काठमाडौं– आन्तरिक उडाका लागि भन्दै चीनबाट खरिद गरिएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमको लागि 'सेतो हात्ती'सरह भएको छ।
महालेखाको ५६औं वार्षिक प्रतिवेदनमा चिनियाँ जहाजबाट एक वर्षमै ६० करोड ६१ लाख भन्दा बढी घाटा भएका उल्लेख छ।
ती विमान सञ्चालनबाट निगमलाई घाटा भएको हुँदा नाफामा सञ्चालन गर्नको लागि ठोस कार्ययोजना बनाइ लागू गर्न गत वर्षको लेखापरीक्षणबाट औंल्याइएकोमा स्थिति यथावत् रहेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ।
अहिले चीनमा निर्माण भएको एम ए ६० विमान र वाई १२ विमान हाल आन्तरिक उडानमा रहेका छन्।
एम ए ६० बाट यसवर्ष २० करोड ६४ लाख सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः ३१ करोड ३ लाख र २१ करोड २५ लाख घटाउँदा ३१ करोड ६४ लाख खुद घाटा रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी वाई १२ ई विमानबाट यस वर्ष २ करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः१८ करोड ८५ लाख र ९ करोड ६३ लाख घटाउँदा २८ करोड ९७ लाख खुद घाटा रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।