• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २९, २०८३  १६:४०
1140x725

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’

थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।

उनले भने, ‘तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ । हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । त्यो आउँछ, जान्छ । त्यसको तागत राख्छौँ हामी । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ, त्यो ठूलो कुरा छैन ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्षको समय सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो मुख्य चिन्ता फेरि देशले दुःख नपाओस् भन्ने हो । फेरि देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो । चार वर्षपछि फेरि चुनाव आउँछ, फेरि जाउँला । कहिले सरकारमा भइन्छ, कहिले बाहिर भइन्छ, केही छैन । तर देशको समय खेर नजाओस्, देशले दुःख नपाओस् । यो पाँच वर्षको समय सदुपयोग होस् भन्ने हाम्रो कुरा हो ।

यसैगरी, थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए ।

थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाए । पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै उनले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने सोच रहेको बताए ।

थापाका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति तय गर्ने विषयमा थप स्पष्ट हुने उनले बताए ।

उनले निर्वाचनमा सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकजुट भएर परिचालन गर्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास !
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी
सम्बन्धित सामग्री
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन... आइतबार, कात्तिक २९, २०८३
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी सरकारले नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित कार्यक्रमसहितमा भाग लिएर फर्किए अर्थमन्त्री आइतबार, कात्तिक २९, २०८३
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्