• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा विवाद: नैतिकताको प्रश्न, पद भागबन्डाको उत्तर
64x64
डिबी खड्का शुक्रबार, वैशाख १९, २०७७  १२:५२
1140x725

काठमाडौं- बुधबारको सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक थिए। उनी नैतिक प्रश्नहरुले घेरिएका थिए। आमजन, प्रतिपक्ष दल र उनी विरुद्ध मोर्चाबन्दी गरिरहेको पार्टीकै एक समूहको साझा प्रश्न थियो,  'कोभिड १९ विरुद्ध एकजुट हुने बेला अरुको पार्टी फुटाउने विधेयक र सांसद अपहरणको हथकण्डा किन अपनाउनुपर्‍यो?'

वर्षौंदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाइरहेका नेकपा नेताहरुको आत्मसमीक्षा पनि थियो, 'यतिबेला प्रधानमन्त्री चुक्नुभएकै हो। उहाँमाथि नैतिक संकट छ।'

ओली आफैंलाई पनि योजनाअनुरुप काम फत्ते गर्न नसकेका कारण पार्टीका अन्य शीर्ष नेताहरुले उठाउने प्रश्नको सामना गर्न सकस पर्ने स्वमूल्यांकन थियो। त्यसैले उनी सचिवालय र स्थायी कमिटी बैठकको माग टार्दै गइरहेका थिए।

तीव्र दबाब परेपछि सचिवालय बैठक बोलाए। बैठकमा उनले अपेक्षित आलोचना खेपे। एक सचिवालय सदस्यका अनुसार अरुबेला सुरुमा आफैं बोल्ने गरेका ओली त्यो दिन अरुका कुरा सुन्न तयार भए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि खरो आलोचना गरे। प्रधानमन्त्री ओली सरकार र पार्टी चलाउन असक्षम भइसकेको महसुस गराउने गरी उनी प्रस्तुत भएको ती सचिवालय सदस्यको दाबी छ। घुमाउरो रुपमा प्रचण्डले भनेका थिए, 'पार्टी नेता कार्यकर्ताले मात्रै होइन। आमजनले समेत तपाईंको कार्यशैलीमाथि प्रश्न उठाएकाले नैतिकता हिसाबले बाटो खालि गर्नु उचित हुन्छ।'

राजनीतिका ५२ पत्ति बोकेर बसेका ओली सचिवालय सदस्यहरुसँग बाझाबाझ गरेर आफूलाई थप विवादित बनाउनतिर लागेनन्। बरु उनले चिडीको दुक्का फ्याँकिदिए। त्यो थियो, विरोधको मोर्चामा डटिरहेका दुई शीर्ष नेतामध्ये एकजनालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाउने।

यो प्रस्ताव सचिवालयका सवै सदस्यका लागि अनपेक्षित थियो। प्रस्ताव राखिएको दिन सचिवालयका धेरै सदस्यले 'ओली उदारता'का रुपमा बुझे। सचिवालयमा भएको छलफलमध्येको यही पाटो दुरुस्तै सार्वजनिक भयो। सार्वजनिक गरिनु समेत रणनीतिक कदम भएको बुझिएको छ। किनभने यो सूचना सर्वप्रथम ओलीनिकट नेताहरुबाट चुहिएको थियो।

बामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा गरिएको प्रस्तावको कार्यान्वयनमा कानूनी/वैधानिक धरातल छैन। त्यो धरातल बनाउन वर्तमान अवस्थामा असम्भवप्रायः छ। प्रधानमन्त्री प्रस्तावित गौतमनिकट नेताहरु नै सम्भावना देख्दैनन्। गौतमनिकट नेकपा नेता बलराम बाँस्कोटा यसलाई ओली रणनीतिका रुपमा बुझ्छन् र गौतम उत्साहित हुनुपर्ने कारण देख्दैनन्। भन्छन्,  'गौतम प्रधानमन्त्रीका लागि सही र योग्य व्यक्ति हुनुहुन्छ। तर त्यसका लागि चाहिने वैधानिक धरातल छैन।'

Ncell 2
Ncell 2

यसअघि गौतम सांसद बन्न खोज्दा त्यसका विरुद्ध शीर्ष नेताहरु नै सक्रिय भएकोतर्फ संकेत गर्दै उनी यो उधारो प्रस्ताव नपत्याउन सुझाउँछन्।

ओलीको यो रणनीति उनीमाथि उठाइएको नैतिकताको प्रश्नकै प्रतिप्रश्न बनेको छ। प्रधानमन्त्री ओली चुकेको महसुस गर्ने ओली निकटका नेता यतिबेला भन्न थालेका छन्,  'अरु नेताहरुले ‌प्रधामन्त्रीको कमजोरी सुधार्न विरोध गरेका रहेनछन्। उनीहरुको यत्रो विरोध त पदका लागि रहेछ।'

ओली राजनीतिको यो चिडीको दुक्काले उनीमाथि उठेको नैतिक प्रश्न यतिबेला बामदेव गौतमको टाउकोमा थोपरिएको छ। त्यसको केही भागहिस्सा माधव नेपाललाई पनि छ।

पार्टीमा आफ्नो कार्यशैलीको विरोध गर्नेहरुलाई पद वा आश्वासन दिएर चुप लगाउने 'चिडी दुक्के' रणनीति यो पहिलो होइन। प्रचण्डलाई कार्यकारी अध्यक्षको पगरी यही शृंखलाको एउटा उपक्रम थियो। यसअघि उनको धुँवादार विरोध गर्ने दुई प्रभावशाली नेकपा नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाएर यसको सफल प्रयोग गरिसकेका छन्।

नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सवाल अब भुत्ते भइसकेको छ। किनभने धेरैजना प्रधानमन्त्री ओलीको कामकारबाहीको आलोचना त गरिरहेका छन्। तर प्रधानमन्त्रीमा ओलीको विकल्प गौतम चाहदैनन्। नेकपाका सांसद विजय सुब्बा कार्यशैलीका विषयमा संवाद जरुरी भए पनि विकल्प खोज्ने बेला भइनसकेको बताउँछन्। उनी भन्छन्,  'कामकारबाहीका विषयमा कुरा उठ्नु स्वभाविक हो। तर उहाँको विकल्प खोज्ने बेला भएको छैन। हामीले पनि राजीनामा नगर्न सुझाव दिएका छौं।'

नेकपाका एक केन्द्रीय सदस्य ओली खराब नै हुन् भने पनि आफूले जनमत दिएर त्यहाँ पुर्‍याएका कारण सहन सक्ने बताउँछन्। तर जनताले सांसद बन्न समेत लायक नठानेका गौतमलाई प्रधानमन्त्री स्वीकारेर लोकतन्त्रमाथिको मजाक हेरिबस्न नसक्ने उनको तर्क छ।

के ओलीले बुधबारको सचिवालय बैठकमा राखेको प्रस्ताव २० गते बस्ने सचिवालय बैठकमा दोहोर्‍याउलान्?  प्रधानमन्त्री ओली निकटका नेता  कर्ण थापा भन्छन्- 'यो एउटा रणनीतिक कार्ड हो।'

पदको प्राप्तिका लागि प्रधामन्त्री ओलीविरुद्ध अर्को समूहले अनेक तिकडम गरिरहेको पुष्ट्याइँ गर्न यस्तो प्रस्ताव गरिएको उनी बताउँछन्।

साँच्चिकै गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको भए सार्वजनिक रुपमा होइन। गौतमलाई एक्लै बोलाएर प्रस्ताव गर्न सक्ने उनको बुझाइ छ। उनले नेपाल लाइभ संवादमा यतिबेला अवस्था तातो भएकाले सचिवालय वा स्थायी कमिटीको बैठकबाट सही निष्कर्ष ननिस्किने हुँदा अवस्थालाई नियन्त्रणमा ल्याउन बहसलाई अन्यत्रै मोड्ने रणनीति अपनाउने संकेत गरेका थिए।

थापाले संकेत गरेअनुसारकै तरिका प्रधानमन्त्री ओलीले अपनाएका छन्। समय घर्किदै गर्दा नेताहरुमा रहेको आवेग नियन्त्रणमा आउने भएकाले भुलभुलैयामा राखेर विषय प्रवेश गर्न चाहन्छन्। प्रधानमन्त्री ओलीले बुधबार नै आफूमाथि उठेका सवालको जवाफ दिन थालेका भए प्रचण्ड-माधव-बामदेव समूहलाई रोक्न मुस्किल पर्थ्यो। त्यसैले उनी  त्यतातिर लागेनन्। आफ्नो चतुर शैलीको प्रयोग गरे।

केही समयअघि प्रधानमन्त्री ‌ओली नेतृत्वमै बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। तर ओलीले त्यसको कार्यान्वयनमा आनाकानी गरिदिए। राष्ट्रपतिले चयन गर्ने उक्त सिटमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत उनले गरिसकेका छन्।

प्रधानमन्त्री ओलीले कार्यान्वयनकै लागि बुधबारको प्रस्ताव ल्याएको भए बामदेवलाई पार्टीको नेतृत्व दिने र प्रधानमन्त्री नेपाल,  झलनाथ खनाल वा प्रचण्डलाई सरकारको नेतृत्व दिने प्रस्ताव हुन्थ्यो।

प्रधानमन्त्री ओली अहिले उत्पन्न पार्टीमा विवादको कारक कार्यशैली होइन,  अन्य नेताहरुको पदीय प्रेम रहेको प्रमाणित गर्न सफल भएका छन्। पछिल्ला केही दिन बहसमा अध्यादेशसँग जोडिएर प्रधानमन्त्रीका लोकतान्त्रिक/अलोकतान्त्रिक गतिविधिमाथि बहस भइरहेको छैन। बरु, बामदेव प्रधानमन्त्री बन्न सक्ने कि नसक्ने, बन्न हुने कि नहुने, प्रधानमन्त्री भए उनले चलाउन सक्लान् कि नसक्लान् भन्नेतिर बहस भइरहेको छ। जुन ‌ओलीको सफलता हो।

यो दुई दिनको बीचमा उनले संसदीय दलमा आफ्नो यथार्थ अवस्था पहिल्याएका छन्। गौतम निकटस्थ केही सांसदहरु आफ्नो पक्षमा ल्याएका छन्। 

ओलीनिकट एक नेताका अनुसार केही समयअघिसम्म संसदीय दलमा बहुमत पुग्नेमा ओली सशंकित थिए। तर बुधबार सचिवालय बैठकअघि बालुवाटारमा भएको सांसद भेलाले उनलाई संसदीय दलको बैठक मुकाबिला गर्ने साहस दिएको छ। उनी निकटस्थ नेताहरु महेश बस्नेत, कृष्ण राईलगायतले आन्तरिक रुपमा तयार पारेको सूचीले पनि आगामी सचिवालय बैठकमा उनी बलियो भएर प्रस्तुत हुँदैछन्।

भोलिसम्मका लागि एउटा मात्रै प्रश्न बाँकी छ, 'चिडी दुक्के रणनीतिको अपार सफलतापछि कसरी अघि बढ्लान्,ओली?

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १२:५२
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्