न्युयोर्क– बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ।
गत महिना रूसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको बेलायतले जनाएको छ।
विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको भनाई छ।
बेलायतको माग अनुसार यो हप्तापछि सुरक्षा परिषद्को बैठक बोलाइने अपेक्षा गरिएको राष्ट्रसंघकालागि बेलायती मिसनले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।