• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ३, २०८२ Wed, Nov 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहाँ गएर ‘ब्रेक’ लाग्ला माधव नेपालको गतिमा?

64x64
रामकुमार डिसी शनिबार, वैशाख २०, २०७७  १३:२४
1140x725

काठमाडौं– पार्टी एकतापश्चात दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) को  छायामा परेका माधव नेपाल नेकपाभित्रको पछिल्लो विवादको केन्द्रमा छन्। 

छायाबाट नेपाल अग्रभागमा आइपुगेका छन्, सबैका आँखा लाग्ने गरी। मिडियामात्रै होइन, नेता नेपालले टक्कर गरिरहेका ओली समूहका नेता (जो यसअघि खासै भाउ दिँदैनथे)हरु पनि उनीतिरै नजर डुलाइरहेका छन्। 

तत्कालीन एमालेलाई १४ वर्षसम्म नेतृत्व दिएका नेता नेपालको कोटेश्वर निवास पूर्व माओवादीसँग एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघिकै लयमा फर्किएको छ अहिले। 

नेताको आउजाउ बाक्लिएको छ। पूर्व माओवादी समूहका नेताहरु त छँदै छन्, यसअघि खासै नआउने गरेका ओली समूहका नेताहरुको भेटघाट पनि नेपाल निवासका बाक्लिरहेको छ।  

नेकपाभित्रको पछिल्लो विवादयता ओली समूहका नेता ईश्वर पोखरेलले वरिष्ठ नेता नेपाललाई निवासमै आएर दुईपटक भेटिसके। यहाँनेर रोचक के छ भने ओली सरकारको ‘सेकेन्ड कमाण्ड’ सम्हालिरहेका नेता पोखरेल यसअघि हत्तपत्त नेपाल निवास जान रुचाउँदैनथे। ओली समूहका दोस्रो, तेस्रो तहका नेताहरुले पनि अहिले नेपाल निवासमा फन्को मारिरहेका छन्।

‘किङमेकर’
नेकपाभित्रको त्रिपक्षीय शक्ति संघर्षमा माधव नेपाल अहिले ‘किङमेकर’का रुपमा उभिएका छन् । यसअघि खासै महत्त्व नदिइएका उनलाई पछिल्लो शक्ति संघर्षका कारण ओलीले तेस्रो अध्यक्ष प्रस्ताव गर्नु परेको छ।

अध्यादेश प्रकरणपछि रक्षात्मक बनेका प्रधानमन्त्री ओलीले बिहीबारको सचिवालय बैठकमा कोरोना संकट साम्य भएपछि नेता वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष प्रस्ताव गरेका थिए। ओलीको यो प्रस्तावले पार्टीमा नेता नेपाल बेवास्ता गर्न नसकिने पात्र हुन् भन्ने स्पष्ट पारेको छ। 

यद्यपि नेपाल समूह ओलीको प्रस्तावलाई आफूहरुबीचको समीकरण भत्काउने जालझेलका रुपमा अर्थ्याउँछन्। ‘त्यो प्रस्ताव प्रधानमन्त्रीविरुद्ध पार्टीभित्र बनेको मोर्चा फुटाउने उद्देश्यले गरिएको हो,’ नेता नेपालनिकट स्थायी कमिटी सदस्य रघुजी पन्त भन्छन्, ‘माधव नेपालले तेस्रो अध्यक्ष हुने प्रस्ताव मान्नु नै हुन्न। उहाँले प्रष्ट भनिसक्नुभयो यो कुनै काम लाग्ने प्रस्ताव होइन। मलाई खुइल्याउन ल्याइएको प्रस्ताव हो।’

Ncell 2
Ncell 2

अहिलेको शक्ति संघर्ष बाहिरबाट हेर्दा त्रिपक्षीय जस्तो देखिए पनि मुलतः यो द्विपक्षीय नै हो। बराबरी समय सरकारको नेतृत्व गर्ने सहमतिबाट आफू पछि हटेर कार्यकारी अध्यक्षमात्रै स्वीकार गर्न तयार हुँदा पनि त्यो हैसियतसमेत नदिएकामा प्रचण्ड ओलीप्रति रुष्ट छन्। बदलाको उपयुक्त अवसर खोजिरहेका प्रचण्डलाई अध्यादेश प्रकरण एउटा सुनौलो अवसर बन्यो। त्यसमाथि ओलीको हेपाइमा परेका पूर्व एमाले समूहकै नेताहरु नेपाल, झलनाथ खनाल र वामदेव गौतमको साथ ‘सुनमा सुगन्ध’जस्तै भयो, प्रचण्डका लागि। 

