• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २२, २०८२ Tue, Jan 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेव

64x64
वीरेन्द्र ओली बिहीबार, वैशाख १८, २०७७  २०:५६
1140x725

काठमाडौं- तत्कालीन एमाले महासचिव मदन भण्डारीले पार्टीका उदीयमान नेताद्वय केपी शर्मा ओली र वामदेव गौतमबारे दिएको अभिव्यक्ति बेलाबखत चर्चामा आइरहन्छ-केपी ओलीलाई पार्टी जिम्मा लगाए लुलो, वामदेवलाई जिम्मा लगाए धुलो। 

जिप दुर्घटनामा भण्डारीको निधन भएको पनि लामै समय बितिसक्यो। तर उनले भनेको सो उक्ति यी दुवै नेताको राजनीतिक यात्रामा पटकपटक दोहोरिइरहेकाे छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि सरकार र पार्टी दुवै लुलो भएको नेकपाकै नेता तथा कार्यकर्ताले बताउन थालेका छन्। गौतमले एकपटक माले बनाएर एमाले 'धुलो' बनाइसकेका छन्। पछि फेरि उनी एमालेमै फर्किए। 

अहिले नेकपाभित्र आन्तरिक ध्रुवीकरण बढ्दा यी दुवै नेतासमेत चर्चाको केन्द्रमा छन्। बुधबार पाँच बजे अगाडिसम्म पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र गौतम एकैतिर उभिएर प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर घुँडा टेकाउने रणनीतिमा थिए। बेलुका पाँच बजे बसेको सचिवालय सदस्यहरूको बैठकमा प्रचण्ड र नेपालको लय बदलिएन। सरकार र पार्टी नेतृत्वमा असफल भएकाले दुवै पदबाट राजीनामा दिन माग गरे उनीहरुले।

बैठकको बीचमा प्रधानमन्त्री ओलीले एकाएक अनपेक्षित प्रस्ताव ल्याए। राष्ट्रियसभा सदस्य हुन संघर्ष गरिरहेका गौतमलाई कोरोना भाइरस संक्रमणको जोखिम हटेलगत्तै प्रधानमन्त्री बनाउने उनको प्रस्ताव थियो।

एकाएक प्रधानमन्त्रीकै प्रस्ताव आएपछि बैठकमा गौतमको लय लर्बरियो। सचिवालय बैठकको एक लक्ष्य स्थायी कमिटीको बैठकको मिति तोक्ने थियो। बैठकस्रोतका अनुसार गौतमको लय लर्बरिदा स्थायी कमिटिकाे मिति तय हुन सकेन। सचिवालयका सातै सदस्यले अहिलेको गतिरोधबारे आफ्ना धारणा राखिसके पनि बैठक २० गतेका लागि सर्‍यो।

प्रचण्ड र नेपाल समूहमात्रै होइन, ओली समूहकै केही नेताहरू याे असम्भव भएको बताउँछन्। तीन नेता एक हुँदा बढेको जोखिम कम गर्न ओलीले वामदेवलाई फकाउनका लागि मात्र फालेको कमजोर तुरुपको रुपमा यसलाई व्याख्या गरिरहेका छन्। 

पार्टीमा हक्की र खरो स्वभावका गौतमलाई अध्यक्ष ओली र प्रचण्डले आफूअनुकूल गोटी बनाउने प्रयत्न गरिरहेका छन्। गौतम पछिल्लो समय कहिले प्रचण्डबाट त कहिले नेपालबाट उपयोग हुँदै आएका छन्। गौतम निकटहरु बुधबार ओलीबाट जे प्रस्ताव आयो, त्यो गौतमको मन भाँड्ने रणनीतिअनुसार आएको भन्नेमा पुगेका देखिन्छन्।

Ncell 2
Ncell 2

गौतम निकट स्रोतको दाबी अनुसार ओलीले प्रस्ताव गरेअनुसार प्रधानमन्त्री नै हुन्छु भन्नेमा नेता गौतम त्यति विश्वस्त छैनन्। तर अन्यको अनुमानभन्दा भिन्न निर्णय गरेर चक्मा दिन माहिर ओलीले पद नै छाड्नुपरे आफूलाई सुम्पन पनि सक्छन् भन्ने आश भने उनले गरेको हुन सक्ने आँकलन पनि गरेका छन्। 

