• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेव

64x64
वीरेन्द्र ओली बिहीबार, वैशाख १८, २०७७  २०:५६
1140x725

काठमाडौं- तत्कालीन एमाले महासचिव मदन भण्डारीले पार्टीका उदीयमान नेताद्वय केपी शर्मा ओली र वामदेव गौतमबारे दिएको अभिव्यक्ति बेलाबखत चर्चामा आइरहन्छ-केपी ओलीलाई पार्टी जिम्मा लगाए लुलो, वामदेवलाई जिम्मा लगाए धुलो। 

जिप दुर्घटनामा भण्डारीको निधन भएको पनि लामै समय बितिसक्यो। तर उनले भनेको सो उक्ति यी दुवै नेताको राजनीतिक यात्रामा पटकपटक दोहोरिइरहेकाे छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि सरकार र पार्टी दुवै लुलो भएको नेकपाकै नेता तथा कार्यकर्ताले बताउन थालेका छन्। गौतमले एकपटक माले बनाएर एमाले 'धुलो' बनाइसकेका छन्। पछि फेरि उनी एमालेमै फर्किए। 

अहिले नेकपाभित्र आन्तरिक ध्रुवीकरण बढ्दा यी दुवै नेतासमेत चर्चाको केन्द्रमा छन्। बुधबार पाँच बजे अगाडिसम्म पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र गौतम एकैतिर उभिएर प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर घुँडा टेकाउने रणनीतिमा थिए। बेलुका पाँच बजे बसेको सचिवालय सदस्यहरूको बैठकमा प्रचण्ड र नेपालको लय बदलिएन। सरकार र पार्टी नेतृत्वमा असफल भएकाले दुवै पदबाट राजीनामा दिन माग गरे उनीहरुले।

बैठकको बीचमा प्रधानमन्त्री ओलीले एकाएक अनपेक्षित प्रस्ताव ल्याए। राष्ट्रियसभा सदस्य हुन संघर्ष गरिरहेका गौतमलाई कोरोना भाइरस संक्रमणको जोखिम हटेलगत्तै प्रधानमन्त्री बनाउने उनको प्रस्ताव थियो।

एकाएक प्रधानमन्त्रीकै प्रस्ताव आएपछि बैठकमा गौतमको लय लर्बरियो। सचिवालय बैठकको एक लक्ष्य स्थायी कमिटीको बैठकको मिति तोक्ने थियो। बैठकस्रोतका अनुसार गौतमको लय लर्बरिदा स्थायी कमिटिकाे मिति तय हुन सकेन। सचिवालयका सातै सदस्यले अहिलेको गतिरोधबारे आफ्ना धारणा राखिसके पनि बैठक २० गतेका लागि सर्‍यो।

प्रचण्ड र नेपाल समूहमात्रै होइन, ओली समूहकै केही नेताहरू याे असम्भव भएको बताउँछन्। तीन नेता एक हुँदा बढेको जोखिम कम गर्न ओलीले वामदेवलाई फकाउनका लागि मात्र फालेको कमजोर तुरुपको रुपमा यसलाई व्याख्या गरिरहेका छन्। 

पार्टीमा हक्की र खरो स्वभावका गौतमलाई अध्यक्ष ओली र प्रचण्डले आफूअनुकूल गोटी बनाउने प्रयत्न गरिरहेका छन्। गौतम पछिल्लो समय कहिले प्रचण्डबाट त कहिले नेपालबाट उपयोग हुँदै आएका छन्। गौतम निकटहरु बुधबार ओलीबाट जे प्रस्ताव आयो, त्यो गौतमको मन भाँड्ने रणनीतिअनुसार आएको भन्नेमा पुगेका देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गौतम निकट स्रोतको दाबी अनुसार ओलीले प्रस्ताव गरेअनुसार प्रधानमन्त्री नै हुन्छु भन्नेमा नेता गौतम त्यति विश्वस्त छैनन्। तर अन्यको अनुमानभन्दा भिन्न निर्णय गरेर चक्मा दिन माहिर ओलीले पद नै छाड्नुपरे आफूलाई सुम्पन पनि सक्छन् भन्ने आश भने उनले गरेको हुन सक्ने आँकलन पनि गरेका छन्। 

