बाकु– अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्।
बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उनले कुल मतको ८६ दशमलब ३ प्रतिशत मत प्राप्त गरेका थिए।
अजरबैजानमा नयाँ राष्ट्रपति चयनका लागि केन्द्रीय निर्वाचन आयोगले बुधबार निर्वाचन गराएर बिहीबार नतिजा सार्वजनिक गरेको हो। उनका निकटतम प्रतिद्वन्द्वी जाहिड ओरुजले ३ दशमलब ११ प्रतिशत मात्रै भोट ल्याएका निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा विभिन्न पक्षका गरेर कुल ८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफुलाई समर्थन र विश्वास गरेकोमा अजरबैजनका नागरिकलाई धन्यवाद दिए।
उनको अबको कार्यकाल ७ वर्षको हुनेछ। सन् २०१६ मा संविधान संशोधन गरेर राष्ट्रपतिको ५ वर्षे कार्यकाललाई बढाएर ७ वर्षे बनाइएको हो।
अजरबैजानको संविधानले राष्ट्रपतिलाई आकस्मिक निर्वाचन आह्वान गर्ने अधिकार समेत दिएको छ। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।