काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमान्डू गोर्खाजले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डूका कप्तान करण केसीले टस जित्दै पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।
काठमाडौं यसअघि नै ८ अंकका साथ प्ले अफमा पुगिसकेको छ भने पोखरा अंकतालिकामा पुछारमा रहेको छ । अहिलेसम्म खेलेका ६ खेलमध्ये पोखराले एकमा मात्र जित निकालेको छ भने काठमान्डूले दुईमा हार र चार खेलमा जित निकालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।