• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रहरीमा अनुशासनहीनता बढ्दै गएको छ

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  ००:१८
1140x725

तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लागेको यस क्षणमा भव्य बिदाइ कार्यक्रम आयोजना गरी म र मसँगै बिदाइ हुन लाग्नु भएका मेरा सहकर्मी साथीहरूलाई हार्दिकतासहितको सम्मान दिनुभएकोमा नवनियुक्त प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालज्यू र सिंगो नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गर्न चाहन्छु। 

आजभन्दा ३० वर्ष अगाडि केटौलो उर्जासहित देश र जनताको सेवामा होमिने उत्कट अभिलाषाका साथ संगठन प्रवेश गरेका हामी बिदाइको यस घडीमा यस पूर्व नागरिक जीवनमा प्रवेश गर्नु भएका र नेपाल प्रहरीलाई आजको अवस्थामा ल्याई पुर्यागउन विशेष योगदान दिनुहुने समस्त समादरणीय अग्रजहरूको स्मरण गर्न चाहन्छु। 

आधारभूत तालिममा सहभागी भएको क्षणदेखि नेपाल प्रहरीको उच्चपद सम्मको मेरो अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मलाई मार्ग निर्देश गर्ने ती समस्त सम्झनायोग्य प्रहरी जनहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। मैले गरेका सबै सत्कर्महरूमा वहाँहरूको अंशियारी रहेको व्यहोरा पनि निवेदन गर्न चाहन्छु। प्रशस्तिका शव्दद्वारा गरिने सम्बोधनले मात्रै अपूर्ण हुने वहाँहरूको योगदान तथा सत्प्रयासहरू अनन्त कालसम्म मेरो मानसपटलमा अमिट रहिरहने छ। 

साथै, विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्नुहुने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा वहाँहरूको रगत र पसिनाको सिञ्चनको महत्व विशिष्ट रहेको स्मरण गर्न चाहन्छु। 

म प्रहरी सेवामा बहालमा रहँदा जे जति गर्न सकेँ, त्यसमा धेरैको साथ र सहयोग रह्यो, यसका लागि नेपाल सरकार र सम्बद्ध अधिकारीहरू, मेरा शुभेच्छुकहरू तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। साथै, प्रहरी जीवनको व्यस्ततालाई बुझेर सम्पूर्ण पारिवारिक जिम्मेवारी आफूले वहन गरी मलाई नागरिकको सेवामा समर्पित रहन हरदम प्रेरित गरिरहने मेरी जीवनसंगिनी र परिवारजनलाई समेत धन्यवाद नदिई रहन सक्दिन। 

२०४४ साल चैत्र २९ गते प्रहरी सेवामा प्रवेश गरी आज निवृत्त हुँदै गरेका म लगायत मेरा सहकर्मीहरूबाट नेपाल प्रहरी संगठनको हितका सवालमा जीवनपर्यन्त साथ–सहयोग रहिरहनेछ भने संगठनको पूर्व प्रमुखका हैसियतले मैले निभाउनु पर्ने हरेक जिम्मेवारीमा किञ्चित पनि कमी हुने छैन। अवकाशको संघारमा रहनुभएका मेरा सहकर्मीहरू पनि यसमा प्रतिबद्ध हुनुहुन्छ भन्ने मैले विश्वाअस लिएको छु। 

सकृय पेशागत जीवनबाट निवृत हुदै गर्दा मैले आफ्नो व्यावसायिक जीवन कस्तो रह्यो भन्ने सोच्ने गर्छु। वस्तुतः म व्यावसायिक प्रहरीकर्मी हुँ। प्रहरीको हैसियतले मैले प्राप्त गरेको जिम्मेवारी र मेरो भूमिकालाई सदा न्याय गर्ने मेरो प्रयास रह्यो। मातहतप्रति कतिपय प्रसङ्गमा म कठोर भए हुँला तालुकप्रति म असभ्य सुनिए पनि हुँला ! त्यो विषयप्रतिको मेरो प्रतिकृया थियो, व्यक्तिप्रति थिएन,  यो व्यक्तिगत लाभको लागि पनि थिएन, बरु सांगठनिक हितको लागि थियो भनी स्पष्ट पार्न चाहन्छु। 

