• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवको प्रधानमन्त्री यात्रा : कानुनी चमत्कार होला त? 

64x64
दुर्गा दुलाल बिहीबार, वैशाख १८, २०७७  १७:१६
1140x725

काठमाडौं- सांसद बन्न गरेका अनेकौं प्रयास असफल भएर प्रतिनिधिसभा र राष्ट्रियसभा बाहिरै रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम बुधबारको सचिवालय बैठकपछि भावी प्रधानमन्त्रीका रूपमा चर्चामा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अनपेक्षित रूपमा बैठकमा कोरोना भाइरसको महामारीपछि गौतमलाई प्रधानमन्त्री र अर्का नेता माधवकुमार नेपाललाई अघि सारेपछि यो विषयले चर्चा पाएको हो। 

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि सरेको छ। आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेपछि बैठकमा गौतम अपेक्षाकृत नरम देखिएका थिए। बिहीबारबाट उनले यसबारेमा आफू निकटहरुसँग छलफल समेत शुरु गरिसकेका छन्। संवैधानिक रुपमा प्रतिनिधिसभा सदस्य नै नरहेका गौतमको प्रधानमन्त्री यात्रा सहज छ त?

कानुनविदहरु गौतम हाल प्रतिनिधिसभाको सदस्य नै नभएकाले उनलाई प्रधानमन्त्री बनाउन कानुनमा धेरै तोडमोड गर्नुपर्ने भएकाले कानुनी बाटो सहज नरहेको बताउँछन्। राजनीतिमा असम्भव भन्ने पक्ष त हुन्न। तर तत्काल उनलाई प्रधानमन्त्री बनाउने कानुनी आधार र राजनीतिक आधार कमजोर रहेको उनीहरुको विश्लेषण छ। 

प्रधानमन्त्री चयनको संवैधानिक व्यवस्था 
संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था छ। सो धाराको उपधारा (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’ उल्लेख छ। 

गौतम प्रधानमन्त्री हुन संविधानको यही धाराबाहेक अहिलेका लागि अर्को बाटो छैन। मन्त्रीका हकमा संविधानमा चोरबाटोको व्यवस्था छ। मन्त्री नियुक्त भएको छ महिनाभित्रमा प्रतिनिधिसभा र राष्ट्रियसभामध्ये एकको सदस्य हुनुपर्ने बाटो छ। राष्ट्रियसभा सदस्य भए पनि प्रतिनिधिसभा चुनाव हारेका व्यक्ति त मन्त्री पनि बन्न पाउँदैनन्।

तर प्रधानमन्त्रीको हकमा दोस्रो विकल्प दिएको छैन संविधानले। संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री हुन उनलाई प्रतिनिधिसभा सदस्य बनाउन आवश्यक छ। दोस्रो कुरा सम्बन्धित दलको संसदीय दलको नेता पनि हुनुपर्ने छ। अनि पार्टी वा उम्मेदवारले बहुमत प्राप्त गरेको हुनुपर्नेछ। प्रधानमन्त्री ओलीले प्रस्ताव गरेकै आधारमा गौतमका हकमा यी सबै प्रावधान सहजै पूरा हुन सक्ने देखिन्न।

प्रतिनिधिसभाको बाटो 
प्रतिनिधिसभा निर्वाचनमा बर्दिया-१ उम्मेदवार बनेका गौतम नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। त्यसैले ओलीले वचन पूरा गर्ने हो भने पहिला उनी सांसद् नै हुनुपर्ने छ। अहिले प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्र रिक्त छैन। उनी सांसद हुन कुनै क्षेत्र रिक्त हुन आवश्यक छ।तत्कालका लागि कुनै सांसदलाई राजीनामा गर्न लगाएर क्षेत्र खाली गराउने र निर्वाचन आयोगमार्फत नयाँ प्रक्रिया शुरु गर्ने नै हो।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगमा सत्ताधारी दलको प्रभाव चल्ने भएकाले फास्टट्रयाकमा अगाडि बढाउन सक्लान्। तर उम्मेदवारी दर्ता , फिर्ता, प्रचारप्रसारका लागि न्यूनतम अवधि तोक्न प्रक्रियाबाट आयोग पछाडि हट्न सक्दैन। त्यसमा पनि जीतहारको पक्ष त छँदैछ।

तत्कालीन एमाले र माओवादी मिलेर निर्वाचनमा गएर देशभरबाट झन्डै २ तिहाई ल्याउँदा उनी पराजित भए। पराजित हुनुको कारण अन्तर्घात रहेको उनले अहिले पनि दाबी गरिरहेकै छन्। यसले  प्रतिनिधिसभा क्षेत्र खाली गराएर निर्वाचन गराउने विकल्प त्यति सहज देखिँदैन।