गौतम निकट नै विपक्षमा
गौतमको स्वभाव बुझेकाहरू अहिले कतै उनको मन भाँडिने पो हो कि भन्ने चिन्तामा देखिए। ओलीले सांसद बनाउन सहयोग नगरेको अवस्थामा झन् प्रधानमन्त्री बनाउन सहयोग गर्नेमा विश्वास गर्न नसकिने भन्दै उनीहरूले अगाडि बढेको प्रचण्ड र नेपालसँगको सहकार्यलाई निरन्तरता दिन गौतमलाई सुझाव दिइरहेका छन्।
 
‘केपी कमरेडले वामदेव कमरेडलाई सांसद बनाउन त अल्झाईराखेका छन्। झन् प्रधानमन्त्री बनाउँलान् भन्नेमा विश्वास छैन,’ गौतम निकट नेता केशवलाल श्रेष्ठले भने, 'यो निर्णयतहमा प्रवेश हुने गरी आएको प्रस्ताव पनि होइन। वामदेव कमरेडलाई पार्टी कमिटीले निर्णय गरी खाका प्रस्तुत गरेमात्र विश्वास गर्न सकिन्छ।'

गौतमनिकट अर्का केन्द्रीय सदस्य बलराम बाँस्कोटा गौतमको व्यक्तित्व प्रधानमन्त्री हुन सक्ने भए पनि अहिले प्रधानमन्त्री फेरबदलको समय नभएको तर्क गरे। बाँस्कोटाले भने, ‘उहाँ (वामदेव) अहिले होइन, अर्को चुनावमा निर्वाचन जितेर आएर प्रधानमन्त्री बन्नु हुन्छ।’

Xtrem

Xtrem

प्रधानमन्त्री बनाउन सक्ने तर बन्न नसक्ने
वामदेव गौतमले पटकपटक प्रधानमन्त्री पदप्रतिको मोह देखाउँदै आएका छन्। तर समयले साथ दिएको छैन। उनी आफू प्रधानमन्त्री हुने माहौलसमेत बनाउन सक्दैनन्। तर अन्य नेतालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका भने खेल्न सक्छन्। 

आफैं प्रधानमन्त्री हुन नसके पनि पार्टीको आन्तरिक रस्साकस्सीमा अरूलाई प्रधानमन्त्री बन्न चाहिने संख्या सधैँ बोकेर बस्छन् गौतम। २०६६ मा माधवकुमार नेपालको सरकार बनाउँदा, २०६८ मा नेपालकै सरकार गिराएर झलनाथ खनालकै नेतृत्वमा एमालेकै सरकार अनि २०७२ मा ओली नेतृत्वमा सरकार गठनमा उनले निर्णायक भूमिका निभाएका थिए। 

प्रधानमन्त्रीको प्रस्ताव कि फुटाउने रणनीति?
राजनीतिक दल फुटाउन सजिलो हुने गरी प्रधानमन्त्रीले अध्यादेश ल्याएदेखि नै समाजवादीका सांसद अपहरण काण्डसम्म आउँदा प्रधानमन्त्री ओली नेकपाभित्रै आलोचित भइरहेका छन्। उनी अहिले समस्यामा छन्। पार्टीभित्रै राजीनामाको माग भइरहेको छ। 

पार्टीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू एक ढिक्का भएमा उनी पार्टी र संसदीय दलमा समेत अंकगणितमा कमजोर हुनेछन्। संसददेखि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा पर्नेछन्।

यो अवस्थामा आफूविरुद्ध एक ढिक्का भएका नेताहरूलाई विभाजन गराउनुको अर्को विकल्प थिएन उनीसँग। सचिवालय बैठक अगाडि नै उनले प्रचण्ड र नेपाललाई बोलाएर, आफ्ना नेता पठाएर, मनाउन अनेक प्रयत्न गरेकै हुन्। तर दुवै ओलीको प्रस्तावमा अल्झिएनन्।

तेस्रो विकल्प गौतम हुने नै भए। पदप्रतिको मोह, अस्थिर अनि हौसिइहाल्ने गौतमको स्वभावबारे ओली जानकार नहुने कुरै भएन। बुधबार अकस्मात् आएको प्रधानमन्त्रीको प्रस्ताव गौतमको त्यही स्वभावको फाइदा उठाउने नियतले आएकोमा नेकपाका नेताहरू सहमत देखिन्छन्। 

