• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३०, २०८३ Mon, Nov 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीको राजीनामा माग्नेबारे अलमलमा कांग्रेस

64x64
लिलु डुम्रे बिहीबार, वैशाख १८, २०७७  १९:२९
1140x725

काठमाडौं- पार्टीभित्रै अनेक समस्या भएपनि बुधबार सात घण्टा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरकार र नेकपाभित्रको आन्तरिक किचलोबाट उत्पन्न राजनीतिक गतिरोधमा केन्द्रित भयो। संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिबाट जारी गर्न देखाइएको हतारो, मेडिकल सामाग्री खरिदमा भएको अनियमितता र अर्को पार्टी फुटाउन सांसद र पूर्व प्रहरी महानिरीक्षक लगाएर भएको सांसदको अपहरणलगायतका विषयमा बहस चर्किरहेकै छ।

यी लगायतका विषयलाई लिएर सत्तारुढ दलले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिसकेका विषय सार्वजनिक भएका छन्। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो विषयमा औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन। 

कांग्रेसले ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमेको ठहर गरेको छ। तर प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णयमा पुग्न सकेन।बुधबारको बैठकमा सरकारको राजीनामा माग्नेमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल एक्लो भए।

प्रदीप पौडेल​​​​

सरकारविरुद्ध आन्दोलनमा गइहाल्नुपर्नेमा नेता धनराज गुरुङले मात्र जोड दिए। कोरोना भाइरस संक्रमणको जोखिम अन्त्य भएपछि सरकारविरुद्ध आन्दोलित हुनुपर्नेमा कांग्रेस नेताहरू एकमत भए पनि प्रधानमन्त्रीको राजीनामा माग्नेबारे भने अन्यौलमा देखिए।

कतिसम्म भने सरकारको कामको विश्लेषणका क्रममा कुन शब्द प्रयोग गर्ने भन्नेमा समेत उनीहरु केन्द्रित भएका थिए। छलफलमा सरकारले कानुनी र राजनीतिक वैधता गुमाएको निष्कर्ष निकाले पनि आधिकारिक रुपमा कुन शब्द प्रयोग गर्ने भन्नेमा कांग्रेस नेताहरु अल्झिए।

केन्द्रीय सदस्य महेश आचार्यले सरकारको वैधता सकिएको भन्दा राजीनामा मागिएको देखिने भन्दै त्यसको साटो नैतिकता गुमेको भन्नुपर्ने मत समेत राखे।

राजीनामा नै भन्न किन हच्कियो कांग्रेस?
केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकार फेरबदलको खेलमा पार्टी लाग्न नहुने तर्क गरेका थिए। निर्वाचनको म्यान्डेट सत्ता परिवर्तनका लागि नभएको र ओलीले राजीनामा दिएपनि नेकपाबाटै प्रधानमन्त्री हुने अवस्थामा सरकारको नेतृत्व परिवर्तन हुँदैमा कम्युनिस्ट नेताको प्रवृत्ति, संस्कार र चरित्रमा परिवर्तन नहुने भएकाले अहिले नेकपाभित्रबाट जो प्रधानमन्त्री भएपनि उस्तै व्यवहार हुने उनीहरूको मत देखियो।

नेकपाबाट प्रधानमन्त्रीमा नयाँ अनुहार आएपनि सत्ता सञ्चालनमा परिवर्तन नआउने पार्टीको बुझाई रहेको आएको काग्रेस नेता अर्जुननरसिंह केसीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

जनताको म्यान्डेट कांग्रेसलाई प्रतिपक्ष बेन्चमै बस्ने भएकाले अहिले प्रधानमन्त्रीको राजीनामाको खेलमा लागेर सांसदको संख्या गणना गर्न पार्टी नलाग्ने केसीले प्रष्ट पारे। 