संसदीय दलको नेता 
निर्वाचितै भएको अवस्थामा दोस्रो चुनौती नेकपा संसदीय दलको नेता चयन हुनु हो। बहुमतप्राप्त दलको व्यक्ति प्रधानमन्त्री हुने भएकाले संविधानको धारा ६७ अनुसार उनी अघि बढ्नु पर्नेछ। संसदीय दलको नेता निर्वाचनमार्फत् चुनिनु पर्‍यो कि त पार्टीले सर्वसम्मत रुपमा दिनु पर्‍यो।

प्रधानमन्त्री ओली चेपुवामा परेकाले उनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्नु बहस लम्ब्याउने रणनीति मात्रै देखिएको छ। नेकपामा पुष्पकमल दाहाल र माधव नेपालसमेत प्रधामन्त्रीको आकांंक्षी देखिएका छन् नै।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले जसरी ओलीबाट प्रस्ताव आएको छ, त्यसले संवैधानिक प्रावधान पूरा गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री हुने प्रक्रिया लामो र अप्ठ्यारो धेरै देखिन्छ।

अर्को वाटो हो राष्ट्रियसभा। विकल्पमा राष्ट्रियसभा सदस्य पनि बहसमा आएको छ। सभाबाट उनलाई प्रधानमन्त्री बनाउन सर्वप्रथम उनी संसद् मनोनित हुन जरुरी छ। नेकपाले चाहेमा उनका लागि राष्ट्रियसभाको सदस्य बन्न त्यति अप्ठ्यारो भने छैन। 

अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको ठाउँ राष्ट्रियसभामा रिक्त रहेको छ। यो राष्ट्रपतिबाट मनोनित हुने एक सिट हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उक्त पदमा उनी पुग्नका लागि नेकपाभित्र सहमति भए असम्भव छैन। तर राष्ट्रियसभाको संसद्मात्र भएर उनका लागि प्रधानमन्त्रीको यात्रा भने खुल्दैन। यसका लागि त संविधानै संशोधनबाहेक अर्को विकल्प छैन। 

यस्तो अवस्थामा नेकपा आलोचित हुने पक्का छ। वरिष्ठ अधिवक्ता तथा सवैधानिक कानुनविद् विपिन अधिकारीले राष्ट्रियसभामा लगेर पनि प्रधानमन्त्री बनाउने कुरा आफूले पनि सुनेको तर यो राम्रो नभएको टिप्पणी गरे।

‘उहाँलाई निर्वाचनमा जनताले अस्वीकृत गरेको हो,’ अधिकारीले भने, ‘त्यो निर्वाचनको चक्र सकिएको छैन।’

संविधान संशोधन 
नेकपाभित्रको शक्ति संघर्ष विरामका लागि थप आलोचना हुने भए पनि संविधान संशोधनका लागि नेकपा तयार भए पनि संख्यात्मक रुपमा नेकपाले चाहेर मात्र संविधान संशोधन हुन सक्ने अवस्था छैन।

संविधानमा राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था संशोधन गर्न २ तिहाई मत आवश्यक पर्छ। नेकपासँग २ तिहाई मत छैन। यसका लागि हालै एकीकृत भएको समाजवादी र राजपा वा नेपाली काङ्ग्रेस सहमत हुन आवश्यक छ। जुन सहज बाटो पक्कै हैन।

‘संविधान संशोधनै गर्ने हो भने मधेसी, आदिवासी जनजाति, दलितका मुद्दा छन्। ती समुदायका कुरालाई बेवास्ता गर्ने, तर एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने भन्ने हुनै सक्दैन,’ अधिकारीले भने, ‘संविधान संशोधन गर्ने नै हो भने पनि त्यसका लागि टास्क फोर्स बनाउनु पर्ला, पर्याप्त छलफल हुनुपर्छ।’ 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली पनि संविधान संशोधन सहज पक्ष नभएको बताउँछन्। संशोधनका लागि दुई तिहाई पुग्नैपर्ने र यसले संवैधानिक विवाद पनि ल्याउने उनको बुझाई छ। 

नेपाल बारका पूर्व महासचिव सुनीलकुमार पोखरेलको बुझाई पनि कसैलाई प्रधानमन्त्री बनाउन संविधानै संशोधन हुन नसक्ने बताउँछन्। संविधानले राज्यसत्ता असंशोधनीय कुरामा राखेकाले निर्वाचनमा पराजित व्यक्तिका लागि संशोधन गर्न नमिल्ने उनको थप तर्क छ। 

संविधानविद् डा.भीमार्जुन आचार्य संवैधानिक रुपमा आजका दिनसम्म वामदेव गौतम प्रधानमन्त्री बन्न सम्भव नभएकाले भोलि चमत्कारै भयो भने भिन्नै पक्ष रहेको बताउँछन्। 

