काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले अहिलेको समयमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीलाई कसैले हटाउन नसक्ने बताएका छन्। उनले जननिर्वाचित, संसदीय दलमा सर्वसम्मत र महाधिवेशनबाट अध्यक्ष चुनिएको व्यक्तिलाई हटाउन सक्ने कुनै प्रावधान र शक्ति नरहेको बताए।
नेपाललाइभको समय संवादमा बोल्दै उनले भने, 'अहिलेको अवस्थामा केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन कल्पना त परको कुरा, स्थायी कमिटी र केन्द्रीय समितिले एकजना संगठित सदस्यलाई पनि हटाउन सक्दैन।'
यी कमिटीहरुको मुख्य जिम्मेवारी एकता सम्पन्न गर्ने रहेको उनले बताए।
नेतृत्व परिवर्तन गर्न महाधिवेशन हुनुपर्ने र प्रधानमन्त्री परिवर्तन गर्न संसदीय दलको निर्वाचन हुनुपर्ने उनले बताए। उनले अविश्वासको प्रस्ताव ल्याउन समेत अन्य नेताहरुलाई चुनौती दिए। अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठको विशाल पार्टी बनाउने सपना पूरा गरेको बताउँदै कामका क्रममा हुने कमजोरीहरुको समीक्षा गरेर अघि बढ्न सकिने बताए।
हेर्नुहोस् भिडियो वार्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।