• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विवाद: नैतिकताको प्रश्न, पद भागबन्डाको उत्तर

64x64
डिबी खड्का शुक्रबार, वैशाख १९, २०७७  १२:५२
1140x725

काठमाडौं- बुधबारको सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक थिए। उनी नैतिक प्रश्नहरुले घेरिएका थिए। आमजन, प्रतिपक्ष दल र उनी विरुद्ध मोर्चाबन्दी गरिरहेको पार्टीकै एक समूहको साझा प्रश्न थियो,  'कोभिड १९ विरुद्ध एकजुट हुने बेला अरुको पार्टी फुटाउने विधेयक र सांसद अपहरणको हथकण्डा किन अपनाउनुपर्‍यो?'

वर्षौंदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाइरहेका नेकपा नेताहरुको आत्मसमीक्षा पनि थियो, 'यतिबेला प्रधानमन्त्री चुक्नुभएकै हो। उहाँमाथि नैतिक संकट छ।'

ओली आफैंलाई पनि योजनाअनुरुप काम फत्ते गर्न नसकेका कारण पार्टीका अन्य शीर्ष नेताहरुले उठाउने प्रश्नको सामना गर्न सकस पर्ने स्वमूल्यांकन थियो। त्यसैले उनी सचिवालय र स्थायी कमिटी बैठकको माग टार्दै गइरहेका थिए।

तीव्र दबाब परेपछि सचिवालय बैठक बोलाए। बैठकमा उनले अपेक्षित आलोचना खेपे। एक सचिवालय सदस्यका अनुसार अरुबेला सुरुमा आफैं बोल्ने गरेका ओली त्यो दिन अरुका कुरा सुन्न तयार भए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि खरो आलोचना गरे। प्रधानमन्त्री ओली सरकार र पार्टी चलाउन असक्षम भइसकेको महसुस गराउने गरी उनी प्रस्तुत भएको ती सचिवालय सदस्यको दाबी छ। घुमाउरो रुपमा प्रचण्डले भनेका थिए, 'पार्टी नेता कार्यकर्ताले मात्रै होइन। आमजनले समेत तपाईंको कार्यशैलीमाथि प्रश्न उठाएकाले नैतिकता हिसाबले बाटो खालि गर्नु उचित हुन्छ।'

राजनीतिका ५२ पत्ति बोकेर बसेका ओली सचिवालय सदस्यहरुसँग बाझाबाझ गरेर आफूलाई थप विवादित बनाउनतिर लागेनन्। बरु उनले चिडीको दुक्का फ्याँकिदिए। त्यो थियो, विरोधको मोर्चामा डटिरहेका दुई शीर्ष नेतामध्ये एकजनालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाउने।

यो प्रस्ताव सचिवालयका सवै सदस्यका लागि अनपेक्षित थियो। प्रस्ताव राखिएको दिन सचिवालयका धेरै सदस्यले 'ओली उदारता'का रुपमा बुझे। सचिवालयमा भएको छलफलमध्येको यही पाटो दुरुस्तै सार्वजनिक भयो। सार्वजनिक गरिनु समेत रणनीतिक कदम भएको बुझिएको छ। किनभने यो सूचना सर्वप्रथम ओलीनिकट नेताहरुबाट चुहिएको थियो।

बामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा गरिएको प्रस्तावको कार्यान्वयनमा कानूनी/वैधानिक धरातल छैन। त्यो धरातल बनाउन वर्तमान अवस्थामा असम्भवप्रायः छ। प्रधानमन्त्री प्रस्तावित गौतमनिकट नेताहरु नै सम्भावना देख्दैनन्। गौतमनिकट नेकपा नेता बलराम बाँस्कोटा यसलाई ओली रणनीतिका रुपमा बुझ्छन् र गौतम उत्साहित हुनुपर्ने कारण देख्दैनन्। भन्छन्,  'गौतम प्रधानमन्त्रीका लागि सही र योग्य व्यक्ति हुनुहुन्छ। तर त्यसका लागि चाहिने वैधानिक धरातल छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि गौतम सांसद बन्न खोज्दा त्यसका विरुद्ध शीर्ष नेताहरु नै सक्रिय भएकोतर्फ संकेत गर्दै उनी यो उधारो प्रस्ताव नपत्याउन सुझाउँछन्।

ओलीको यो रणनीति उनीमाथि उठाइएको नैतिकताको प्रश्नकै प्रतिप्रश्न बनेको छ। प्रधानमन्त्री ओली चुकेको महसुस गर्ने ओली निकटका नेता यतिबेला भन्न थालेका छन्,  'अरु नेताहरुले ‌प्रधामन्त्रीको कमजोरी सुधार्न विरोध गरेका रहेनछन्। उनीहरुको यत्रो विरोध त पदका लागि रहेछ।'

ओली राजनीतिको यो चिडीको दुक्काले उनीमाथि उठेको नैतिक प्रश्न यतिबेला बामदेव गौतमको टाउकोमा थोपरिएको छ। त्यसको केही भागहिस्सा माधव नेपाललाई पनि छ।

पार्टीमा आफ्नो कार्यशैलीको विरोध गर्नेहरुलाई पद वा आश्वासन दिएर चुप लगाउने 'चिडी दुक्के' रणनीति यो पहिलो होइन। प्रचण्डलाई कार्यकारी अध्यक्षको पगरी यही शृंखलाको एउटा उपक्रम थियो। यसअघि उनको धुँवादार विरोध गर्ने दुई प्रभावशाली नेकपा नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाएर यसको सफल प्रयोग गरिसकेका छन्।

नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सवाल अब भुत्ते भइसकेको छ। किनभने धेरैजना प्रधानमन्त्री ओलीको कामकारबाहीको आलोचना त गरिरहेका छन्। तर प्रधानमन्त्रीमा ओलीको विकल्प गौतम चाहदैनन्। नेकपाका सांसद विजय सुब्बा कार्यशैलीका विषयमा संवाद जरुरी भए पनि विकल्प खोज्ने बेला भइनसकेको बताउँछन्। उनी भन्छन्,  'कामकारबाहीका विषयमा कुरा उठ्नु स्वभाविक हो। तर उहाँको विकल्प खोज्ने बेला भएको छैन। हामीले पनि राजीनामा नगर्न सुझाव दिएका छौं।'

नेकपाका एक केन्द्रीय सदस्य ओली खराब नै हुन् भने पनि आफूले जनमत दिएर त्यहाँ पुर्‍याएका कारण सहन सक्ने बताउँछन्। तर जनताले सांसद बन्न समेत लायक नठानेका गौतमलाई प्रधानमन्त्री स्वीकारेर लोकतन्त्रमाथिको मजाक हेरिबस्न नसक्ने उनको तर्क छ।

के ओलीले बुधबारको सचिवालय बैठकमा राखेको प्रस्ताव २० गते बस्ने सचिवालय बैठकमा दोहोर्‍याउलान्?  प्रधानमन्त्री ओली निकटका नेता  कर्ण थापा भन्छन्- 'यो एउटा रणनीतिक कार्ड हो।'

पदको प्राप्तिका लागि प्रधामन्त्री ओलीविरुद्ध अर्को समूहले अनेक तिकडम गरिरहेको पुष्ट्याइँ गर्न यस्तो प्रस्ताव गरिएको उनी बताउँछन्।

साँच्चिकै गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको भए सार्वजनिक रुपमा होइन। गौतमलाई एक्लै बोलाएर प्रस्ताव गर्न सक्ने उनको बुझाइ छ। उनले नेपाल लाइभ संवादमा यतिबेला अवस्था तातो भएकाले सचिवालय वा स्थायी कमिटीको बैठकबाट सही निष्कर्ष ननिस्किने हुँदा अवस्थालाई नियन्त्रणमा ल्याउन बहसलाई अन्यत्रै मोड्ने रणनीति अपनाउने संकेत गरेका थिए।

थापाले संकेत गरेअनुसारकै तरिका प्रधानमन्त्री ओलीले अपनाएका छन्। समय घर्किदै गर्दा नेताहरुमा रहेको आवेग नियन्त्रणमा आउने भएकाले भुलभुलैयामा राखेर विषय प्रवेश गर्न चाहन्छन्। प्रधानमन्त्री ओलीले बुधबार नै आफूमाथि उठेका सवालको जवाफ दिन थालेका भए प्रचण्ड-माधव-बामदेव समूहलाई रोक्न मुस्किल पर्थ्यो। त्यसैले उनी  त्यतातिर लागेनन्। आफ्नो चतुर शैलीको प्रयोग गरे।

केही समयअघि प्रधानमन्त्री ‌ओली नेतृत्वमै बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। तर ओलीले त्यसको कार्यान्वयनमा आनाकानी गरिदिए। राष्ट्रपतिले चयन गर्ने उक्त सिटमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत उनले गरिसकेका छन्।

प्रधानमन्त्री ओलीले कार्यान्वयनकै लागि बुधबारको प्रस्ताव ल्याएको भए बामदेवलाई पार्टीको नेतृत्व दिने र प्रधानमन्त्री नेपाल,  झलनाथ खनाल वा प्रचण्डलाई सरकारको नेतृत्व दिने प्रस्ताव हुन्थ्यो।

प्रधानमन्त्री ओली अहिले उत्पन्न पार्टीमा विवादको कारक कार्यशैली होइन,  अन्य नेताहरुको पदीय प्रेम रहेको प्रमाणित गर्न सफल भएका छन्। पछिल्ला केही दिन बहसमा अध्यादेशसँग जोडिएर प्रधानमन्त्रीका लोकतान्त्रिक/अलोकतान्त्रिक गतिविधिमाथि बहस भइरहेको छैन। बरु, बामदेव प्रधानमन्त्री बन्न सक्ने कि नसक्ने, बन्न हुने कि नहुने, प्रधानमन्त्री भए उनले चलाउन सक्लान् कि नसक्लान् भन्नेतिर बहस भइरहेको छ। जुन ‌ओलीको सफलता हो।

यो दुई दिनको बीचमा उनले संसदीय दलमा आफ्नो यथार्थ अवस्था पहिल्याएका छन्। गौतम निकटस्थ केही सांसदहरु आफ्नो पक्षमा ल्याएका छन्। 

ओलीनिकट एक नेताका अनुसार केही समयअघिसम्म संसदीय दलमा बहुमत पुग्नेमा ओली सशंकित थिए। तर बुधबार सचिवालय बैठकअघि बालुवाटारमा भएको सांसद भेलाले उनलाई संसदीय दलको बैठक मुकाबिला गर्ने साहस दिएको छ। उनी निकटस्थ नेताहरु महेश बस्नेत, कृष्ण राईलगायतले आन्तरिक रुपमा तयार पारेको सूचीले पनि आगामी सचिवालय बैठकमा उनी बलियो भएर प्रस्तुत हुँदैछन्।

भोलिसम्मका लागि एउटा मात्रै प्रश्न बाँकी छ, 'चिडी दुक्के रणनीतिको अपार सफलतापछि कसरी अघि बढ्लान्,ओली?

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १२:५२
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्