आफ्नो व्यावसायिक जीवनको कुनै क्षणमा पनि मैले महत्वाकांक्षी सपनाहरू पालिन। सेवा प्रवेशको सुरुवाती दिनदेखि नै संगठनको उद्देश्य प्राप्तिका लागि इमानदारिता, अनुशासित जीवन र समर्पणभावलाई केन्द्रमा राखी सेवामा समर्पित भएँ। मैले हरेक दर्जाको हरेक पोष्टिङमा रहेर कार्य गर्दा निहित लाभका लागि व्यक्तिगत नाफा–घाटाको हिसाब नगरी आफ्नो योग्यता, क्षमता तथा ज्ञान–कौशलको उच्चतम् प्रयोग गरेर उत्कृष्ट सेवा प्रवाह गर्न र संगठनको दीर्घकालीन हितका लागि प्रयासरत रहेँ।

Ncell 2
Ncell 2
nimb
nimb

अल्पविकसित मुलुकका नागरिक हामी भौतिक अभावका बीच बाँचेका त छौं नै, साथै हामीकहाँ आफ्नो स्वार्थलाई मात्र प्राथमिकतामा राख्ने अभावग्रस्त मानसिकता भएकाहरूको जमात ठूलो भएकोले गर्नेले जतिसुकै राम्रो गरेपनि चित्त सबैको बुझाउन नसकिने यथार्थ हामी सबैलाई थाहा छ। 

यसरी हेर्दा प्रहरी महानिरीक्षक सजिलो पद होइन। छनौटको दिनदेखि नै तपाईका दुर्दिन शुरु हुन थाल्छ। मातहतलाई तपाई नियन्त्रण गर्न सक्नुहुन्छ, परन्तु हाम्रो जस्तो मुलुकमा मजकुर कार्यालयहरूको नीजि स्वार्थ काबु बाहिरको परिस्थिति बन्दो रहेछ। असल नियतका कामलाई प्रवर्द्धन गर्ने भूमिकामा रहेका कार्यालयहरू झिना मसिना नीजि स्वार्थलाई अभिष्ट ठानी बाधकको भूमिकामा देखा पर्दा रहेछन्। नव नियुक्त प्रहरी महानिरीक्षकको लागि पनि यो चुनौतीको विषय हुनेछ। 

छोटो पदावधिका कारण धेरै कुरा गरेँ भनेर म भन्दिन, तर मैले संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठानिक क्रियाकलापहरू स्थापित प्रणालीबमोजिम सञ्चालन गर्ने, सामूहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यहरूलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतिको विकास गर्ने तथा कर्मचारीहरूको वृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरूमा संगठनप्रति अपनत्व र एकआपसमा भाइचाराको भावना बढाउने कुरालाई प्राथमिकतामा राखेर काम गरे।

जननिर्वाचित संविधानसभाद्वारा निर्मित संविधानको कार्यान्वयन गर्दै संघीयतालाई संस्थागत गर्नुपर्ने पूर्व घडीमा संगठनको नेतृत्व सम्हाल्न आइपुगेको थिएँ। निर्वाचन सुरक्षामा अग्रणी भूमिकामा रहेको नेपाल प्रहरीले छोटो अवधिभित्रै संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गुरुत्तर दायित्व प्राप्त गरेको थियो। मेरो नेतृत्वकालमा सकल दर्जाका प्रहरीले निर्वाह गरेको व्यावसायिक भूमिकाले हामी सो राष्ट्रिय अभियानमा सफल हुन सक्यौं यसका लागि यहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।

Xtrem

Xtrem

अन्तराष्ट्रिय जगतको समेत विशेष चासो रहेको संघीय गणतान्त्रिक नेपालको पहिलो निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नु नै प्रमुख उपलव्धि हो। विभिन्न निर्वाचन विरोधी समूहहरूको अवरोधका बाबजुद पनि कर्मठ प्रहरी कर्मचारीहरू अन्य सुरक्षा निकाय र निजामती कर्मचारीहरूको समेत सहयोगबाट यो अध्याय सम्पन्न गर्ने सुअवसर पाएकोमा म हर्षित छु।

कुनै घटनामा आफ्नो मान्छे पीडित भए थुनाउन र आफ्नो मान्छे पीडक भए छुटाउन जुलुसै लिएर आउने हाम्रा नागरिक सबैलाई हामीले चित्तबुझ्दो सेवा दिन नसकिएला तर हरेक किसिमका समस्या तथा आपत् आइपर्दा हाम्रो सहारा प्रहरी नै हो भनेर हामीलाई पुकार्ने निमुखा जनता तथा प्रहरीप्रतिको अटल विश्वारसले ओतप्रोत भई अमूल्य सहयोग गर्ने नेपाली जनताको मनमा रहेको नेपाल प्रहरीप्रति भरोसा र विश्वासलाई दरिलो बनाउनु हरेक नेतृत्वको तथा हरेक प्रहरी कर्मचारीको दायित्व हो भन्ने यथार्थ सदा स्मरण रहोस्। 