आफूहरुलाई सम्मानजनक व्यवहार नगरेको, हेपाहा प्रवृत्ति देखाएको र  उपयुक्त तरिकाले ‘पावर सेयरिङ’ नगरेकोमा पूर्व एमाले समूहकै असन्तुष्टि ओलीप्रति छ। त्यसको झलक नेता नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको भनाइमा पनि झल्किन्छ। ‘उहाँले प्रधानमन्त्री, पार्टी अध्यक्ष भएदेखि सबै एकलौटी गर्दै आउनुभएको छ,’ झाँक्री भन्छिन्, ‘संविधान, कानुन, जनमतप्रति उहाँको कुनै डर छैन। त्यही भएर उहाँले अन्तिम अस्त्रका रुपमा जे सकिन्छ, त्यो प्रयोग गर्न चालिएका यी हत्कण्डा हुन्। त्यो हामी सफल हुन दिँदैनौं।’

नेता नेपाल समूहको साथ पाएर ओलीविरुद्धको संघर्षलाई प्रचण्डले तीव्र बनाएपछि त्यसलाई ‘काउन्टर’ दिन पावर सेयरिङको प्रस्ताव पनि ओलीले नेपालसमक्ष गरेका छन्। मन्त्रिपरिषदमा नेपाल समूहका नेता थप्न, बागमती प्रदेश र प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई राजीनामा गराएर नेपाल समूहका नेतालाई मुख्यमन्त्री बनाउन र आफ्नो सचिवालयमा हेरफेर गर्न तयार रहेको भन्दै ओलीले नेपाललाई फकाइरहेका छन्।

यो पनि पढ्नुहोस्

माधव नेपाल : 'तेस्रा अध्यक्ष' [नेकपा बहस-१]बिहीबार, साउन २, २०७६

नेता नेपाल समूह यत्तिकैमा सन्तुष्ट हुने अवस्थामा छैन। प्रचण्ड नेता नेपालको साथ लिएर अन्तिम समयसम्म ओलीविरुद्ध संघर्ष गर्न चाहन्छन्। यस्तोमा नेता नेपालको ‘मुभ’ले नेकपा शक्ति संघर्षको पछिल्लो दिशालाई निर्देशित गर्ने देखिन्छ।

प्रचण्डको पुट
अन्य दुई नेताजस्तै बराबरी हेसियतमा रहे पनि राजनीतिको दृश्यमा कतै हराइरहेका माधव नेपाल प्रचण्डको साथपछि उज्यालिएका छन्। बलियो जनसर्मथनसहित प्रधानमन्त्री बनेका भए पनि आफ्नै कारणले रक्षात्मक बनेका ओलीलाई यही बेला पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन बाध्य गराउने रणनीति प्रचण्डको देखिन्छ। त्यसका लागि प्रचण्डले नेता नेपाललाई ‘फ्रन्टलाइन’मा उतारेका छन्। नेपाल समूह पनि यही बेला आफ्नो गुमेको हैसियत प्राप्त गर्ने ध्ययेमा छ। 

प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन्। ओलीको राजीनामापछि नेपाललाई अन्तरिम प्रधानमन्त्री बनाउने र आफू शक्तिशाली पार्टीको शक्तिशाली अध्यक्ष बन्ने रणनीति प्रचण्डको छ। 

ओलीविरुद्ध प्रचण्ड समूहभन्दा नेपाल समूहका नेताहरुको ‘भोकल’ ठूलो छ। नेपालनिकट नेतृ अष्टलक्ष्मी शाक्यको यो भनाइले त्यसलाई प्रष्ट्याउँछ। ‘उहाँले लोकतन्त्रमाथि प्रहार गर्ने काम गर्नुभएको छ,’ शाक्यको आरोप छ, ‘वामदेव कमरेडले पनि पदको लोभ गर्नुभएको होइन। माधव कमरेडले पनि यो बेला अध्यक्ष खोज्नुभएको छैन। उहाँहरुको चिन्ता र चासाे भनेको अब गणतन्त्र सिध्याउने भयो, लोकतन्त्र सिध्याउने भयो, त्यसमाथि प्रहार भयो भन्ने हो। अब उहाँले यो गणतन्त्रको नेतृत्व गरेको सुहाउँदै सुहाएन। उहाँले सक्नु नै हुन्न।’