गौतमले पाएको धोकाको शृंखला
२०७१ सालमा भएको तत्कालीन एमालेको नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराउन गौतम घुँडा टेकेरै लागेका थिए। ओली अध्यक्ष भए गौतमले पार्टीको कार्यकारी जिम्मेवारी पाउने सहमति भएको त्यहीबेला सार्वजनिक भएको थियो। संविधानसभाबाट संविधान घोषणापछि भएको निर्वाचनमा एमाले र माओवादीको बहुमत आयो। ओली प्रधानमन्त्रीमा निर्वाचित भए। बर्दिया-१ बाट सांसदमा समेत हारेर वाल्ल परेका गौतमले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने आशमा थिए। तर पाएनन्। उनले निर्वाचनमा भएको हारमा ओलीको भूमिका भएको सार्वजनिक रुपमै दाबी गरे। आफूलाई हराउन लागेकाहरुको सूची पार्टीमा बुझाए पनि। तर केही भएन। 

प्रतिनिधिसभा प्रवेश गर्ने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय गौरवका आयोजना कमाण्ड गर्ने गरी राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याए। ओलीले प्राधिकरणको जिम्मेवारी दिन सकिने पनि भने। गौतम फुरुङ्ग भए। गौतमले प्राधिकरणको जिम्मेवारी लिने विषय सार्वजनिक भएपछि प्रधानमन्त्री ओली 'ब्याक' भए। 

 

डोल्पाका सांसद धनबहादुर बुढालाई राज्यमन्त्री बनाएर उनलाई प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन लगाउन खोजे। त्यसमा ओली समूह नै अवरोधक बन्यो। काठमाडौंमा रामवीर मानन्धर आफ्नो क्षेत्र छाडेर उपनिर्वाचनमार्फत् गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन सहमत भए। ओलीले नै माहौल बिगारे। रवीन्द्र अधिकारीकाे निधनपछि रिक्त भएको कास्कीमा उम्मेदवारकाे माहौल बन्नुअगाडि नै भाँडियो।

ओलीबाट केही नहुने देखेपछि उनी प्रचण्ड क्याम्पतिर बढी हिमचिममा लागे। अध्यक्ष प्रचण्डले गौतमलाई नजिक ल्याउन संगठन विभाग प्रमुख बनाउन भूमिका खेले। गौतम प्रचण्डतिर धेरै नजिकिएपछि आफ्नो कित्तातिर तान्न ओलीले पार्टी विधानमै नभएको उपाध्यक्ष पद सृजना गरेर बल्ल जिम्मेवारी दिए। उपाध्यक्ष त भए तर उनीसँग पार्टीमा निर्णय गर्ने कुनै कार्यकारी अधिकार भने छैन।

प्रचण्ड र नेपालको जोडबलमा बल्लबल्ल राष्ट्रियसभाको ढोका खुलाएका थिए। त्यही बाटोबाट नारायणकाजी श्रेष्ठ सांसद् भइसके। तर ओलीले लगाइदिएको राष्ट्रपतिको सिफारिसको ताल्चा नखुल्दा गौतम ढोकाबाहिरै छन्।

राष्ट्रियसभाको सदस्यको ढोका बन्द भइरहेका बेला प्रतिनिधिसभाको सिट रिक्त गराएर निर्वाचित गराई प्रधानमन्त्री वा संविधान नै संशोधन गराई राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुने बाटो खुलाएर प्रधानमन्त्री बनाउने कानुनी र राजनीतिक रुपमा कठिन प्रस्तावमा गाैतम भनेआशावादी देखिएका छन्।

पार्टीभित्र बढेको संकटबाट उम्कन बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलक्षित प्रधानमन्त्री पदको तीर ठीक ठाउँमा लागेको देखियो। तीरमा अमृत थियो या मन्द विष? यसको असर भने २० गतेको सचिवालय बैठकमा देखिनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २०:५६
  • #bamdev_gautam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रह... शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता भेटमा नेपाल र अष्ट्रेलियाबिचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हितलग... शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग न्यायपालिकाभित्रै भ्रष्टाचारको आशंका उत्पन्न हुँदा सुशासनको कुरा गर्नु विरोधाभासपूर्ण हुने टिप्पणी गर्दै उनले भवन निर्माणसँग सम्बन्ध... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्