नयाँदिल्ली– भारतको उत्तर प्रदेश राज्यमा वर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा हावाहुरी चलेको थियो।
उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ।
उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन्।
‘हालसम्म प्राप्त विवरण अनुसार आग्रामा ८ जनाको मृत्यु भएको छ भने ४ जनाको मथुरामा र २ जनाको फिरोजावादमा मृत्यु भएको छ,’ एक अधिकारीले भने।
भारतीय संचार माध्यमहरूले विनाशकारी हावाहुरी र वर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।