गौतम निकट नै विपक्षमा
गौतमको स्वभाव बुझेकाहरू अहिले कतै उनको मन भाँडिने पो हो कि भन्ने चिन्तामा देखिए। ओलीले सांसद बनाउन सहयोग नगरेको अवस्थामा झन् प्रधानमन्त्री बनाउन सहयोग गर्नेमा विश्वास गर्न नसकिने भन्दै उनीहरूले अगाडि बढेको प्रचण्ड र नेपालसँगको सहकार्यलाई निरन्तरता दिन गौतमलाई सुझाव दिइरहेका छन्।
 
‘केपी कमरेडले वामदेव कमरेडलाई सांसद बनाउन त अल्झाईराखेका छन्। झन् प्रधानमन्त्री बनाउँलान् भन्नेमा विश्वास छैन,’ गौतम निकट नेता केशवलाल श्रेष्ठले भने, 'यो निर्णयतहमा प्रवेश हुने गरी आएको प्रस्ताव पनि होइन। वामदेव कमरेडलाई पार्टी कमिटीले निर्णय गरी खाका प्रस्तुत गरेमात्र विश्वास गर्न सकिन्छ।'

गौतमनिकट अर्का केन्द्रीय सदस्य बलराम बाँस्कोटा गौतमको व्यक्तित्व प्रधानमन्त्री हुन सक्ने भए पनि अहिले प्रधानमन्त्री फेरबदलको समय नभएको तर्क गरे। बाँस्कोटाले भने, ‘उहाँ (वामदेव) अहिले होइन, अर्को चुनावमा निर्वाचन जितेर आएर प्रधानमन्त्री बन्नु हुन्छ।’

प्रधानमन्त्री बनाउन सक्ने तर बन्न नसक्ने
वामदेव गौतमले पटकपटक प्रधानमन्त्री पदप्रतिको मोह देखाउँदै आएका छन्। तर समयले साथ दिएको छैन। उनी आफू प्रधानमन्त्री हुने माहौलसमेत बनाउन सक्दैनन्। तर अन्य नेतालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका भने खेल्न सक्छन्। 

आफैं प्रधानमन्त्री हुन नसके पनि पार्टीको आन्तरिक रस्साकस्सीमा अरूलाई प्रधानमन्त्री बन्न चाहिने संख्या सधैँ बोकेर बस्छन् गौतम। २०६६ मा माधवकुमार नेपालको सरकार बनाउँदा, २०६८ मा नेपालकै सरकार गिराएर झलनाथ खनालकै नेतृत्वमा एमालेकै सरकार अनि २०७२ मा ओली नेतृत्वमा सरकार गठनमा उनले निर्णायक भूमिका निभाएका थिए। 

प्रधानमन्त्रीको प्रस्ताव कि फुटाउने रणनीति?
राजनीतिक दल फुटाउन सजिलो हुने गरी प्रधानमन्त्रीले अध्यादेश ल्याएदेखि नै समाजवादीका सांसद अपहरण काण्डसम्म आउँदा प्रधानमन्त्री ओली नेकपाभित्रै आलोचित भइरहेका छन्। उनी अहिले समस्यामा छन्। पार्टीभित्रै राजीनामाको माग भइरहेको छ। 

पार्टीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू एक ढिक्का भएमा उनी पार्टी र संसदीय दलमा समेत अंकगणितमा कमजोर हुनेछन्। संसददेखि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा पर्नेछन्।

यो अवस्थामा आफूविरुद्ध एक ढिक्का भएका नेताहरूलाई विभाजन गराउनुको अर्को विकल्प थिएन उनीसँग। सचिवालय बैठक अगाडि नै उनले प्रचण्ड र नेपाललाई बोलाएर, आफ्ना नेता पठाएर, मनाउन अनेक प्रयत्न गरेकै हुन्। तर दुवै ओलीको प्रस्तावमा अल्झिएनन्।

तेस्रो विकल्प गौतम हुने नै भए। पदप्रतिको मोह, अस्थिर अनि हौसिइहाल्ने गौतमको स्वभावबारे ओली जानकार नहुने कुरै भएन। बुधबार अकस्मात् आएको प्रधानमन्त्रीको प्रस्ताव गौतमको त्यही स्वभावको फाइदा उठाउने नियतले आएकोमा नेकपाका नेताहरू सहमत देखिन्छन्। 