‘अमिलोको बोटबाट सुन्तला फल्दैन। त्यसैले कांग्रेसको प्राथमिकता प्रतिपक्षमै रहेर सरकारका जनविरोधी क्रियाकलापको विरोध गर्ने हो,’ केसीले भने, 'अहिले उनीहरुको आन्तरिक लडाई हो। कांग्रेसलाई यति थाहा छ, नेपाली जनताले शासन गर्ने मत नेकपालाई दिएका हुन्।’ 

सरकार अस्थिर भए त्यसको जिम्मेवार पनि नेकपा नै हुने भएकाले कांग्रेसले त्यसभित्र घुस्न नचाहेको र सत्ता परिवर्तनको खेलमा सहभागी भए अस्थिरताको अपजस आउने भएकाले त्यसतर्फको बाटो नै नहिड्ने पार्टीको निष्कर्ष रहेको उनले बताए।

तर अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल प्रधानमन्त्रीको राजीनामा नैतिकताको माग भएको बताउँछन्। प्रधानमन्त्री ओलीको राजीनामाको माग राजनीतिक मात्र नभई प्रधानमन्त्रीको नैतिकतासँग समेत जोडिएकाले ओलीको राजीनामा माग्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने उनको मत छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले ओली नेतृत्वको सरकारलाई अराजकताको संरक्षक, अनियमितता र भ्रष्टाचारीको संरक्षणकर्ता, लोकतान्त्रिक मूल्य र मान्यता नमान्ने शासक भएको टिप्पणी गरे। वैयक्तिक स्वतन्त्रता र संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गरेकाले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने उनको धारणा छ। 

'सरकारका जनविरोधी सबै कुराहरू भन्न चाँहि मिल्ने तर राजीनामा देऊ भन्न नमिल्ने?’ उनले आफ्नै पार्टीका नेताहरूलाई प्रश्न गरे, 'ओलीले राज्यका सबै अंगमा हस्तक्षेप बढाएकाले प्रधानमन्त्री हुने योग्यता गुमाइसकेका छन्। प्रधानमन्त्री पदको दुरुपयोग भएको कांग्रेसले मुद्दा स्थापित गर्नुपर्छ।’

गेजा शर्मा वाग्ले

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले सरकारलाई जिम्मेवार बनाउन कांग्रेसको पहल हुनुपर्ने बताउँछन्। उनले नेकपा भित्रको आन्तरिक विवाद तथा सरकार परिवर्तनको खेलमा कांग्रेस लाग्न नहुने सुझावसमेत दिए।

'कांग्रेस अहिले संसदको अंकगणितमा लाग्न हुँदैन,' विश्लेषक शर्माले भने, 'कोरोनाको जोखिम कम भएपछि सार्थक, हस्तक्षेपकारी र थप शसक्तता सहितको भूमिका निर्वाह गरे राम्रो।’

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १९:२९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने भ्रमणका क्रममा नेपालले भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन गर्दै आएको आग्रहलाई प्रमुखताका साथ उठाउने तयारी छ। हवाई रुटसम्बन्ध... सोमबार, कात्तिक ३०, २०८३
स्थानीय निर्वाचन तयारीः निर्वाचन आयोगले बोलायो दलहरुसँग बैठक दलहरुलाई आज पठाइएको पत्रमा मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोग कार्यालयमा उपस्थित हुन भनिएको छ। सोमबार, कात्तिक ३०, २०८३
बिचौलिया इनम प्रधानमन्त्री बालेनको कोर टिममा रहेको एमालेको दाबी पोखरेलले सुनसरीमा गोली चलेको घट्नाको जिम्म अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्ने बताए । यही कारण ओली र लेखकलाई लगाएको जस्त... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने सोमबार, कात्तिक ३०, २०८३
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति सोमबार, कात्तिक ३०, २०८३
दुई जिल्लामा जुवाखालबाट ३४ जना पक्राउ सोमबार, कात्तिक ३०, २०८३
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ सोमबार, कात्तिक ३०, २०८३
भीमफेदी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सभामुखले भेटे सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
प्रहरी कार्यालयमै झगडा: छ जना पक्राउ आइतबार, कात्तिक २९, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
मुगु दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्