ओलीविरुद्धको संघर्षमा पूर्व माओवादी समूहका दोस्रो तहका नेताहरुको स्वर निकै ‘सफ्ट’ छ, नेता नेपाल समूहका नेताहरुको तुलनामा। नेता नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग्दा उनीहरु मिल्ने कुरा गरिरहेका छन्। पार्टी एकताको कुरा गरिरहेका छन्। 

ओलीविरुद्धको संघर्षलाई चर्काउँदा पूर्व एमालेबीचको ‘एकता कार्ड’ले काम गरे आफूहरु अप्ठ्यारोमा परिने भयले यसमा नेपाल समूहलाई नै बढ्ता मुखरित बनाएको पूर्व माओवादी समूहका एक नता बताउँछन्। उनी भन्छन्, ‘पूर्व एमालेबीचको एकता हुनुपर्छ भन्दै शंकर पोखरेलजीहरु लागिरहनुभएको छ। भन्न सकिन्न– उहाँहरु कतिखेर मिल्नुहुन्छ। अहिले धेरै चर्को कुरा गर्दा आफैं अप्ठ्यारोमा परिन्छ।’

ओली–प्रचण्डका भय
नेता माधव नेपालको साथ लिएर अध्यक्षद्वय ओली र प्रचण्ड आफू शक्तिशाली देखिने होडमा छन्। नेपाल समूहले जसलाई साथ दिन्छ, त्यो बलियो हुने कुरामा दुई मत छैन। 

तर, एउटा प्रश्न यहीँनेर उठ्छ– पूर्व एमालेलाई १४ वर्ष हाँकेका, पूर्व प्रधानमन्त्रीसमेत रहेका र अहिले पनि शक्ति कमजोर नभएका नेता नेपाल आफू सहायक बनेर अरुको हैसियत बढाउने कुरामा सजिलै तयार होलान्? स्वयंले नेतृत्व आकांक्षा नदेखाउलान्? 

यही कुराले ओली–प्रचण्डका लागि माधव नेपालका लागि बलियो साथ भए पनि भयका पात्र पनि उत्तिकै हुन्। उनको हैसियत धेरै नउकासियोस् भन्नेमा दुवै नेता चिन्तत देखिन्छन्। 

यी दुई सन्दर्भले त्यसको पुष्टि गर्छन्:

पहिलो, 

गत २६ कात्तिकमा बालुवाटारमा बोलाएर ओलीले नेता नेपालसँग सम्बन्धित दुई प्रस्ताव राखे। पहिलो, आफूहरुबीचको बढ्दो तिक्तता हटाएर हार्दिकता बढाउने। दोस्रो, कालापानी सीमा विवाद समाधान गर्न ‘विशेष दूत’ का रूपमा नेता नेपाललाई भारत पठाउने। ओलीको दोस्रो प्रस्तावले नेपाल अचम्मित भए। आफूलाई दूत बनाउने प्रस्तावमा नेता नेपालले तत्कालै केही प्रतिक्रिया दिएनन्।

‘तपाईंको प्रस्तावका विषयमा म अलिक सोच्छु र बेलुकीतिरसम्म जबाफ दिउँला’ भन्दै नेता नेपाल बालुवाटारबाट निस्किए। ओलीको प्रस्तावपछि नेपालले आफू निकटस्थ केही नेताहरूसँग संवाद गरे। ओलीले ‘साँच्चै विशेष दूत’ बनाएर पठाउन खोजेका हुन् भने त्यसलाई स्वीकार गर्नुपर्ने निकटस्थ नेताहरूले नेता नेपाललाई सुझाव दिए। भोलिपल्ट साँझ ओलीलाई भेटेर नेता नेपालले आफू तयार रहेको बताए। ओलीले पनि तपाईं अघि बढ्नुहोस् भने।

ओलीको त्यस्तो सन्देशपछि यसबारे भारतीय तत्कालीन राजदूत मन्जिवसिंह पुरीसँग छलफल गरे। पुरी पनि सकारात्मक देखिए। त्यस्तै नेता नेपालले १६ मंसिरमा बानेश्वरस्थित ‘होटल अर्याल’ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वपरराष्ट्रमन्त्रीहरू भेषबहादुर थापा, नारायणकाजी श्रेष्ठ र रमेशनाथ पाण्डे, पूर्वरक्षामन्त्री भीम रावल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य लगायतसँग छलफल गरे। नेता नेपालको सक्रियताका बाबजुद पनि विशेष दूत बनेर भारत जाने काम अघि बढेन। त्यसका लागि सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन।