गौतमले पाएको धोकाको शृंखला
२०७१ सालमा भएको तत्कालीन एमालेको नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराउन गौतम घुँडा टेकेरै लागेका थिए। ओली अध्यक्ष भए गौतमले पार्टीको कार्यकारी जिम्मेवारी पाउने सहमति भएको त्यहीबेला सार्वजनिक भएको थियो। संविधानसभाबाट संविधान घोषणापछि भएको निर्वाचनमा एमाले र माओवादीको बहुमत आयो। ओली प्रधानमन्त्रीमा निर्वाचित भए। बर्दिया-१ बाट सांसदमा समेत हारेर वाल्ल परेका गौतमले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने आशमा थिए। तर पाएनन्। उनले निर्वाचनमा भएको हारमा ओलीको भूमिका भएको सार्वजनिक रुपमै दाबी गरे। आफूलाई हराउन लागेकाहरुको सूची पार्टीमा बुझाए पनि। तर केही भएन। 

प्रतिनिधिसभा प्रवेश गर्ने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय गौरवका आयोजना कमाण्ड गर्ने गरी राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याए। ओलीले प्राधिकरणको जिम्मेवारी दिन सकिने पनि भने। गौतम फुरुङ्ग भए। गौतमले प्राधिकरणको जिम्मेवारी लिने विषय सार्वजनिक भएपछि प्रधानमन्त्री ओली 'ब्याक' भए। 

 

डोल्पाका सांसद धनबहादुर बुढालाई राज्यमन्त्री बनाएर उनलाई प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन लगाउन खोजे। त्यसमा ओली समूह नै अवरोधक बन्यो। काठमाडौंमा रामवीर मानन्धर आफ्नो क्षेत्र छाडेर उपनिर्वाचनमार्फत् गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन सहमत भए। ओलीले नै माहौल बिगारे। रवीन्द्र अधिकारीकाे निधनपछि रिक्त भएको कास्कीमा उम्मेदवारकाे माहौल बन्नुअगाडि नै भाँडियो।

ओलीबाट केही नहुने देखेपछि उनी प्रचण्ड क्याम्पतिर बढी हिमचिममा लागे। अध्यक्ष प्रचण्डले गौतमलाई नजिक ल्याउन संगठन विभाग प्रमुख बनाउन भूमिका खेले। गौतम प्रचण्डतिर धेरै नजिकिएपछि आफ्नो कित्तातिर तान्न ओलीले पार्टी विधानमै नभएको उपाध्यक्ष पद सृजना गरेर बल्ल जिम्मेवारी दिए। उपाध्यक्ष त भए तर उनीसँग पार्टीमा निर्णय गर्ने कुनै कार्यकारी अधिकार भने छैन।

प्रचण्ड र नेपालको जोडबलमा बल्लबल्ल राष्ट्रियसभाको ढोका खुलाएका थिए। त्यही बाटोबाट नारायणकाजी श्रेष्ठ सांसद् भइसके। तर ओलीले लगाइदिएको राष्ट्रपतिको सिफारिसको ताल्चा नखुल्दा गौतम ढोकाबाहिरै छन्।

राष्ट्रियसभाको सदस्यको ढोका बन्द भइरहेका बेला प्रतिनिधिसभाको सिट रिक्त गराएर निर्वाचित गराई प्रधानमन्त्री वा संविधान नै संशोधन गराई राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुने बाटो खुलाएर प्रधानमन्त्री बनाउने कानुनी र राजनीतिक रुपमा कठिन प्रस्तावमा गाैतम भनेआशावादी देखिएका छन्।

पार्टीभित्र बढेको संकटबाट उम्कन बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलक्षित प्रधानमन्त्री पदको तीर ठीक ठाउँमा लागेको देखियो। तीरमा अमृत थियो या मन्द विष? यसको असर भने २० गतेको सचिवालय बैठकमा देखिनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २०:५६
  • #bamdev_gautam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बजेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जनाकारी दिए । मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक सुरु बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लाग... मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक बस्दै आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए। ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोल... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु मंगलबार, पुस २२, २०८२
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक सुरु मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्