• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२०४७ देखिको मेलम्ची सपना, यो दशैंमा होला पूरा?

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  ००:५८
1140x725

काठमाडौं– २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ वैशाखमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भनेर सपना बाँड्दा उनलाई धेरैले उडाए। २८ वर्षअघि काठमाडौं उपत्यकालाई पानी पु¥याउने सन्त नेता भट्टराईले देखेको सपना मंगलबार सुरुङ खन्ने कार्य ‘ब्रेक थ्रु’ भएसँगै साकार हुने चरणमा पुगेको छ। 

मेलम्ची खानेपानी सुरुङको अन्तिम खण्ड ग्याल्थुम–सिन्धु ७.५ मंगलबार पूरा भएको मेलम्ची खानेपानी विकास समिति आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) औपचारिक रुपमा सुरुङ सम्पन्न भएको घोषणा गर्ने कार्यक्रम छ। खानेपानी मन्त्री विना मगरले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सुरुङ खन्ने कामको अन्तिम खण्ड पूरा भएसँगै दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बाचा पूरा हुने दाबी गरिन्।

मन्त्री मगरले सुरुङको प्राविधिक, पानी शुद्धीकरण लगायतका काम सम्पन्न गर्दैै दशैंअघि नै काठमाडौंबासीको धारमा पानी आउने बताइन्।

मेलम्ची नदीको बाँध निर्माणदेखि सुन्दरीजलसम्म कूल २७ दशमलव ५ किलोमिटर पूर्ण क्षमताको सुरुङ निर्माण मंगबार सकिएको हो। मुख्य सुरुङ सिन्धु, ग्याल्थुम र आम्बाथान निर्माण सम्पन्न भइसकेको छ। मेलम्ची निर्माणमा २७ अर्ब ७६ करोड रुपैयाँ लागनी भएको मेलम्ची खानेपानी विकास आयोजनका प्रमुख देवकोटाले जानकारी दिए। जसमा कूल लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे लगानी छ।

पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । अहिले काठमाडौंको माग ४० करोड लिटरको हाराहारीमा छ। त्यसको पूर्तिका लागि याङ्ग्री र लार्केबाट दोस्रो परियोजना छिटै सञ्चालन गर्ने तयारीमा आयोजना जुटेको छ।

समयमै काम सम्पन्न भएको भए सन् २०१७ अर्थात् अहिलेसम्म याङ्ग्र्री र लार्के खोलाको ५१ करोड लिटर पानी समेत काठमाडौं आइसक्थ्यो। तर, भुकम्प र सुरुङ निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरुको पटकपटकको विवादका कारण निर्माण कार्य लम्बिँदै गएको थियो। अहिले भएको प्रगतिका आधारमा सन् २०२२ सम्म याङ्ग्री र लार्केको पानी पनि काठमाडौं ल्याइपुर्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ। 

मेलम्ची आयोजना प्रमुख देवकोटाले दुई वटा परियोजनाको विस्तृत अध्ययन सकिएको र केही समयमा यसका लागि एसियाली विकास बैंक (एडिबी) सँग सम्झौता हुने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मेलम्ची थालनी

मेलम्ची खानेपानीको योजनाभन्दा अघि पनि यहाँ पञ्चायतकालकै पद्धती र काठमाडौं उपत्यका खानेपाली लिमिटेड (केयुकेएल) को वितरण प्रणाली थियो। काठमाडौंमा बढ्दै गएको खानेपानी समस्या समाधान गर्न पहिलो पटक सन् १९८८ मा ‘बिन्नी एन्ड पार्टनर्स यूके’ले मेलम्चीको अध्ययन गरेको पाइन्छ। उक्त अध्ययनमा काठमाडौंको खानेपानी समस्या हल गर्न २० वटा आयोजनाको प्रस्ताव गरिएको थियो। त्यसमा मेलम्ची कम लागतमा छिटो उपत्यकामा पानी भित्र्याउन सकिने मध्ये प्रमुख देखिएको थियो।