प्रधानमन्त्रीले गलत कार्ड खेल्नु भयो : डा. विपिन अधिकारी
संविधानविद्

संविधानले प्रतिनिधिसभालाई प्रधानमन्त्री बन्ने बनाउने ‘प्रिभेलेज’ दिएको छ। प्रतिनिसभामा नभएका व्यक्ति प्रधानमन्त्री बन्ने कल्पना पनि गरिएको छैन।  
राष्ट्रियसभामा लगेर पनि प्रधानमन्त्री बनाउने कुरा पनि सुनिन्छ तर, यो पनि राम्रो कुरा होइन। निर्वाचनमा जनताले अस्वीकृत गरेको हो व्यक्तिलाई लैजाने थलो राष्ट्रियसभा हुन सक्दैन र यो निर्वाचनको चक्र नसकिदै संविधान नै संशोधन गरेर प्रधानमन्त्री बनाउनु झन मिल्दैन।  

चुनाव हारे पनि तिकडम गरेर प्रधामन्त्री बन्छु भन्नु राम्रो होइन। संविधान संशोधनै गर्ने हो भने त मधेसी, आदिवासी जनजाति, दलितका मुद्दा यसअघिदेखि रोकिएका छन् ती के हुने प्रष्ट हुनुपर्दछ। ती समुदायका कुरालाई वेवास्ता वर्षौंसम्म गरिरहने तर एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने भन्ने हुनै सक्दैन। प्रधानमन्त्रीको अस्थिरता निम्त्याउने प्रस्ताव तत्कालीन परिस्थित होल्ड गर्ने राणनीति होला। प्रधानमन्त्रीले पर्ख र हेरको कार्डको रुपमा बामदेवलाई अघि सारेको हुनसक्छ। 

मौजुदा अवस्थामा सम्भव  छ : डा.भीमार्जुन आचार्य
संविधानविद्

संवैधानिकरुपमा आजको दिनसम्म बामदेव गौतम प्रधानमन्त्री बन्ने भन्ने कुरा सम्भव छैन। भोलि चमत्कारै भयो भने भिन्नै होला। विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्नका लागि सांसद हुनैपर्छ। राष्ट्रियसभाको सांसद बने पनि प्रधानमन्त्री बन्न सम्भव देखिँदैन।

प्रतिनिधिसभा सदस्य हुने हो भने प्रधानमन्त्री बन्न नपाउने होइन। राजनीतिक निकास निकाल्दा पनि संविधानसम्मत् त हुनुपर्छ। संविधानमा नभएको कुरा प्रधानमन्त्रीले पनि बोल्न मिल्दैन। यो एउटा प्रोपोगान्डा हो। विषयान्तर गर्नका लागि मात्रै यस्तो प्रस्ताव आएको होला भन्ने लाग्छ।

विद्यमान कानुनले वामदेवलाई प्रधानमन्त्री बनाउन सक्दैन : डा चन्द्रकान्त ज्ञवाली
वरिष्ठ अधिवक्ता

वामदेव गौतम विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्न सक्नुहुन्न। किनभने, प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्छ। त्यसअघि  संसदीय दलको नेता बन्न सांसद हुनुपर्छ। सांसद हुन चुनाव जित्नुपर्‍यो। समानुपातिकबाट सांसद बन्न बन्दसूचीमा नाम छैन।

प्रतिनिधिसभामा पराजित भएको व्यक्ति कसरी सोही दलको संसदीय दलको नेता हुनसक्छ। राष्ट्रियसभाबाट जाने हो भने संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन एक दुई जनाले वा बहुमतले चाहेर मात्र हुँदैन। दुई तिहाइका लागि नेपाली काँग्रेस वा मधेश केन्द्रित दलहरुको साथ चाहिन्छ। यसको अर्थ संवैधानिक रुपमा हेर्दा तत्काल उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला छैन।

संविधानको मर्म विपरीत हुन्छ : सुनीलकुमार पोखरेल
पूर्व महासचिव, नेपाल बार एसोसियसन 

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न मिल्दैन। संविधानको मर्म र भावना भनेको जनताको प्रतिनिधिले प्रत्यक्ष निर्वाचनबाट लडेर आएर सरकार चलाउने हो। जनताबाट पराजित भएको अर्थात् 'तिमी शासन गर्न अयोग्य छौ' भनेको व्यक्तिलाई ल्याउनु संविधानको मर्म विपरीत हुन्छ। वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरिने संविधानको संशोधनले कानुनी विवाद सिर्जना गर्नेछ। 

संविधानले संशोधन नहुने भनि तोकेको विषयमा पनि प्रधानमन्त्री चयन गर्ने छ। यो भनेको कार्यकारी प्रमुख बनाउन संविधानको आधारभुत सिद्धान्त परिर्वतन गर्ने नै हो। गौतम प्रधानमन्त्री हुन चाहने हो भने निर्वाचन लडेर आउनुपर्ने छ। अनि संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्नसक्ने छन्। संविधानले बहुदल प्राप्त दलको नेता भएकाले उनी दलको नेता हुनुपर्दछ। राष्ट्रिय सभाको सदस्य भएर संशोधन गर्न मिल्दैन। जनताबाट निर्वाचित हुने व्यक्तिले प्रधानमन्त्री हुने र राष्ट्रियसभाबाट बनाउने कुरा गर्दा संविधानको व्यवस्था एक अर्कामा बाझिने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्