पहिले आफैंले प्रस्ताव गरेर पछि यसमा ओलीले ईच्छा नदेखाउनुमा भारत–नेपाल सीमा विवाद समाधानको जस आफूले लिएर नेता नेपालले आफूलाई कतै छायामा पर्ने त होइनन् भन्ने भयले काम गरेको नेपाल समूहकै नेताहरु बताउँछन्। 

दोस्रो,

नेता नेपाल अनुपस्थित भएको नेकपा सचिवालयले बैठकले प्रदेश पदाधिकारी चयन गर्‍यो। त्यो बेला नेता नेपाल अफ्रिकी देश घाना भ्रमणमा थिए। नेता नेपाल भ्रमणबाट फर्केपछि सो निर्णयका विरुद्ध गत १२ असोजमा आफ्नो असहमतिपत्र केन्द्रीय कार्यालयमा दर्ता गराए। अन्य धेरै निर्णयमा पनि ओली र प्रचण्डले माधव नेपाललाई कमजोर बनाउने गरि एकलौटी निर्णय लिए।

गत वर्षको ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको ७० औं वार्षिकोत्सवमा नेपाल बीचमै सभाहल छाडेर हिँडे। काठमाडौंको सभागृहमा आयोजित समारोहमा अध्यक्षद्वयलाई मात्रै कुर्सीमा बस्ने प्राथमिकतादेखि सम्बोधनमा पनि आफूलाई स्थान नभएको थाहा पाएपछि उनी बीचमा कार्यक्रमस्थल छाडेर हिँडेका थिए। यसबारे नेपालका असन्तुष्टिमा ओली र प्रचण्डले खासै वास्ता गरेनन्। अहिले साथ दिइरहेका प्रचण्डले समेत उनीप्रति सहानुभूति देखाएनन्। यसमा नेपालप्रतिको भय पनि कारक थियो।

अबको एकता महाधिवनेशनमा ओली अघि नसरे उनको समूहकै अर्को कोही नेता अध्यक्ष बन्ने सम्भावना निकै कम छ। यसलाई राम्रोसँग थाहा पाएका नेता नेपालले पूर्व एमाले  समूहले प्रचण्डभन्दा आफूलाई नै रोज्नेमा उनी विश्वस्त छन्। यो राम्रोसँग बुझेका प्रचण्डलाई आफू अध्यक्ष बन्ने बाटोमा कतै नेता नेपाल नै त बाधक बन्ने होइनन् भन्ने भए पनि छ। 

वास्तविक शक्ति
नेकपामा बाहिर अध्यक्षद्वय बलिया देखिए पनि शक्ति संरचनाको हिसाबले नेपाल पनि उस्तै बलिया छन्। 

नेकपाको सर्वोच्च कमिटी सचिवालयमा ओली र प्रचण्ड निकट तीन–तीन नेताहरु छन्। नेपालका पक्षमा खुलेरै लागेका नेता नभए पनि झलनाथ खनाल र वामदेव गौतम उनका लागि प्रतिकूल छैनन्।

४५ सदस्यीय स्थायी समितिमा नेता नेपालको शक्ति बलियो छ। प्रचण्ड निकट १३ जना भए पनि ओली र नेपाल निकट समितिमा १२/१२ जना छन्।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिमा प्रचण्डसँग १ सय ३९ केन्द्रीय सदस्य छन् भने ओलीसँग १ सय १० र नेपालसँग ९२। यहाँ पनि नेता नेपाल त्यति कमजोर छैनन्। प्रतिनिधिसभामा ओली पक्षका ५४, प्रचण्ड पक्षका ४५ र नेपाल पक्षका  ३८ सांसद छन्।

पूर्वएमालेमा रहँदा पनि पनि शक्तिका हिसाबले नेपाल कमजोर नेता होइनन्। पूर्व एमालेको पछिल्लो महाधिवेशनमा नेपाल जम्मा ४४ मतले मात्रै ओलीसँग पराजित भएका थिए। पदाधिकारीमा भने नेपाल र ओली समूहका बराबर ७–७ जना नेता निर्वाचित भएका थिए।