शुरुमा मेलम्ची खानेपानी निर्माणमा विश्व बैंकले चासो देखाएको थियो। अरुण तेस्रो जलविद्युत आयोजनाको अवसानसँगै खानेपानीबाट विश्व बैंक पनि पछाडि हटेको थियो। त्यसपछि यो आयोजनाको नेतृत्व एडिबीले गर्न थालेको थियो। जसलाई ३७ अर्ब लागतमा निर्माण सक्ने गरी ०५८ बाट काम थालिएको थियो। आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न अवरोधले १६ वर्ष बितिसक्दा बल्ल सुरुङ खन्ने काम सकिएर पानी आउने निश्चित भएको छ।

फर्किए दाता

Xtrem

Xtrem

०६१ माघ १९ देखि देशमा प्रत्यक्ष शासन थालेका पूर्व राजा ज्ञानेन्द्र शाह पनि मेलम्ची आयोजनाको निर्माण भन्दा बाधकका रुपमा देखिए। उनले आयोजनाको काम समयमै सम्पन्न गर्नेतर्फ नभई ढिलाइ गर्नेतर्फ आफ्ना कदम अघि बढाए। पूर्व राजा ज्ञानेन्द्रले आयोजनामा भ्रष्टाचारको अभियोगमा दलका नेतालाई कारबाही गर्ने योजना बनाएर ०६१ फागुन ५ मा शाही आयोग गठन गरे। आयोगले आयोजनाका पदाधिकारीसँग ०६२ वैशाख मा बयान लियो।

त्यसका आधारमा  वैशाख १३ को मध्यरात पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई गिरफ्तार गरियो। २८ सेप्टेम्बर २००१ मा छनोट भएर आयोजनाको सुरुङ प्रवेश मार्गको काम हेनिल कोनेको जेभीले लिएको थियो। उसले ३१ मार्च २००३ मा प्रवेशमार्ग बनाइसक्नुपर्ने थियो । ठेक्का लिएको ५ सय २० दिनमा काम सक्ने सम्झौता भए पनि ८ अक्टोबर २००२ मा मात्र उसलाई ‘एड्भान्स पेमेन्ट’ दिइएको थियो। हेनिलले आयोजनाको लागतभन्दा ४४ प्रतिशत कम मूल्यमा ठेक्का लिएको थियो।

शाही आयोगले हेनिलले काम छाडेपछि आयोजनामा घाटा भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवा र तत्कालीन भौतिक योजनामन्त्री प्रकाशमान सिंहलगायत ६ जनासँग जनही ३६ करोडको बिगो कायम गरेर मुद्दा हालेको थियो। आयोजनाले लामा कन्स्ट्रक्सनलाई अनियमित तरिकाले ठेक्का दिएको अभियोग थियो।

आयोगको कदमपछि धेरैजसो काम प्रभावित भएको बताउँदै नर्वेको सहयोग नियोग ‘नोराड’ र ‘सिडा’ले आयोजनाबाट बाहिरिने घोषणा गर्यो । ०६१ चैत १८ मा नोराडपछि स्विडेन सरकारले सिडाले लगानी गरेको २५ लाख अमेरिकी डलरको सहयोग फिर्ता गर्यो।

नोराड र सिडाले सहयोग फिर्ता लिएपछि आयोजनालाई ५३ लाख अमेरिकी डलर व्यवस्थापनको चुनौती थपियो। यसअघि नै कार्यान्वयन ढिला भएको र सरकारले अन्यत्र लगानी गर्न आग्रह गरेको कारण देखाएर विश्व बैंकले ८० लाख अमेरिकी डलर सहयोग नदिने घोषणा गरेको थियो।

यस्तै, सडक निर्माणमा परामर्शदाताको काम गर्दै आएको नरप्लान्ट एयसले समयमा चासो नदिँदा काम प्रभावित भएको थियो। सम्झौता अनुसार काम पूरा नभएपछि १० मे २००४ मा उसले एकलौटी रूपमा ठेक्का तोडेको थियो।

