गजनी– अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुखको कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।
आक्रमणमा परी खब्जा ओमरी जिल्लाका गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले जानकारी दिए।
खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार बिहीबार बिहान ३ बजे तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए।
आतङ्ककारी आक्रमणपछि भएको दोहोरो गोली हानाहानमा करिब ४० आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य केही घाइते भएका सुरक्षास्रोतले जानकारी दिएको छ।
यद्यपी तालिबान आतङ्ककारी समूहले खब्जा ओमरी जिल्लाको प्रहरी जाँच कार्यालय कब्जामा लिएको दाबी गरेका छन्।
यसैबीच प्रान्तीय प्रहरी प्रवक्ता मोहमद जमानले तालिबान र सुरक्षा अधिकारीबीचको झडपको पुष्टि गर्दै तालिबानले कब्जा गरेको भनी गरेको दाबी भने अस्विकार गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।