएको हुँदा नाफामा सञ्चालन गर्नका लागि ठोस कार्ययोजना बनाई लागू गर्न गत वर्षको लेखापरीक्षणबाट औँल्याइएकोमा स्थिति यथावत छ।’

५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएपछि पनि चिनियाँ जहाजबाट आर्थिक वर्ष २०७५/०७६ मा निगमले ६० करोडभन्दा बढी घाटा बेहोरेको छ। तर, महालेखा परीक्षकले भनेअनुसार जहाज उडानको प्रभावकारी योजना तथा व्यवस्थापनको ठोस योजना अगाडि सार्न नसकेको निगमले पुनः आन्तरिक उडानका लागि भन्दै केही थान जहाज खरीद गर्ने तयारी गरेको हो।

निगमले आन्तरिक उडानका लागि प्रभावकारी बनाउन जहाज खरिद गर्ने तयारी गरेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे आफैँ बताउँछन्।

तर, कति वटा जहाज खरिद गर्ने र कस्तो प्रकृतिको गर्ने भन्ने विषयमा भने निर्णय भइनसकेको उनको भनाइ छ। जहाज खरिदको विषय निगम सञ्चालक समितिमा भने पुगेको छैन।

‘आन्तरिक उडानमा प्रयोग गर्ने भन्दै खरिद गरिएका ६ वटा चिनियाँ जहाज निगमलाई सेतो हात्तीसरह भएको छ। निगमले चिनियाँ जहाजबाट नाफा कमाउने  त कहाँ हो कहाँ आन्तरिक उडानसमेत डामाडोल भएको छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘चिनियाँ जहाजको व्यवस्थापन नगरी आन्तरिक उडानका लागि बजेटरी व्यवस्था गरे पनि बोर्डबाट कुनै पनि हालतमा स्वीकृत हुँदैन। जहाज खरिदमा जहिले पनि विवाद हुनुको कारण पनि कमिसनको खेलकै लागि हो। फेरि, नयाँ जहाज खरिद गर्नु भनेको कमिसनको खेलमा लाग्नु हो।’

सबैभन्दा पहिले निगम व्यवस्थापनले चिनियाँ जहाजका कारण २०७१ सालदेखि अहिलेसम्म कति यात्रुलाई सेवा दियो, कति घाटा बेहोरेको हो, जहाज किन कहिले पनि पूर्णरूपमा सञ्चालन आउन सकेन जस्ता विषय प्रष्ट पार्नुपर्ने ती सदस्यको भनाइ छ। जहाज खरिदमा भएको सम्झौताअनुसार जहाज मर्मतमा चिनियाँ पक्षकाे सहयोग नभएको विवरण पनि पारदर्शीरुपमा बाहिर आउनुपर्ने ती सदस्यको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘निगमले पछिल्लो समय खरिद गरेको वाइडबडी र एयरबसको विषय अहिलेसम्म विवादमा छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक सहसचिवले भने, ‘यस्तो अवस्थामा जहाज खरिद गर्नुभन्दा पहिले आन्तरिक उडानका लागि भन्दै खरिद गरिएका ती ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुन पर्छ।’

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले समेत नयाँ बजेटमार्फत् नै नेपाल एयरलाइन्सको आन्तरिक उडान प्रभावकारी बनाउन जहाज खरिदको विषय समावेश गरिने बताइसकेका छन्। केही दिनअघि मन्त्री भट्टराईले पत्रकार सम्मेलनमै जहाज खरिदको विषय मन्त्रालयको योजनामा रहेको बताएका थिए।

तर, अहिले आन्तरिक उडानमा रहेका ६ चिनियाँ जहाज व्यवस्थापनको विषयमा भने मन्त्री भट्टराईले कुने ठोस जानकारी दिएका छैनन्। यस्तै वैशाख पहिलो सातामात्रै निगमको कार्यकारी अध्यक्षमा नियुक्ति पाएका पूर्व पर्यटन सचिव घिमिरेले पनि जहाज व्यवस्थापनको विषयमा पनि छलफल हुने र नयाँ जहाज खरिद हुने बताएका छन्।

जहाज बेच्न दिएको निर्देशन कार्यान्वयन नै भएन 

Xtrem

Xtrem

नाफा कमाउन नसकेको भन्दै नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत भदौमै निर्देशन दिएको थियो। तर, उक्त निर्देशनमा आजसम्म कुनै निर्णय गर्न नसकेको निगमले फेरि जहाज खरीद गर्ने खेल सुरु गरेको हो।