चिनियाँ कम्पनी ‘चाइना रेल्वे’ले कामै गरेन

मेलम्चीको दाता राष्ट्र नर्वे र स्विडेनले आफ्नो देशका कम्पनीले सुरुङ मार्ग निर्माण गर्न १ अर्ब २५ करोड अमेरिकी डलर खर्च लाग्ने देखाएका थिए। शाही आयोगले गरेको हस्तक्षेपपछि यी दुवै दाताले मेलम्ची आयोजनाबाट हात झिकेका थिए। त्यसपछि सरकारले सुरुङ निर्माणको कामका लागि खुला प्रतिस्पर्धामा नयाँ कम्पनी छान्यो। आयोजनाको मुख्य काम साढे २७ किलोमिटर सुरुङ मार्गको जिम्मा दिन पहिलो पटक चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग सम्झौता भयो। आयोजना शुरु भएको १५ वर्षपछि मात्र सुरुङ निर्माणको काम थालिएको थियो।

०६५ फागुन ८ मा भएको सम्झौता अनुसार काम गर्न नसकेपछि ०६९ भदौ २७ मा ठेक्का तोडियो। ४ अर्ब २८ करोडमा निर्माण सम्पन्न गर्ने गरी सिआरसिसीले ४ वर्षमा ५ दशमलव ९२ किलोमिटर सुरुङ निर्माण गरेको थियो। ०७० भदौ १७ भित्र सक्नेगरी लिएको उक्त कामका लागि कम्पनीले ५२ करोड रूपैयाँ भुक्तानी लिएको थियो। उसले ठेक्का तोडेपछि सरकारले पुनः टेन्डर गर्यो।

सुरुङ निर्माणका लागि इटाली कम्पनी कोअपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र भारतको दि राभेनालाई छनोट गरिएको थियो। ३१ असार ०७१ मा सरकारले सुरुङ निर्माणको नयाँ सम्झौता गर्यो। पुसबाट सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथान गरी ६ वटा विन्दुबाट सुरुङ खन्न थालियो। मेलम्ची खानेपानी विकास समितिका अनुसार भुकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्ने काम अवरुद्ध भएको थियो। 

सुन्दरीजलदेखि सिन्धु खण्डको ९ दशमलव ४ किलोमिटर सुरुङको काम पहिलो चरणमा सकिएको थियो।

पानी प्रशोधन तर्फ

सरकारले काठमाडौंमा पानी वितरणका लागि सुन्दरीजलमा दैनिक साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र परीक्षण सम्पन्न गरिसकेको छ। 

पानी प्रशोधन केन्द्रको भाग–२ मा थप साढे ८ करोड लिटर क्षमताको केन्द्र निर्माण शुरु गरी हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ। सन् २०१८ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुने मेलम्ची आयोजनाका प्रमुख देवकोटा बताउँछन्। मेलम्चीको पानी करिब १७ करोड लिटर एकै पटक आउने भएकाले त्यसलाई वैकल्पिक व्यवस्था अनुसार शुद्धीकरण गरेर वितरण गरिनेछ।

सुरुङ प्रयोगमा ल्याउन ३ महिना

आयोजना प्रमुख देवकोटाले सुरुङ सम्पन्न भएको ३ महिनामा फिनिसिङ सम्पन्न हुने बताए। अब सुरुङ सफाइ, पानी परीक्षण र अन्य कार्यमा सबै प्राविधिक तथा इन्जिनियर लाग्ने उनले बताए। 

‘अगष्टसम्म सुरुङमा मेलम्चीको पानी प्रवेश हुनेछ,’ देवकोटाले भने, ‘उक्त पानी सुन्दरीजल हुँदै काठमाडौंबासीको धारामा आउनेछ।’

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ। पहिलो चरणको १७ करोड लिटर पानीले काठमाडौंबासीलाई दैनिक ४ घन्टा पानी वितरण गर्ने मन्त्रालयको योजना छ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ००:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्