विगतको तुलनामा सांगठानिक मूल्य–मान्यता तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्ने अनुशासनमा क्षयीकरण हुँदै गएको छ। स्थापित विधि तथा नीतिको उल्लङ्घन गर्नुलाई स्मार्टनेस र बोल्डनेसको स्वघोषित पगरी गुथेर आत्मरतिमा रमाउनेहरू बढ्दै गएका छन्, भाइचारा र अपनत्वभाव हराउँदै गएको छ, नयाँ नेतृत्वलाई सांगठनिक ऐक्यबद्धता कायम गर्नु तथा प्रोफेसनल र पपुलिस्ट प्रहरी अधिकृत खुट्टयाउन कठिन हुने मैले देखेको छ।

संवैधानिक व्यवस्थाअनुसार हामी संघीय संरचनामा गैसकेका छौं र निकट भविष्यमा हरेक प्रदेशमा केही हदसम्मको स्वायत्तता सहितको प्रदेश प्रहरी रहने कुरा अवश्यकम्भावी छ। यस सन्दर्भमा संगठनलाई भौतिक रुपले सम्पन्न तथा भावनात्मक हिसाबले अझै एक ढिक्का बनाइ राख्ने कार्य थप चुनौतीको विषय हुनसक्छ, यसप्रति पनि नवनियुक्त प्रहरी महानिरीक्षकज्यू र हरेक सदस्यको विशेष भूमिका हुने देख्छु।

७२ हजारभन्दा बढी जनशक्ति रहेको संगठन चलायमान भैरहनु पर्नेमा नियमित प्रशासनिक क्रियाकलापहरू तथा प्रकृयाहरू समेत अबरुद्ध पारिँदा संगठनमा, संगठनका सदस्यहरूमा र अन्ततस् सेवाग्राहीहरूमा कति ठूलो असर पर्छ भन्ने कुरा सम्बन्धितहरूले बुझ्नु पर्ने हो। यसले “चलखेल” को सम्भावना बढाउँछ र कसैप्रति अनुग्रहित भैरहनु पर्ने बाध्यता बढ्छ। यो सांगठनिक दुर्भाग्य नै हो।

संगठनलाई हाक्ने अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शिताका धनी व्यक्तित्व हुनहुन्छ। मैले उहाँलाई संगठनमा जहिले पनि पारदर्शी र उच्च नैतिक अनुशासनमा रही काम गरेको पाएको छु। उहाँको योग्यता, क्षमता तथा इमानदारिताको मूल्याङ्कन गर्दै उहाले संगठनको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ। 

उहाँले आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाई दिनहुनेछ भन्ने मेरो विश्वास रहेको छ। संगठनमा देखिएका यावत बाह्य तथा आन्तरिक चुनौतीहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि आफ्नो नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई रचनात्मक सहयोग गर्न हरेक प्रहरी कर्मचारीहरूलाई अनुरोध गर्दछु। 

अन्त्यमा, आमाले जसरी खान खुवाउने कार्यालय सहयोगीहरू, नेतृत्व र संगठनप्रतिको अटल विश्वा्सकासाथ बिना गुनासो परिचालित हुने जवान तथा हवल्दार तथा समस्त जुनियर र सिनियर प्रहरी अधिकृतहरूलाई स्मरण गर्दै संगठनको र यहाँहरू सबैको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको कामना गर्न चाहन्छु। 

साथै, प्रहरी सेवाको व्यावसायिक जीवनबाट औपचारिकरुपमा निवृत्त हुँदै गरेका म लगायत मेरा सहकर्मीहरूप्रति सम्मान तथा स्नेहभावका साथ यहाँहरूले आयोजना गर्नुभएको बिदाइ कार्यक्रममा लागि पुनः धन्यवाद दिँदै बिदा हुनु चाहन्छु।

(निवर्तमान आइजिपी अर्यालले प्रहरी प्रधान कार्यालयमा आफ्नो बिदाइमा दिएको अभिव्यक्ति)

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्