निगमसँग अहिले आन्तरिक उडानमा ४ वटा १८ सिट क्षमताको वाई १२ र ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६०  जहाज २  वटा छन्। तर, उडानमा एक वटा एमए ६० र एउटा वाई १२ जहाजमात्र  छन्। एक एमए ६० जहाज दुई वर्षदेखि ग्राउन्डेड छ भने २ वटा वाई १२ जहाज पनि दुई वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड छन्। एउटा वाई १२ भने नेपालगञ्जमा दुर्घटना भइ काम नलाग्ने अवस्थामा छ।

समितिले गरेको अध्ययनमा चिनियाँ जहाज निगमलाई सेतो हात्ती भएको ठहर गर्दै बेच्न निर्देशन भएको थियो। तर, निर्देशन  कागजमै सीमित राखेर ६ वटा चिनियाँ जहाजको व्यवस्थापन नगरी नयाँ खरिद गर्ने तयारी निगमले गरेको हो।

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज निगमलाई 'सेतो हात्ती', एक वर्षमै साढे ६० करोड घाटाशुक्रबार, चैत २९, २०७५

कसरी भित्रिएको थियो चिनियाँ जहाज?

चीन र नेपाल सरकारबीच २०७० मंसिरमा भएको सम्झौताअनुसार निगमले ६ वटा जहाज नेपाल ल्याएको थियो। निगमले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलब ५ प्रतिशत दरको ऋण थियो।

अनुदानअन्तर्गत २०७१ बैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० र त्यसै वर्षको कात्तिकमा दुर्गममा उडानका लागि १८ सिट क्षमताको वाई १२–ई विमान उपलब्ध गराएको थियो। बाँकी सहुलियत ऋणका विमान फरक-फरक समयमा ल्याइएका थिए। 

चिनियाँ जहाज बारम्बार ग्राउन्डेड हुने, मर्मत तथा बिमा शुल्क अत्याधिक चर्को तथा आम्दानी न्यून देखिँदै गएपछि उक्त समयमै निगमले पर्यटन मन्त्रालयलाई बाँकी विमान नलिने भन्दै लिखित असहमतिसमेत पठाएको थियो।

तर, सरकारले दुई देशबीचको सहमति भएका कारण जहाज ल्याउने निर्णय गरेको थियो। सहमतिअनुसार निगमले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो। पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई-१२ ल्याएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई १२ जहाज नेपाल ल्याएको थियो।

तर, चिनियाँ जहाज अहिले वायु सेवा निगमलाई निल्नु न ओकल्नु भएको छ। सरकारले देशको हिमाली तथा उच्च पहाडी भेगका जनतालाई हवाई सेवा दिने भन्दै ६ वटा चिनियाँ जहाज खरिद गरेको थियो।

चिनियाँ जहाजले हिमाली र उच्च पहाडी जिल्लामा उडान गर्न नसक्ने अवस्था देखेपछि निगमले विदेशी एयरलाइन्सलाई भाडामा दिने तयारी समेत गरेकाे थियो।‘जहाज ल्याउँदा ठूलो धनराशी खर्च भएको छ। कवाडीमा बेच्ने कुरा पनि रहेन। यी जहाजलाई सही तवरबाट व्यवस्थापन गर्दै फेरि हिमाली र पहाडी विमानस्थलमा उडान गर्न सक्ने जहाज खरिद गर्नुपर्ने अवस्था छ’,  निगमका  एक उच्च कर्मचारीले भने, ‘तर, नयाँ जहाज खरिद गर्नुभन्दा पहिले ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुन पर्छ।’

जहाज खरीदकर्ता नै भन्छन्- क्षमता नहुँदानहुँदै चिनियाँ जहाज भिराइयो

नेपाल वायुसेवा निगमका निर्वतमान कार्यकारी अध्यक्ष मदन खरेल पहिलो पटक महाप्रबन्धक हुँदा चिनियाँ ६ वटा जहाज खरिद गर्ने निर्णय भएको थियो। जहाज खरिदको विषयमा नेपाललाइभले खरेलसँग २०७५ असोजमा लिएको अन्तर्वार्तामा नै ‘क्षमता नहुँदानहुँदै निगमलाई चिनियाँ जहाज भिराइयो’ भनेका थिए।