बैठान
धरैको चासो नेकपाभित्रको पछिल्लो शक्ति संघर्षको बैठान कसरी होला भन्नेमा छ। र, त्यतिकै चासो नेता नेपालले सुरु गरेको शक्ति संघर्षको बैठान कसरी होला भन्नेमा पनि छ। 

शनिबार ४ बजेलाई नेकपा सचिवालय बैठक बोलाइएको छ। धेरैले यसलाई निर्णायक बैठक मानेका छन्। आजको बैठकमा नेता नेपाल कसरी प्रस्तुत हुन्छन् भन्नेमा पनि उत्तिकै चासो छ। किनभने नेता नेपालको सहमति र असहमति पनि उक्त बैठकमा निर्णायक हुनेवाला छ।

सचिवालयअघि प्रचण्ड–नेपाल समूहका नेताहरुबीच भएका अनौपचारिक छलफलहरुका निष्कर्ष–ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा माग्ने छ। ‘उहाँले अब नेकपाको नेता भएर पार्टी चलाउन सक्नुहुन्न,’ नेपाल निकट नेता शाक्य भन्छिन्, ‘उहाँले दुईटै पद छोड्नुपर्छ, अरु उपाय नै छैन।’

नेपाल समूहकै निकट केन्द्रीय सदस्य विष्णु रिजाल प्रधानमन्त्री ओली अब कमजोर भइसकेको बताउँछन्। ‘नयाँ प्रस्तावले विभिन्न छलफल, मन्थनको मौका त दिएको छ,’ रिजाल भन्छन्, ‘यसबाट अन्य कुरा पनि देखिन्छ। प्रधानमन्त्रीज्यूलाई अब म प्रधानमन्त्रीमा निरन्तर रहन सक्दिनँ भन्ने लागेको बुझिन्छ। बहालवाला प्रधानमन्त्रीले नै अर्को प्रधानमन्त्रीको प्रस्ताव गरेपछि आफूले यसमा निरन्तरता दिन नसक्ने भन्ने नै लागेको जस्तो लाग्छ मलाई।’

रिजाल ओलीले राखेको तेस्रो अध्यक्षको प्रस्ताव अहिलेकै शक्ति सन्तुलनमा नेता नेपालले नस्वीकार्ने बताउँछन्। यद्यपि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर तीन अध्यक्षमध्ये एक भएर बस्न चाहेमा भने त्यसमा पुनर्विचार हुनसक्ने उनको भनाइ छ। ‘त्यो कस्तो अवस्थामा आउँछ, त्यसमै भर पर्छ,’ रिजाल भन्छन्, ‘केपी कमरेडले पनि प्रधानमन्त्री छोडेर तीनजना अध्यक्ष भएर बसौं भनेर भन्नुभयो भने त्यो एउटा पाटो होला। तर, अहिलेकै अवस्थामा केपी ओली निरन्तर रहने र माधव कमरेड तेस्रो अध्यक्ष हुनेचाहिँ हुन्छ जस्तो मलाई लाग्दैन।’

सम्बन्धितः

नेकपा विवादमा प्रचण्ड : जित्नलाई केही छैन, हार्नलाई सर्वस्व 

आफू इतरको समूहमा खेल्दै प्रधानमन्त्री ओली,  बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव 

केपी ‌ओलीलाई होइन, नेकपाको एकजना सदस्य पनि हटाउन सक्दैनन् :  कर्ण थापा [भिडियो वार्ता] 

अहिलेकाे सरकार पुँजीवादीहरु जत्तिको पनि भएन : श्याम श्रेष्ठ [भिडियो वार्ता] 

वामदेवको प्रधानमन्त्री यात्रा : कानुनी चमत्कार होला त?  

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेव 

नेकपा विवाद: नैतिकताको प्रश्न, पद भागबन्डाको उत्तर 

प्रचण्ड-नेपालको निष्कर्ष : प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १३:२४
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक सांसदहरुलाई जानकारी गराउने र छलफलपछि निर्णय हुने बताए । मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार, मंसिर २, २०८२
निर्वाचन आयोगमा रास्वपाले दियो दल दर्ताको निवेदन नेतृ अधिकारीका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा औपचारिक रूपमा निवेदन बुझाइएको हो।... सोमबार, मंसिर १, २०८२
ताजा समाचारसबै
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक मंगलबार, मंसिर २, २०८२
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्