उनले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘त्यसबेला चिनियाँ जहाज खरिद र अनुदानमा पनि चीन सरकारले आकर्षक अफर अगाडि सारेको थियो। जुन जहाज ल्याउने कुरा थियो त्यो राम्रैसँग नेपालमा पनि ड्रागन एयरले उडाइरहेको थियो। तर, हामीसँग प्रसस्त पैसा भएको भए चिनियाँ जहाज खरिद हुँदैनथ्यो। उहाँहरुको प्रस्तावमा दुई वटा जहाज अनुदानमा दिने र त्यसमाथि पनि चारवटा जहाज सफ्ट लोनमा दिने थियो। सफ्ट लोन पनि ७ वर्षपछिबाट मात्रै तिरे हुने थियो। जो पनि यसमा आकर्षित हुने अवस्था थियो। त्यो अर्थमा हामीले यी जहाज खरिद गर्ने निर्णय गरेका थियौं। त्यसपछि आर्थिकरूपमा पनि नेपालका लागि उपयोगी छ भन्ने ठानेर चिनियाँ विमान खरिद गर्ने निर्णय भएको थियो।'

अन्तर्वार्तामा खरेलले भनेका छन्, 'सत्य के हो भने चिनियाँ जहाज जुन अपेक्षासहित ल्याइएको थियो, त्यो हुन सकेन। त्यसपछि चिनियाँ जहाजको विषयमा प्रश्न उठ्नु स्वाभाविक पनि हो। सम्झौता भएको करिब एक वर्षपछि २०७१ कात्तिकमा म त्यहीँ रहँदा अनुदानमा दिने भनिएका वाई १२ र एमए ६० दुई थान विमान आइपुगे। जब जहाज आयो, त्यसपछि हामीले भनेअनुसारको पर्फर्मेन्स गर्न पाएनौँ। त्यसमा पनि चाइनिजले भने जस्तो रहेन। अर्को कुरा थियो, सपोर्ट सिस्टममा सहयोग गर्ने। त्यसमा चीनले जस्तो सपोर्ट दिनुपर्थ्यो, त्यो हुन सकेन।'

चीनबाट प्राविधिक इन्जिनियर नेपाल आएर मर्मत गर्नुपर्नेमा त्यो पनि हुन सकेको थिएन। सुरुमै विमान आउनेबित्तिकै चरा ठोक्कियो। जहाज विराटनगरमा ’ग्राउन्डेड’ भयो। त्यो जहाज मर्मत गरेर उडान गर्न निगमलाई १५ दिन लागेको थियो। 'त्यहींबाट हामीले बुझेका थियौँ, यो जहाजको सपोर्ट सिस्टम पनि राम्रो छैन। त्यसपछि मैले नै जहाज ल्याउने कामलाई रोकेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जहाजमा समस्या भएकाले अब थप जहाज ल्याउन हुँदैन भनेर पत्राचार गरेको थिएँ,' उनले भनेका थिए।  

'त्यसमा पनि अहिले आएका जहाजमा पनि पुनः सोच्नुपर्छ भन्ने अवस्था आएको भनेर सरकारलाई अवगत गराएको थिएँ। यी त अनुदानमा आएका जहाज थिए। त्यसकारण सहुलियत ऋणमा आउने जहाजको विषयमा चीन र नेपाल सरकारबीच उच्च तहमै कुरा गर्नुपर्छ भनेर समस्याको पहिचानसहित नेपाल सरकारलाई अवगत गराएका थियौं। होइन भने हामी यो जहाज सञ्चालन गर्न सक्दैनौं भने कुरा पत्रमार्फत लेखेका थियौं,' खरेलले भनेका थिए, 'त्यसपछि विभिन्न चरणमा चिनियाँसँग कुराकानी भएर उनीहरुले दिने सेवा तथा सुविधाका विषयमा कुरा गरेरमात्रै जहाज ल्याएका हौं।'

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज वाई-१२ को उडान क्षमता २०, उड्छन् दैनिक २ मात्रमंगलबार, पुस १, २०७६

यो पनि पढ्नुहोस्

विवादित चिनियाँ जहाज खरिद प्रक्रियाका ‘एजेन्ट’ नै भिजिट नेपाल २०२० का संयोजक?मंगलबार, कात्तिक १३, २०७५

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १३:४८
  • #nepalairlines

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्